• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
चितवन स्थलगत

चितवन- २ : रविको पक्षमा चलिरहेको 'नयाँ हावा' बाट त्रसित पुराना दल

डिबी खड्का/नारायण अधिकारी मंगलबार, कात्तिक २२, २०७९  १०:५२
1140x725
तस्बिरहरु : निमेषजंग राई

चितवन- 'रविलाई यहाँबाट जिताएर पठाएनौं भने देशभरिका जनताले हामीलाई थुक्छन्,' रविलाई भोट दिने मनसाय बनाएकाहरुलाई कारण सोध्दा धेरै ठाउँमा यस्तै समान धारणा पाइयो।

ठ्याक्कै यही वाक्य कालिका नगरपालिका प्रगति टोलका सीताराम परियार, गडुवाका रमेश थापा र खोलेसिमलमा भेटिएका रोहन खनालले सुनाए। 

चितवन- २ मा रवि लामिछानेका लागि निर्मित समान भाष्य पनि यही हो। त्यसैमा कहीँकतै थपिन्छ- 'हिजो न्याय दिलायौं। अब मत दिन्छौं।'

चितवन- २ को प्रतिस्पर्धा अब दुईपक्षीय मात्रै रहेन। त्रिपक्षीय भइसक्यो। यो क्षेत्रमा दिनभरि डुलेर स्थानीयसँग अन्तर्क्रिया गर्दा त्यहाँ घन्टीको आवाज निरन्तर बढ्ने क्रममा रहेको देखिन्छ। भुसको आगोजस्तै भित्रभित्रै फैलिरहेको यो पार्टीले यस क्षेत्रको नतिजामै उलटफेर ल्याउन सक्ने संकेत भने देखिन थालेका छन्। 

भर्खरै बनेको पार्टीको देखिने संगठन छैन। निर्वाचन क्षेत्रका हरेक वडामा सम्पर्क कार्यालय छन् तर सम्पर्क व्यक्ति भेटिँदैनन्। जब वस्ती, होटल र पसलमा 'कसले जित्न सक्छ?' भनेर स्थानीयलाई सोध्दा उनीहरुमध्ये धेरैको जवाफ यस्तो हुन्छ- यस पल्ट घन्टीलाई हेर्ने कि पनि भन्दैछन्।

chitwan-71667893703.jpg

किन त्यसो भन्दैछन् त? हामीले कारण केलाउन थाल्यौं। प्लस टु सकाएर विदेश जाने तरखरमा लागेका चितवन खोलीसिमलका रोहनको उत्तर थियो, 'धरानका जनता शिक्षित थिए, हर्क साम्पाङ जिताए। काठमाडौंका जनताले बालेन शाहलाई जिताए। हामीले पनि त रवि पाएका छौं। यदि जिताउन सकेनौं भनेर देशभरिकाले गँवार ठान्छन्।'

रवि पक्षकाले यो भाष्यलाई चुनावी अस्त्र बनाएका छन्। रविप्रतिको आकर्षण हुनेहरुको कुरा भयो यो। पुराना दलहरुप्रतिको आक्रोशले पनि यस पल्ट घन्टी चुनाव चिह्न रोज्नेहरु छन्। परीक्षण गरिहेर्नका लागि पनि यस पल्ट मत रविलाई दिने मनसायमा रहेकाहरु छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

भरतपुर महानगरपालिका- १२ मा भेटिएका शशि सुवेदी २०२० सालदेखि भरतपुरमा छन्। उनले आफूलाई एउटा पार्टीको प्रतिबद्ध कार्यकर्ताका रुपमा चिनाए। उनी चुनाव प्रचारमै भरतपुर- १० सम्म पुगेका छन्। हामीले माहोलबारे बुझ्दा उनले घुमाउरो पारामा भने, 'यसपल्ट घन्टीलाई हेर्ने कि भन्ने छ। महिला र केटाकेटी त्यतैतिर  छन्।'

उनका अनुसार अवस्था के बनेको छ भने पाकाहरु पुराना पार्टीमा र युवाहरु रविको पार्टीमा रहेको जस्तो देखिन थालेको छ। उनको भनाइ ग्रामीण इलाकातिर पस्दै जाँदा थप प्रमाणित हुँदै गयो।

