• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
अछाम-२

जनता गठबन्धनमा छैनन्, अछामको विकासका मतदाताले मलाई जिताउँछन् : बोगटी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २४, २०७९  २०:४३
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट पूर्व सांसद यज्ञबहादुर बोगटी उम्मेदवार बनेका छन्।

२०७४ को निर्वाचनमा माओवादीसहितको गठबन्धनबाट जितेका बोगटी यसपटक उही माओवादी र एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीको साथ पाएका कांग्रेसका उम्मेदवारसँग भिड्दैछन्। 

मतान्तर हेर्दा गठबन्धन बलियो देखिएको यस क्षेत्रमा आफ्नो राजनीतिक र व्यक्तिगत प्रभावका कारण चुनाव जित्ने दाबी बोगटीले गरेका छन्। चुनावका लागि मतदातासँग जाँदा तय गरिएका अजेण्डा, जितको आधार र लक्ष्यलगायतका विषयमा भोगटीसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीः 

तपाईंले आफ्नो क्षेत्रका मतदातामाझ आफूलाई कसरी प्रस्तुत गरिरहनुभएको छ? 
मेरो राजनीतिक यात्राका विषयमा भन्नुपर्दा म एक सामान्य किसानको छोरा हुँ। हलि गोठालोको छोरा हुँ। सामान्य अवस्थादेखि संघर्ष गर्दै आफ्नो पहिचान बनाएको हुँ। यहाँका जनताका समस्या पनि बुझेको छु। 

अहिले पनि हाम्रो क्षेत्र गरिबीको रेखामुनि छ। यहाँको विकासको अवस्था पनि उस्तै छ। त्यसैले यहाँका जनताको दैनिकी सुधार र विकासका लागि मतदाताले एमाले रोज्नेछन्। शिक्षा, स्वास्थ्य लगायत जनतालाई सुखी र समृद्ध बनाउन एमाले नै अहिलेको आवश्यकता हो। 

एमालेको विचार, नीति र सिद्धान्तबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेका छन्। पार्टीका नीति, सिद्धान्तसहित मैले स्थानीय स्तरमा गर्नसक्ने कामबारे अजेण्डा लिएर मतदातासामू आफूलाई प्रस्तुत गरेको छ। 

तपाईंले कस्ता अजेण्डा र प्रतिबद्धता मतदाताबीच लिएर जानुभएको छ? 
गत निर्वाचनमा एमालेको घोषणपत्रअनुसार जसरी मलाई क्षेत्र नम्बर २ का मतदाताले निर्वाचित गराएका थिए, यसपटक पनि तिनै प्रतिबद्धतालाई निरन्तरता दिएको छु। विकासका सन्दर्भमा तिनै प्रतिबद्धता छन्। त्यतिबेलाका प्रतिबद्धता अनुसार कामको थालनी पनि भएको छ। अब ती कामहरु सफल बनाउनका लागि पुनः मौका दिन मैले मतदातासँग अपिल गरिरहेको छु। 

दोस्रो पटक जितका लागि अपिल गर्न जाँदैगर्दा तपाईंप्रति जनताको अपेक्षा कस्तो पाउनुभयो? 
अहिलेसम्म जनताका बीचमा गइरहँदा उनीहरुले मलाई आफ्नो क्षेत्रको आवाज सदनमा पुर्‍याउने नेताका रुपमा चिनेको पाएको छु। पञ्चायत र बहुदलमा सदनमा छिरेका नेताभन्दा जनतालाई मलाई भिन्न तरिकाले बुझेका छन्। यस क्षेत्रको विकासका लागि मैले सदनमा उठाएका आवाजलाई मतदाताले सकारात्मक रुपमा लिएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अघिल्लो कार्यकालमा सुरु गरेका विकास निर्माणका काम पूरा गर्नका लागि पुनः सदनमा पुग्नुपर्ने मतदाताको चाहना छ। अब जाँदा रोजगारी, स्वास्थ्य, शिक्षामा गुणस्तरीयता, विद्युतिकरण लगायतका विषयवस्तुमा पहल गर्नुपर्ने अपेक्षा मतदाताले राखेका छन्। 

तपाईंले जित्ने आधार के हो? स्थानीय तहको अंकगणित के छ? 
मेरो जित्ने आधार भनेको जनता नै हुन्। अंकगणित भनेको त परिणम आइसकेपछि मात्र भन्न सकिने कुरा हो। स्थानीय तहको परिणाम प्रतिनिधि सभामा लागू नहुन पनि सक्छ। जनताको पक्षमा काम गरेको छु। आफ्नो क्षेत्रमा गरिब, निमुखा, किसान र यहाँका युवाको पक्षमा आवाज उठाउँदै आएको छु। 

