काठमाडौं– एलजी ब्राण्डको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले वर्ल्डकपलाई लक्षित गरी युक्यू सिरिजको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ।
एलजीले युएचडी टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टिभी नेपाली बजारमा ल्याएको हो। युएचडी टिभी श्रेणीमा नेपालकै नम्बर एक टिभी ब्राण्डमा आफूलाई स्थापना गरेको कम्पनीले नयाँ मोडेलको टिभीहरू नेपालमा ल्याएको बताएको छ।
यस टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रीन डिजाइन का साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपिएस प्यानल फोर के, एचजिआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआइ ब्राइटनेस, एआइ साउण्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसि) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरू रहेको छ।
साथै, यस टिभीले एलजी थिङक्यु एआई टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ। साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरू पनि रहेको कम्मपनीले जनाएको छ।
एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आइफोनबाट सिधै स्क्रिन सेयररस्क्रिन मिरर गर्न मिल्नुका साथै गुगल असिस्टेनको मद्दतले आफ्नो टिभीलाई आफ्नो आवाजले नियन्त्रण गर्न सकिने कम्पनीले बताएको छ। एलजीका सबै साइजका टिभीहरू सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।