• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं २: पुराना भन्छन्–मणिराम, युवाको छनोटमा नयाँ अनुहार

64x64
धनु विश्वकर्मा बुधबार, कात्तिक २३, २०७९  २०:०५
1140x725

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–२ वीरेन्द्र चोकमा एकाबिहानै चकमन्न घाम लागेको छ। चुनावी सरगर्मीका कारण बिहानैदेखि एकपछि अर्को लाइनमा चुनावी नारा लगाउनेहरु ओहोरदोहोर गरिरहन्छन्। 

वीरेन्द्र चोकमा ग्राहक कुरेर बसिरहेका ट्याक्सी चालकहरु चुनावी लहरलाई नियालिरहेका छन्। कोही समूहमा बाँधिएर चुनाव र उम्मेदवारबारे चर्चा गर्दैछन्। 

छेउतिरको पसलमा पनि चियाको चुस्कीसँगै सर्वसाधारण चुनावी नतिजाबारे आ–आफ्नो भविष्यवाणी गरिरहेका छन्। यसैबीच एमालेको घरदैलो अभियानको समूह नारा लगाउँदै चोक नजिक आइपुग्यो। 

बद्रि पंगेनी र पूर्णकला बिसीको आवाजमा रहेको ‘म त यसै एमाले, मेरो देशै एमाले’ बोलको गीतले चोक नै थर्कमान भयो। उम्मेदवार नजिक गएर समूहमा सेल्फी खिच्ने, टिकटक बनाउने र नाच्नेको भीड पनि उत्तिकै छ। 

स्पिकरमा चर्को स्वरले गीत बजाउँदै एउटा गाडी अघि–अघि र मणिराम र उनको समूह गाडी पछ्याउँदै पछि–पछि। उनीहरुमध्ये एक हुल चिया पसल नजिकै पुग्यो। अनि मणिरामले नमस्कार गर्दै भोटका लागि अपिल गरे। 

हामी पनि मणिरामको चुनावी समूहलाई पछ्याउँदै गयौं। चोकमा मत मागिसकेपछि मणिराम समूहसहित थापा गाउँतिर लागे। हामी भने चोकमा बसेका युवासँग चुनावबारे चर्चा गर्न थाल्यौं। 

यतिबेला काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका मणिराम फुयाँल चुनावी प्रचार प्रसारमा व्यस्त छन्। एकै ठाउँमा धेरै बस्दैनन्। धेरैभन्दा धेरै ठाउँमा पुग्ने भएका कारण एक ठाउँमा भोटका लागि अपिल गरेलगत्तै उनी अर्कोतिर लागिहाल्छन्। कसैले गुनासो गरेको खण्डमा भने उनको समूहले थामथुम पार्ने काम गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यही क्षेत्रमा जर्मे हुर्केकाले उनलाई आफ्नो नाम भनिरहन भने आवश्यक देखिन्न। उनी सबैमाझ परिचित हुन्। चिया पसलेकहाँ जम्मा भएका मानिसकहाँ पुगेर नमस्कार गर्दै उनले भने, ‘यो देशको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन।’

त्यहाँ बसेका स्थानीयले उनको अनुरोधलाई स्वीकार गर्दै मुन्टो मात्र हल्लाए, अरु प्रतिक्रिया दिएनन्। मणिरामको समूह गल्ली–गल्लीमा गएर मत माग्दैछ। 

स्थानीयलाई प्राथमिकता

मणिरामको समूह नवदुर्गा टोलमा छिर्यो। सुभद्रा थापाका परिवारले मणिरामलाई हातमा फुल दिदैँ स्वागत गरे। सुभद्रासँग उनका बुवा पनि थिए। मणिरामको व्यवहारले आफू प्रभावित भएको र स्थानीय भएका कारण मणिरामले जित्ने सुभद्राका बुवाले आकलन गरे।

पहिलेदेखि नै राजनीतिमा लागेको र स्थानीय भएका कारण पनि यसपटक मणिरामलाई मौका दिनुपर्ने सुभद्राको तर्क छ। उनी भन्छिन्, ‘दल पुरानो भए पनि उहाँ यस क्षेत्रका लागि नयाँ। स्थानीय भएका नाताले पनि उहाँको यस क्षेत्रप्रति धेरै जिम्मेवारी हुन्छ। त्यसैले एकपटक मौका दिनुपर्छ।’ 

यस क्षेत्रमा २०६४ को पहिलो संविधासभा निर्वाचनमा माओवादीका झक्कुकुमार सुवेदीले जितेका थिए। २०७४ मा तत्कालीन एमालेका नेता माधवकुमार नेपालले जिते। यस क्षेत्रका मतदाताले टुरिस्ट उम्मेदवारलाई मात्र जिताएकाले यसपाली त्यसो नहुने उनको भनाइ छ। स्थानीयलाई नै प्राथमिकता दिने उनको मत छ। 

