• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
अछाम-२

व्यक्तिगत प्रभाव र गठबन्धनको ऊर्जाले चुनाव जित्छु : शाह [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २४, २०७९  २०:३८
1140x725

काठमाडौं– नेपाली कांग्रेस अछामका जिल्ला सभापति पुष्पबहादुर शाह अछाम २ बाट प्रतिनिधि सभाको निर्वाचनमा होमिएका छन्। शाह यसअघि २०७४ सालमा एमालेका यज्ञबहादुर बोगटीसँग पराजित भएका थिए। 

शाह यसपटक जसरी पनि जित्ने उद्देश्यसहित घरदैलो अभियानमा छन्। शाहका चुनावी अजेण्डा के छन्? निर्वाचनमा जित्ने आधार कस्ता छन्? लगायतका विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीः

तपाईंको चुनावी क्षेत्रमा राजनीतिक यात्रा, मान्यता र उद्देश्यलाई कसरी प्रस्तुत गर्नुहुन्छ?
म लामो समयदेखि राजनीतिमार्फत् अछामी जनताको सेवामै लागेको छु। राजनीतिमार्फत् समाजसेवालाई नै प्राथमिकताका साथ राखेर अघि बढिरहेको छु। जनताको सेवाप्रति जीवनलाई समर्पित गर्दै अझै त्यसलाई नै अगाडि बडाउने लक्ष्य हो। 

विगतको राजनीतिक यात्रा र योगदानका आधारमा चुनावका मुखमा देखा परेका चुनौती चिर्दै अघि बढिरहेको छु। राजनीतिमा लागेदेखि जनताको सेवा नै प्रधान हो भन्ने मान्यता राखेको छु। सोही अनुसार निर्वाचनमा होमिएको छु। 

यति बेला तपाईं घरदैलो अभियानमा हुनुहुन्छ? मतदातासँग पार्टीगत र व्यक्तिगत रुपमा कस्ता प्रतिबद्धता(अजेण्डा) लिएर प्रस्तुत गर्दै हुनुहुन्छ? 
हाम्रो पार्टीको घोषणापत्र सार्वजनिक भइसकेको अवस्था छ। त्यसका साथसाथै स्थानीय स्तरको आवश्यकता अनुसार के–के गर्न सकिन्छ? त्यसलाई पनि परिमार्जन गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छु। 

विशेष गरेर जनतासँग सरोकार राख्ने विषयवस्तुहरुलाई प्राथमिकतासाथ उठान गरेको छु। परिवर्तन त धेरै भयो। जनताको जीवनशैलीमा अझै परिवर्तन आउन सकेन। अब त्यो परिवर्तन ल्याउनका निम्ति, सुशासनको अनुभूति दिलाउनका लागि पनि मेरो अभियान जारी छ। 

जनताको घरदैलो गर्दा, मतदाताहरुसँग भेट्दा अछामी जनता र विशेष गरी दुई नम्बर क्षेत्रका जनताको प्रत्यक्ष जीवनशैलीसँग जोडिएका विषयवस्तुलाई बोकेर म निर्वाचनमा मात्र नभई अन्य बेला पनि जाने गरेको छु। 

तपाईले घरदैलो अभियान गर्दैगर्दा जनताको अपेक्षा के पाउनु भयो? 
जनताको प्रतिक्रिया त के हो? त भन्दा राजनीति दलप्रति जनताको आक्रोशित भाव देखिन्छ। नेताप्रति जनताको जुन गुनासो छ, त्यसलाई सम्बोधन गर्दै हामीले राजनीतिलाई पेसाभन्दा पनि सेवाको रुपमा हो बुझाउन सक्नुपर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यदि उनीहरुलाई प्रष्ट पार्न सकेनौं भने जनतामा निरासा छाउन सक्छ। मेरो विशेष अभियान जनताको जीवन कसरी सुधार गर्न सकिन्छ भन्ने नै हो। हरेक परिवर्तनमा जनताले साथ दिने गरेका छन्। जनतालाई कुनै हालतमा पछि पार्न हुँदैन। पछाडी परेका, अल्पसंख्यक, दलित, उत्पीडित वर्गहरुलाई पनि विशेष सम्बोधन गर्नुपर्छ। अहिलेको मुख्य उद्देश्य यही नै हो। 

तपाईं यसअघि २०७४ को निर्वाचनमा पराजित हुनुभयो। विपक्षीप्रति तपाईंको मूल्यांकन के छ? कत्तिको चुनौती महसुस गर्नु भएको छ? 
विपक्षीसँग हाम्रो त्यस्तो खासै चुनौती केही छैन। जनता नै सर्वोपरी हुन्। जनताले नेता र दलको कामको मूल्यांकनका आधारमा मत दिने हुन्। विपक्षीसँग दलीय हिसाबमा त मूल्यांकन हुनैपर्छ। 

उनीहरुले आफ्नो कार्यकालमा के गरे? जनताको सेवादेखि सदनसम्म प्रष्ट नै छ। अहिले विपक्षी पनि चुनावमा होमिएका छन्। तर, कुरा के हो भने विपक्षीसँग पनि हामीले सौहार्द किसिमको वातावरण अपनाउने हो। जनताको मन जितेर अगाडि बढ्ने हो। कसैसँग तुष राखेर जानु हुँदैन भन्ने मेरो मान्यता हो। 

तपाईं निर्वाचनमा होमिँदै गर्दा तपाईंको जित्ने आधार के हो? 
निर्वाचन जित्ने आधार भनेको मेरो व्यक्तिगत कारण पनि छ। २०७४ सालको निर्वाचनमा म लड्दै गर्दा त्यतिबेला एमाले गठबन्धनमा थियो। त्यतिबेला उम्मेदवारसँग म झिनो मतले पराजित हुन पुगेँ। अहिले त के हो भने गठबन्धनको ध्यान यता तिर छ। मैले आफ्नो बलबुताले भ्याएसम्म म जहिले पनि जनताकैबीचमा रहने मान्छे हो। 

म जनतासँग रमाउने, जिल्लामै बस्ने, जनताका हरेक समस्याहरु, चाहे प्रशासनिक होस् या न्यायिक वा अन्य सामाजिक क्षेत्रका समस्यामा साथ उभिने गरेको छु। त्यसका साथै अहिले हाम्रो संगठन त्यति कमजोर पनि छैन। गठबन्धनको ऊर्जासहित हाम्रो संगठन पनि शक्तिशाली छ। त्यसकारण म क्षेत्र नम्बर दुईमा निर्वाचित हुने पूर्ण विश्वासमा छु। 

तपाईंले निर्वाचन जित्नुभयो भने सदनमा कस्ता विषयहरु उठान गर्नुहुन्छ?
हामीले ठूलो त्याग, तपस्या र बलिदानले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हौं। एकातर्फ लोकतन्त्र र गणतन्त्रलाई बलियो पार्ने, राष्ट्रियताका सवालका विषयहरु छन्। अर्काेतर्फ दुई तिहाईको सरकारले सदन विघटन गर्‍यो। संवैधानिक मूल्य मान्यताहरुलाई स्थापित गर्ने विषयका साथै अछामी जनताका दैनिकीसँग जोडिएका विषयहरु छन्। 

यो पनि पढ्नुहोस

अघिल्लो हार बदला लिने दाउमा शाह, दोहोरिन खोज्दै बोगटी 

यो पनि पढ्नुहोस

जनता गठबन्धनमा छैनन्, अछामको विकासका मतदाताले मलाई जिताउँछन् : बोगटी [अन्तर्वार्ता]

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २०:३८
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्