भरतपुर महानगर क्षेत्रबाट जंगल कट्नेबित्तिकै एउटा चोक आउँछ। कालिका- १, प्रगति चोकमा सीताराम परियार रवि लामिछानेको फ्लेक्स टाँगिरहेका थिए।

हामी पुग्नेबित्तिकै क्यामेरा सोझ्यायौं। सीताराम हामीसँग कुराकानी गर्न आइपुगे। 'यार, पुलिसको रवि दाइसँग के दुश्मनी छ। ब्यानर हटाइदियो। असईबाट खोसेर फेरि टाँगेको,' उनले रविकै बिरादरी (सञ्चारकर्म) का ठानेर हामीलाई गुनासो सुनाए। बनभित्र छिर्ने गेटमा ब्यानर टाँसेकोमा प्रहरीले सार्वजनिक स्थल भनेर हटाएको रहेछ।

त्यसपछि उनी गफिन थाले। गफिँदै गर्दा वरपर भएका र साइकल लिएर गन्तव्यतर्फ सोझिएका युवा समेत हामीनजिक आए। ती युवाहरुतिर फर्केर परियारले माहोल बनाउन थाले- यसपल्ट कसलाई भोट दिने रे? सबैकाे सामूहिक आवाज- नाम भन्नु परेन। यहाँहरुको दिमागमा घन्टी बजिसक्यो!

रिक्सामा रवि, भित्तामा रवि
सोमबार हामी चितवन- ३ अन्तर्गत पर्ने विभिन्न ठाउँ डुल्दा रवि त्यहाँ भेटिएनन्। उनी दाङ पुगेको उनकै सहयोद्धा दीपक बोहराले जानकारी दिए।

भरतपुर- १० बाट थालेको हाम्रो घरदैलोमा भने रवि निरन्तर भेटिइरहे। कहीँ कांग्रेस, एमाले, माओवादी र त्यसका नेताप्रतिको असन्तुष्टिका रुपमा भेटिए। कहीँ अटोरिक्साका पछाडि भेटिए त कहीँ घरको भित्तामा टाँसिएका फ्लेक्समा। 

chitwan-61667893703.jpg

आक्रोशको भोट पनि नयाँतिर
भरतपुर महानगर रहेको क्षेत्रमा रविप्रति राम्रै सद्भाव भेटिएपछि हामी कांग्रेस-एमालेका गढ भनिएका ग्रामीण इलाकातिर प्रवेश गर्यौं। परम्परागत भोट बैंकहरु भनिएका ती क्षेत्र अब त्यस्तो नरहेको देखिन्छ।

लंकालाइनको मध्यभागमा केही महिला मकै छोडाउन तल्लिन थिए। हामी कांग्रेस र एमालेका प्रचार टोलीको लोकेसन खोज्दै आँगनमा पुग्यौं।

आँगनमा भेटिनेमध्येकी सबैभन्दा पाको उमेरकी थिइन्- फूलमति बिक। उनलाई सोध्यौं- कांग्रेस र एमालेका नेताहरुका गाडी यताबाट गएको देख्नुभयो?

'गएजस्तो त मानेकी हुँ, यतै पर कतै गए होलान्,' उनले बेवास्तासहित उत्तर दिइन्। बाटो छेउमा उभिएका एक युवातिर संकेत गर्दै उनले थपिन्, 'भरखर तिनीहरुकै र्यालीमा गएर आएका, तिनीहरुलाई सोध्नुहोस्।' र, त्यसपछि उनको नेताप्रति आक्रोश सुरु भयो।