मणिराम सुभद्राको घरबाट सिधै कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापाको घरतर्फ मोडिए। शान्ता भने क्यामराबाट टाढिइन्। उनलाई मणिरामले नै सतर्क बनाए। मणिरामलाई अबिर खादा लगाएर टोली अगाडि बढ्यो। 

स्थानीय ७० वर्षीया तुलसा ओलीको मणिरामसँग पहिलेदेखिकै चिनजान रहेछ। उनी पनि यसपाली मणिरामलाई नै मत दिने पक्षमा छिन्। यसअघि स्वतन्त्र उम्मेदवार पूण्य प्रसाईं मत माग्न आएका रहेछन्। तर, उनले दलीय व्यवस्थामा एक्लै केही गर्न नसक्ने भन्दै स्थानीय र विश्वास गरेको दलको उम्मेदवारलाई नै मत दिने बताइन्। 

राजनीतिक अस्थिरताबाट वाक्क भएकी तुलसा भोट हाल्ने पक्षमै थिइनन्। तर, पनि बृद्धावस्थामा सहारा बनेका कारण एमालेका उम्मेदवारलाई नै भोट हाल्ने ओली बताउँछिन्। उनले भनिन्, ‘हामीजस्ता बुढाबुढीलाई एमालेले भत्ता दिएको छ। हाम्रो साथमा परिवारका सदस्यभन्दा अघि एमाले उभियो। त्यसैले पनि यसपटक एमालेलाई नै मौका दिनुपर्छ।’

सोही टोलकी ८० वर्षीया चिनु थापाले मणिरामबाहेक अरु उम्मेदवारलाई नचिन्ने प्रतिक्रिया दिइन्। त्यो पनि श्रीमानमार्फत् उनले चिनेकी हुन्। घरमा मणिराम उम्मेदवार बनेको कुरा श्रीमानले भनेपछि मात्र जानकारी पाएको उनले बताइन्। 

उनी भने मत दिनु र नदिनुमा कुनै अन्तर नहुने बताउँछिन्। ‘जितेपछि हाम्रो लागि कसैले केही गर्ने होइनन्, चुनावका बेला आश्वासन मात्र बाँड्छन्,’ उनी भन्छिन्, ‘तर, घरमा कोही नहुने हामीजस्ता बुढाबुढीका लागि एमालेले केही भए पनि राहत दिएको छ। त्यसैले यसपाली एमालेलाई नै त दिनपर्ला।’

नयाँलाई मौका दिने पक्षमा युवा

उनीहरु वीरेन्द्र चोकको गान्धीमोड जाने बाटोमा पर्ने व्यापारीलाई मत माग्दै अघि बढे। रङको पसल भएका दिने श्रेष्ठलाई नमस्कार गर्दै मणिरामले मत मागे। दिनेशले नमस्कार फर्काउँदै सोधे, ‘हामी मत दिन्छौं तर, यहाँको बेरोजगारीको समस्या समाधान हुन्छ त?’ मणिरामले साङ्गोपाङ्गो जवाफ फर्काए, ‘एमालेबाहेक अरुले देशको समस्या समाधान गर्न सक्दैनन्। मत दिनुहोस्, बहुमत पाए पाँच वर्षमा देखिनेगरी परिवर्तन हुन्छ।’

मणिरामको आधारहीन जवाफले दिनेश सन्तुष्ट भएनन्। उनी भन्छन्, ‘पुराना दल र नेताहरु चुनावको दिन मात्र आउँछन्, जितेपछि कुर्सीकै तानतुनमा व्यस्त हुन्छन्। यिनीबाट देश विकास हुन सम्भव छैन।’ व्यवसाय घाटामा गएका कारण दिनेश विदेश जाने तयारीमा छन्। 

केही वषअघि वीरेन्द्र चोकमा एक जना बच्चाको गोली लागेर मृत्यु भएको थियो। त्यसबेला सोही क्षेत्रबाट निर्वाचित सांसद माधवकुमार नेपाल आएर बच्चाको शालिक बनाउने बाचा गरेका थिए। शालिक त बन्न सकेन बरु नेपाल डेरा सरेर रौतहट पुगेको दिनेशले आरोप लगाए।

दिनेशसँगै बसेका हरिराम भट्टराई पनि यसपटक नयाँ दललाई हेर्ने मूडमा छन्। सधैं एउटै चुनावी अजेण्डा र झुटा आश्वासनले आजित भएका हरिराम यसपटक पुराना दललाई मत नदिने बताउँछन्। 

