काठमाडौं– नेपाली कांग्रेसले बुधबार निधन भएका मोरङ क्षेत्र नम्बर ३ प्रदेश सभा १ का उम्मेदवार शेखरजंग थापाको स्थानमा मानबहादुर लिम्बूलाई नयाँ उम्मेदवार चयन गरेको छ।
पार्टीले गठबन्धनको तर्फबाट साझा उम्मेदवार चयन गरेसँगै लिम्बूले बिहीबार उम्मेदवारी दर्तासमेत गरिसकेका छन्।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत रहेका उम्मेदवार थापाको बुधबार निधन भएको थियो।
डेंगु संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बुधबार नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।