• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश

वीरगञ्जको चिया पसलमा दिग्दारी : दारु र मासुमा भोट बिक्ने भएपछि केको निर्वाचन?

64x64
नवीन झा मंगलबार, कात्तिक २२, २०७९  २०:१४
1140x725

वीरगज- वीरगञ्जको गहवा माई मन्दिर नजिकै पार्क जस्तो एउटा संरचना छ। त्यसको एउटा टेबलमा खुल्ला चिया पसल छ। यहाँ बिहान र बेलुकी सधैं स्थानीयहरुको जमघट हुनेगर्छ। आजकाल यी जमघटमा हुने चर्चाको मुख्य विषय हो- मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन।

पर्सा जिल्लाका प्रतिनिधि सभाका चार वटा र प्रदेश सभाका आठ वटा निर्वाचन क्षेत्र छन्। मधेस प्रदेशभर ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। यी लगायत समग्र देशकै सम्भावित नतिजाको आकलन गर्नु यहाँको दैनिकी बनेको छ ।

शनिबार साँझ त्यहाँ पुग्दा पनि भीडभाड उस्तै थियो। भीड चिया पसल अगाडिको सुहाग श्री सुनचाँदी पसलसम्मै लम्बिएको थियो। एक ज्येष्ठ नागरिकले कुनै प्रश्न बिना नै उत्तर सुनाए- ‘जाहाँ दारु और मान्समे भोट बिकेला, उहाँ अपनी का के निर्वाचन के वात करी?’ उमेरले ७० नाघिसकेका नरेन्द्र तिवारीको यो भोजपुरी वाक्यको आशय थियो- निर्वाचनको बेलामा मदिरा र मासुमा यहाँ भोट खरिद बिक्री हुने गर्छ। त्यसैले यहाँ निर्वाचन, निर्वाचन जस्तो रहेन।

पन्चायत विरुद्धको आन्देलनमा सक्रिय तिवारीले लामो समय सरकारी सेवामा काम गरे। साथै, नेपाली कांग्रेसमा सक्रिय भए। तर पछि उनी राजनीतिबाट निस्क्रिय हुँदै गए। बिहान बेलुकी यही चिया पसलमा आएर राजनीतिक गफ गरेपछि उनीभित्रको राजनीतिक प्यास मेटिने गर्छ।

कुराकानीमा तिवारीले राजनीतिमा भ्रष्टाचार र विसंगति मौलाएका कारण जनतामा निर्वाचनप्रति कुनै उत्साह नदेखिएको तर्क गरे। ‘तपाईं आम नागरिकको मात्रै होइन, पार्टीकै स्थानीय नेता कार्यकर्ताको घर पुग्नुस्। तर निर्वाचनलाई लिएर कोही पनि सकारात्मक कुरा गर्दैनन्’, उनी भन्छन्, ‘राजनीति आम मान्छेको पहुँचभन्दा बाहिरको विषय बन्न पुगेको छ। यो चिन्ताजनक विषय हो।’

उनले मूलधारदेखि मधेस केन्द्रित दलका नेताहरु गठबन्धन बिना निर्वाचनमा जान नसक्ने हुन उनीहरुकै अकर्मण्यता भएको बताउँछन्। ‘जनताप्रति विश्वास भएको भए उनीहरु आफूले गरेको काम र भविष्यमा गर्ने कामको योजनासहित जनतामा जान सक्नुपर्थ्यो', उनी भन्छन्, ‘साँच्चिकै भन्ने हो भने जनतासँग विकल्प नै नभएको अवस्था छ।’

यही चिया पसलमै भेटिएका अर्का स्थानीय सतिश दुवे पनि उम्मेदवारहरुले निर्वाचनको बेला बोल्ने कुरामा आम नागरिकलाई कुनै विश्वास नरहेको बताए। ‘नागरिकहरु उम्मेदवारको सामुन्ने प्रतिकारमा उत्रिँदैनन्', उनी भन्छन, 'तर उम्मेदवारहरु पर जाने बित्तिकै भन्छन्- चुनावको बेला भएकाले नेताहरु चिल्लाचिल्ला कुरा गर्न घर आएका हुन्।’

Ncell 2
Ncell 2
nimb
nimb

अर्का स्थानीय अनिरुद्ध सिंह पनि नेताहरुको कारण राजनीतिप्रति समाजको दृष्टिकोण नै परिर्वतन भएको जिकिर गरे। विगतमा मधेसी पार्टीमा लागेको उनी पाँच वर्षयता भने राजनीतिक रुपमा स्वतन्त्र भएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रसहित मधेसी पार्टीहरुका नेतामा कुनै फरक नरहेको जिकिर गरे। सबैले आफ्नो राजनीतिक गर्न जनतासामु नाटक गर्ने गरेको उनको भनाइ छ।

‘बचके रहिए, यी चोरवा सबसे, ना त फिर फसजाई'

२०७२ मा नयाँ संविधान जारी हुने समयको आसपास मधेसमा आन्दोलन उठ्यो। वीरगञ्ज र जनकपुरसहित मधेसमा ६ महिना लामो बन्दी चलेको थियो। त्यही क्रममा वीरगञ्जका धुरेन्द्र सहनीले गाएको गीत ‘नेपाल अभि बन्द्य वा’ समग्र मधेससहित काठमाडौंसमेत चर्चामा आयो। मधेसी नेताहरुले त्यस गीतलाई आन्दोलनस्थलदेखि कार्यक्रमस्थलसम्म बजाउने गर्थे।

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शनिबार गहवामाई मन्दिर परिसरको सोही चिया पसलमा भेटिएका सहनीले आफूले गीत गाएको समय र मधेस आन्दोलन सम्झिँदा मन खिन्न हुने गरेको गुनासो गरे। उक्त गीत गाएपछि सहनीलाई लिएर तत्कालीन मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पूर्वदेखि पश्चिमसम्मको मधेस घुमेका थिए।

तर मधेस प्रदेशदेखि संघीय सरकारसम्ममा मधेसी नेताहरु पुग्दा एक पटक पनि नसम्झेको उनले गुनासो गरे। उनले आफैं गएर एकपटक मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भेटेको र मधेस सरकारले सुरु गरेको 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानका लागि आफूलाई पर्सा जिल्लामा प्रचारप्रसार गर्ने जिम्मा दिन आग्रह गरेको बताए। तर, राउतले पछि बोलाउने आश्वासन दिए पनि नभेटेको उनको भनाइ छ।

सहनीले राउतसहित मधेस प्रदेशदेखि केन्द्रसम्म पुगेका मधेसी नेताहरुले आन्दोलनमा लागेका स्थानीय नेता कार्यकर्ताभन्दा  कमिसन दिनेलाई काखी च्याप्ने गरेको आरोप लगाउछन्। र, अहिले नयाँ गीतको रचना गरेर भन्छन्- ‘बचके रहिए, यी चोरवा सबसे, ना त फिर फसजाई (यी चोर नेताहरुसँग बचेर रहनुहोला, नत्र फेरि फस्नुहुन्छ)।’

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २०:१४
  • #स्थलगत : मधेश प्रदेश
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्