आफूले यसअघि भोट दिँदै आएका कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुप्रतिको गुनासो झन्डै आधा घन्टा एकोहोरो सुनाइन् उनले। त्यति हुँदा टोलभरिका २० जनाभन्दा बढी त्यहाँ जम्मा भइसकेका थिए। त्यहाँ उपस्थित जातीय हिसाबले कोही पराजुली थिए, कोही बोटे त कोही तामाङ। तर सबैको मत फूलमायासँग मिल्यो। फूलमायाले भनाइको निष्कर्ष निकालिन्, 'यिनै नेताहरुले तेलको मूल्य बढाएर भोजाड पुग्न सय रुपैयाँ लाग्छ। आउने-जाने दुई सय रुपैयाँ गाउँका मान्छेले कहाँबाट ल्याउनु? यस्ता छोरालाई समस्या पर्दा सबै नेता गुहारें। कोही अघि सरेनन्। यस्तालाई अब भोट नदिने।'

chitwan-41667893703.jpg

त्यही बीचमा रहेकी पराजुली थरकी अर्की महिला बोलिन्,  'यहाँ धेरै युवा बेरोजगार भए। घरमा काम गरेन भनेर तनाव दिन्छन्। काम गर्न उनीहरुसँग पैसा छैन। रवि दाइ आए यहीँ नजिक केही कम्पनी खोल्थे कि?'

कांग्रेस-एमालेको र्‍यालीमा, भोट घन्टीमा
एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको घरदैलो होस् कि उमेश श्रेष्ठको सभामा होस्। कार्यकर्ता र जनताको कमी छैन। तर उक्त र्यालीमा पुग्नेहरु पनि मत भने घन्टीतिर दिने हाकाहाकी भन्छन्। 

रमेश थापा तिनैमध्येका एक थिए, जो भर्खरै एमालेको घरदैलोमा सहभागी भएर आए। तर उनी गाउँमा प्रचार घन्टीको गरिरहेका छन्। उनको घरको भित्तामा रविको पोस्टर छ। उनले भने, 'पोस्टर त पल्लो घरको दाइले लगाइदिनुभएको हो। कांग्रेस र एमाले स्थानीय नेताहरुले हटाउन भनेका थिए। तिमीहरु आफैं हटाउने भए हटाउ। म हटाउँदिनँ भनें। पहिलेको पार्टी एमाले भएर एकछिन घरदैलोसम्म पुगेर आएको। भोट त घन्टीलाई जान्छ।'

त्यहाँबाट ३० किलोमिटरभन्दा बढी दूरीमा रहेको शक्तिखोरतिर लाग्यौं हामी। जहाँ सत्ता गठबन्धनको सभा थियो र कांग्रेसका तर्फबाट उम्मेदवार उमेश श्रेष्ठलगायत सहभागी थिए। बाटोभरि गाग्री सजाइएका थिए र पूजामा राखिने फूलको ठाउँमा पार्टीका झन्डा थिए। पूजापाठमा गेटमा स्वागतका लागि राखिने पानी भरिएका घैलाको आधुनिक स्वरुप जुटपानीदेखि शक्तिखोरस्थित कार्यक्रमसम्मै देखियो। 

बाटोमा भेटिए त्यही र्यालीबाट फर्किएका एक स्थानीय। माओवादी समर्थक उनी गाउँठाउँको मन राख्न त्यहाँ पुगेका रहेछन्। तर यस पल्ट भोट भने नयाँ पार्टीलाई दिने उनले बताए। 

खोलीसिमलमा भेटिएका रोहन खनाललगायत पनि अहिले पुरानै पार्टीका कार्यक्रममा सहभागी भइरहेका छन्। रोहनको भनाइ थियो, 'बाउले लामो समयदेखि योगदान गरेको एउटा पार्टी छ। त्यो पार्टीका नेता पनि काम लाग्छन्। त्यसैले पूरै पार्टी छाड्ने होइन, यस पल्ट भोट रवि दाइलाई दिने हो।'

नयाँ हावाको डरमा पुराना पार्टी
दुई पल्ट लगातार यही क्षेत्रमा जितेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठ दुवैका लागि रवि अनपेक्षित टाउको दुखाइ हुन्। जसको भोट बढी काट्यो, त्यसैलाई हानि हुने उनीहरुको बुझाइ छ।

त्यसैले उनीहरु नयाँ भोट तान्नेभन्दा आफ्नै भोट जोगाएर जित्न प्रतिरक्षात्मक रणनीतिमा देखिन्छन्। उनीहरुले बोल्दा र भोट माग्दा त्यही विषयमा जोड दिइरहेका छन्। 

