काठमाडौं– नेपाली कांग्रेस मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार शेखरचन्द थापाको निधन भएको छ।
विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले नेपाल लाईभलाई जानकारी दिए।
डेंगुबाट संक्रमित थापाको यसअघि काठमाडौंका ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। मंगलबार मात्रै उनलाई नोवेल अस्पतालमा भर्ना गरिएको अधिकृत दाहालले जानकारी दिए।
थापा प्रदेश १ का वन वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।