काठमाडौं– प्रधानमन्त्रीसमेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै भएको उद्घोष गरेका छन्।
संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले उनकै गृह जिल्ला डडेल्धुराको जुगबुढामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) खगराज भट्ट नै हुने ठोकुवा गरेका हुन्।
सम्बोधनका क्रममा उनले भने, ‘अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो, अबको उनी नै हुन्। तपाईँहरू जिताएर पठाउनुहोस्!’
प्रधानमन्त्री देउवालाई जोगबुढामा ३२ किलोको माला लगाइदिएर स्वागत गरिएको थियो। देउवा आइतबार नै डडेल्धुराबाट धनगढी प्रस्थान गर्नै कार्यक्रम रहेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।