सोमबार बिहान भरतपुर- ७ स्थित हाकिमचोकमा सत्ता गठबन्धनको कोणसभा थियो। कोणसभामा बोल्नेहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको आफूहरुलाई चुनौती रहेकोबारे सिधै भन्न सकेनन्। तर उनीहरुमा त्यसले हिसाबमा गडबड गर्ने कुराको डर भने झल्किन्थ्यो।

आफूलाई सम्हाल्दा-सम्हाल्दै पनि सत्ता गठबन्धनकी स्थानीय नेता सीता न्यौपानेले भाषणका क्रममा भनिन्, 'विभिन्न हावा चलेका हुन सक्छन्। ती क्षणिक हुन्। हावाका पछाडि नलाग्नुहोला।'

भरतपुर- २ मा चलिरहेको यो हावाबारे जानकारी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पनि छन्। तर स्थानीयमाझ सुपरिचित उनी आफ्ना भोट कम काटिने बुझिरहेका छन्। आफू जित्ने कारणबारे भन्छन्, 'म यहीँ, जन्में, यहीँ हुर्कें र लामो समय पेसा (वकालत) पनि यहीँ गरें। मलाई यहाँका हरेक जनताले चिनेका छन्। हरेक वडाका एक/डेढ सयलाई नामले चिन्छु। हाम्रो संगठन पनि बलियो छ।'

chitwan-51667893703.jpg

पुरानो पुस्तामा लोकप्रिय रहे पनि नयाँ पुस्तासँग केही 'ग्याप' रहेको उनी स्वीकार्छन्। जुन पुस्तालाई अहिले नयाँ हावाले छोएको देखिएको छ। पोखरेल अहिले त्यही पुस्तामाझ आफूलाई पुर्यामउन नियमित घरदैलोमा छन्। 

सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ सम्पूर्ण रुपमा संगठनको भोटमा भर परेको देखिन्छ। सत्ता गठबन्धनका दलहरुका भोट दायाँबायाँ नभइदिँदा मात्रै जित निकाल्न सकिने गणित बोकेर उनी पूर्वनिर्धारित कार्यक्रममा गाडीमै गएर वस्ती नपसी फर्किने गरेका रहेछन्। सोमबार उनी कार्यक्रमका लागि शक्तिखोर गाडीमै पुगे। उनी नजिकैको वस्तीमा समेत नपसेर भरतपुर फर्किए। 

उनी फर्किंदा बाटोमै थियो, गैरीबारी चोक। त्यहाँस्थित सुपथ मूल्य पसलमा मल बाँड्ने कार्यक्रममा स्थानीयको ठूलो जमघट थियो। हामी त्यही जमघटमा फोटो खिचिरहेका थियौं। श्रेष्ठको गाडी कार्यक्रमस्थलबाट फर्किंदै थियो। जमघट देखेपछि भोट माग्न गाडी रोक्ने स्थानीयको अपेक्षा थियो। त्यही बेला मल नपाएको गुनासो पोख्ने तयारी समेत गरेका थिए। तर श्रेष्ठले वास्तै गरेनन्। स्थानीयहरुले बाध्यता सुनाउँदै भने, 'मल छैन। एक भ्यान आएको छ। तीन जनाका लागि एक कट्टा (५० किलो) दिने भन्छन्।'

नेता र आफूले लडेर ल्याएको व्यवस्थाप्रतिको गुनासो उनीहरुले सुनाइरहे। त्यहीबीचमा आफूलाई माओवादी केन्द्रनिकट भन्ने स्थानीय राममाया प्रजाले भनिन्, 'नेताहरु हरियो गाडीमा कालो सिसा लगाएर हिँड्छन्। हाम्रा समस्या बुझाउन कहिले पाउनू?' श्रेष्ठ चढ्ने गाडी हरियो रहेको उनले बताएपछि ख्याल भयो। 

यो क्षेत्रको एक दिनको भ्रमणपछि तीन प्रतिस्पर्धीको चित्र यस्तो बन्छ- गाडीमा उमेश, पैदलमा कृष्णभक्त र अटोमा रवि। यिनै दृष्यले उनीहरुको जित-हारको सम्भावित चित्र समेत प्रस्तुत गर्न सक्छ!

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १०:५२
  • #चुनाव_२०७९
  • #चितवन स्थलगत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्