तपाईंको क्षेत्रमा सत्तारुढ गठबन्धन नै मैदानमा छ। विपक्षी प्रति तपाईंको मूल्यांकन कस्तो छ, कत्तिको चुनौतीको महसुस गर्नुभएको छ? 
मलाई के लाग्छ भने गठबन्धन विपक्षी केन्द्रका नेताहरुले गरेका छन्। जिल्लाका केही नेताहरुले गठबन्धन गरेका हुन सक्छन्। जनताले गठबन्धन गरेका छैनन् भन्ने मैले आभास गरेको छु। जनता चाहिँ स्वतन्त्र छन्। 

जनताले आफ्नो मत अभिमत, मूल्या्रकन गरेका छन। उनीहरु यस क्षेत्रको विकासलाई हेर्न चाहान्छन्। यस क्षेत्रको विकासका लागि जनता स्थानीय तहको अंकगणितको पक्षमा जानेवाला छैनन्। 

हिजो तिनै जनताले मलाई मत दिएर विजयी गराएका हुन्। अहिले पनि त्यसलाई निरन्तरता दिनेछन्। 

यसअघि पनि तपाईं यही क्षेत्रबाट सदनमा पुग्नुभयो, फेरि किन दोहोरिन खोज्नुभएको हो? 
यस क्षेत्रको आमुल परिवर्तन, समृद्धि, आर्थिक अवस्थालाई सुधार गर्नका लागि अघिल्लो कार्यकालमा केही कामको थालनी भएको छ। ती पूरा हुन सकेका छैनन्। पाँच वटा पालिका रहेको यस क्षेत्रमा जिल्ला सदरमुकाम पनि छ। एमालेको सरकार हुँदा ५० बेडको अस्पताल बनाएर मंगलसैन अस्पतालालाई स्तरोन्नति गर्ने निर्णय भएको थियो। 

त्यो सुरु हुन सकेको छैन। जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका योजनाहरु पूरा गर्नका लागि पनि मैले जित्नु आवश्यक छ। 

मंगलसैन–जंगलघाटदेखि चिसापानीसम्मको बाटो छ। जंगलघाटमा पक्की पुलको टेन्टर हालेर अघि बढाएका छौं। यही बाटोलाई अघि बढाउनका लागि पनि यस क्षेत्रमा मेरो आवश्यकता छ। 

त्यसका साथै साँफेदेखि हिल्सा जाने बाटो छ। त्यसलाई त्रिदेशीय नाकालाई जोड्ने सडकको रुपमा विकास गर्नका लागि पनि मेरो पनि आवश्यकता छ।

त्यसका साथै पर्यटन क्षेत्रको पूर्वाधार, धार्मिक क्षेत्रको विकास गर्नका साथै स्थानीय स्तरमा उद्योग स्थापनका लागि पनि एमालेले जित्नु आवश्यक हो। 

एमालेले पाँच वर्षमा २० वटा ग्यारेन्टी दिएको छ। त्यो ग्यारेन्टी पूरा गर्ने क्षमता एमालेमा छ। जो जनताको जीवनसँग जोडिएका छन्, ती पूरा गर्नका लागि पनि मैले फेरि सदनमा जानु आवश्यक हो। 

तपाईं फेरि निर्वाचित हुनुभयो भने कस्ता विषयलाई सदनमा प्रस्तुत गर्नुहुन्छ? 
यस क्षेत्रको गरिबी, अभाव, जनताको दैनिकी नै मेरा पहिला प्राथमिकता हुनेछन्। विकासको सन्दर्भमा हिजो पनि आवाज उठाएकै हो। फेरि पनि त्यो क्रम निरन्तर हुनेछ। 

यसका साथै राष्ट्रियताको सवालमा हाम्रो भूमि मिचिएको छ। सुदूरपश्चिमकै क्षेत्र बढी चर्चित भएकाले पनि त्यो विषयलाई सशक्तताका साथ उठान गर्नेछु। अहिले नेपाललाई सिक्किमीकरण गरिँदैछ, त्यसका विरुद्ध डटेर लड्नुछ। स्थानीय विकासका सवाल मात्र नभई राष्ट्रियताका विषयमा पनि मेरो आवाज उठ्नेछ। 

यो पनि पढ्नुहोस

अघिल्लो हार बदला लिने दाउमा शाह, दोहोरिन खोज्दै बोगटी 

यो पनि पढ्नुहोस

व्यक्तिगत प्रभाव र गठबन्धनको ऊर्जाले चुनाव जित्छु : शाह [अन्तर्वार्ता]


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २०:४३
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्