काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ। ओलीले सोमबार बिहान पोखराको चुनावी सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छन्।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ।
प्रचारप्रसारको समयावधि सुरु भएपछि कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।