मुम्बई (एजेन्सी)– अभिनेता अर्जुन कपुरलाई एक किशोरीले ट्विटरमा बलात्कारीको संज्ञा दिएकी छिन्। इसिका रायको ट्विटर हयान्डलबाट अर्जुनलाई अपराधी र नकारात्मक उर्जा भएको व्यक्ति भनेर प्रतिक्रिया जनाइएको छ।
ट्विटरमा लेखिएको छ, ‘अर्जुन कपुर कति खत्तम देखिन्छन् भने उनी बलात्कारी, अपराधी र नकारात्मक उर्जा भएको व्यक्ति हुन्। सक्दो उनले बलिउडबाट बाहिरिए हुन्छ, युवा तथा नयाँ प्रतिभाको आगमनका लागि।’
महिलाको अप्रत्यासित प्रतिक्रियामा अर्जुनले खासै खराब जवाफ दिएका छैनन्। उनले भनेका छन्, ‘ट्रोलिङमा म खासै ध्यान दिन्न। एक महिला, एउटी केटी लाजमर्दो तरिकाले बलात्कारी शब्दको प्रयोग गरिरहेकी छिन्। यो ट्रोलिङ होइन, दुःखद कुरा हो।’
पछिल्लो केही वर्षदेखि बलिउड स्टारलाई ट्रोल गर्ने घटना बढ्न थालेको छ। मल्लिका शेरावतको कामुक फोटो सुटमा एकजनाले ट्रोल गरेका थिए, उनी आन्टी जस्तै देखिन थालेकी छिन्।
अर्जुन र परिणीतिको दुई वटा फिल्म ‘सन्दीप और पिंकी फरार’ र ‘नमस्ते क्यानडा’ रिलिजको तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।