नयाँलाई परीक्षण गर्न चाहेको उनको भनाइ छ। उनी भन्छन्, ‘हाम्रालाई नभएर राम्रलाई हेर्न चाहन्छौं। पुराना दलले मतदातानलाई आफ्नो सम्पत्ति ठाने, जसरी पनि प्रयोग गर्न सकिन्छ भन्ने ठाने, तर अब जनता सधैं प्रयोग हुँदैनन्। यस्ता दल र नेताविरुद्ध जनताले विद्रोह गर्न आवश्यक छ।’

सोही क्षेत्रमा एक जना युवा भर्खरै विदेशबाट फर्किका रहेछन्। हामी उनीसँग कुराकानी गर्न थाल्यौं। चुनावकै लागि भने उनी आएका होइनन्। 

स्थानीय वासिन्दा भए पनि उनी कमाउनका लागि विदेश गएका थिए। परिवारका अरु सदस्य भने किराना पसल सञ्चालन गर्दै आएका छन्। सामाजिक सञ्जालमा निकै सक्रिय ती युवकले भने, ‘विदेशमा देश विकासबारे विभिन्न बहस र छलफल हुन्छन्। तर, यहाँ म बाहेक अरु कोही राम्रो छैन भन्छन्, पुराना दलहरु सबै मिलेर देशको ढुकुटी मात्र लुट्ने भए।’

हामीसँग कुराकानी गर्दैगर्दा एमालेले कोरानाकालमा संसद् विघटन गरेकोप्रति आक्रोश व्यक्त गरे। एमाले मात्रै होइन, संसद्मा सबै मिलेर एमसीसी पास गर्ने र अर्थतन्त्र डामाडोल बनाएको भन्दै कांग्रेस–माओवादीप्रति पनि असन्तुष्टि प्रकट गरे। त्यसैले पनि यसपटक पुराना भनिएका दललाई मत नदिने उनको अडान छ।

 

उनीजस्तै यही चोकमा ट्याक्सी चलाउँदै आएका शिव घिमिरे पनि पुराना दलका उम्मेदवारलाई मत नदिने पक्षमा छन्। उनी भन्छन्, ‘उम्मेदवार नयाँ उठाए पनि पुराना किताबका नयाँ खोलजस्तो मात्रै हुन्। त्यसैले हाम्रो आधारभूत आवश्यकता पूर्तिको अजेण्डा जसले बोकेको छ, उसैलाई मत दिने हो।’

काठमाडौंमा उनी दुई दशकदेखि सवारी चलाउँछन्। यही इोत्रको मतदाता भएकाले उनी पनि यसपाली नयाँ अनुहार परीक्षण गर्ने मनस्थितिमा छन्। धरानका मेयर हर्क साङपाङ र काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिँदै उनी भन्छन्, ‘बरु स्वतन्त्रले गर्न सक्ने रहेछन्। हर्क र बालेनलाई हेर्दा भयो नि!’

सत्ताका लागि मात्रै मरिहत्ते गर्ने दललाई जनताले यसपाली सजाय दिनुपर्ने उनको भनाइ छ। ‘यसअघि एमाले, कांग्रेस र माओवादीलाई मत दिएकै हो। अब हामी दिँदैनौं,’ उनी भन्छन्। 

यसपटक काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम गठबन्धन र एमालेका उम्मेदवारमाथि भारी पर्ने स्थानीय राजेन्द्र मगर बताउँछन्। यहाँ एमालेबाट फुयाल र गठबन्धनबाट ओनसरी घर्ती साझा उम्मेदवार बनेकी छन्। 

राजेन्द्रको सानो रेडियो–घडी पसल छ। उनी पनि यही क्षेत्रका मतदाता हुन्। उनी पनि यसपटक पुराना दललाई मत नदिने मनस्थितिमा छन्। उनी भन्छन्, ‘हामीजस्ता युवाले बुझ्न सक्ने उम्मेदवार जिताउनुपर्छ। पुराना फालेर नयाँलाई अवसर दिनुपर्छ।’

तस्बिरहरूः मनिष अर्याल/नेपाल लाइभ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज बुधबार, भदौ १७, २०८३
गण्डकीमा मन्त्रालयको जिम्मेवारी फेरबदल, देवकोटालाई ऊर्जा र न्यौपानेलाई भौतिक बुधबार, भदौ १७, २०८३
बाढीको विपत्तिपछि करदाता प्रोत्साहन पुरस्कार घोषणा स्थगित, भदौका विजेता असोज १ मा सार्वजनिक हुने बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीका सम्बन्धमा संसदमा बोल्दै प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
गगनविरुद्धको समूहको बैठक बस्दै, देउवा नेतृत्वमै १५औँ महाधिवेशन गर्ने तयारी बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्