विराटनगर– मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन्। लिम्बू कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरंगका पूर्वसभापति हुन्।
बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बिहीबार मध्यान्ह उनले आफनो उम्मेदवारी दर्ता गराएका हुन्।
सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि मौका दिएको हो।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत रहेका थापाको डेंगु र निमोनियाका कारण मृत्यु भएको हो। सत्ता गठबन्धनका उम्मेदवार लिम्बूले एमालेका उम्मेदवार दीलिप राईसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।