काठमाडौ-सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत दोस्रोे महिनाको एक तोला सुन विजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले एक तोला सुन जित्न सफल भएकी छन्। सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्यपाँचजनाले साप्ताहिक उपहार १०/१० तोलाचाँदी जित्न सफल भएका छन् ।
साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर,कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतभदौ १५ गते २०७९ सालको दशैँ, तिहार र छटलाई लक्षित गर्दै लगातार ६३दिन सम्म चल्ने “बिदेशबाटसिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो ।
यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नामपनिलक्की ड्र मार्फत घोषणा हुने जानकारी गराएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १६वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।