• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश मधेसका यी ११ क्षेत्र, जहाँ हुँदैछ ‘नेक टु नेक’ प्रतिस्पर्धा
64x64
नवीन झा सोमबार, कात्तिक २१, २०७९  २०:४६
1140x725

जनकपुर- देशैभर मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माहोल छ। देशका अन्य प्रदेशझैं मधेस प्रदेश पनि निर्वाचनमय भएको छ।

३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मधेसका उम्‍मेदवार मतदाताका घरघरमा पुगिरहेका छन्। मधेस प्रदेशका ३२ क्षेत्रमध्ये ११ क्षेत्रमा भने कडा टक्कर हुने देखिएको छ।  

देशभर सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन देखिएको छ। मधेसमा पनि यसको प्रभाव पर्ने देखिन्छ। सुरुमा सत्ता गठबन्धनभित्र रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले एमालेसँग तालमेल गरेपछि नयाँ समीकरण निर्माण भएको छ।

२०७४ सालको निर्वाचनमा मधेस केन्द्रित दलहरुले मात्र तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए। तर यस पटक उनीहरुले एमाले र नेपाली कांग्रेससँग तालमेल गरेर मैदानमा उत्रिएका छन्। जसपा बालुवाटारको गठबन्धनबाट बाहिरिए लगत्तै महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीको इन्ट्री भएको थियो। लोसपाको बालुवाटार प्रवेशसँगै मधेसमा यस पटक जसपा र लोसपाको मात्र प्रतिस्पर्धा छैन। सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस र एमाले गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

कांग्रेसको नेतृत्वमा रहेको लोसपासहितको गठबन्धन र एमालेको नेतृत्वमा रहेको जसपा गठबन्धन दुवैका उम्मेदवारबीच यी ११ क्षेत्रमा 'नेक टु नेक' प्रतिस्पर्धा हुने स्थानीय मतदाताले बताएका छन्। जसपा र लोसपाका केन्द्रीय नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित प्रमुख दलहरुका हेभिवेट उम्मेदवारहरु पनि यो क्षेत्रमा निर्वाचनको मैदानमा रहेकाले थप चर्चा चुलिएको छ। 

एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पनि मधेस झरेपछि निर्वाचन झन् रोचक बनेको छ। त्यस्तै माओवादी केन्द्रबाट लामो समय राजनीति गरेर पछिल्लो समय नेकपा एमालेमा सक्रिय रहेका प्रभु साह एकाएक विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार भएपछि पनि मधेसको राजनीति तातेको छ। 

विगतमा रौतहटबाट निर्वाचन लड्दै आएका एकीकृत समाजवादीका अध्यक्ष नेपाल मधेस आन्दोलनपश्चात्  रौतहट फर्केका छन्। समाजवादीकै नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ तनहुँ छोडेर बाराबाट उम्मेदवार बनेका छन्। आफ्नो व्यवसायिक क्षेत्र रहेको बाराबाट उम्मेदवार बनेका उनी अब यही क्षेत्रलाई आधारभूमि बनाउने भन्दै प्रचारमा खटिएका छन्।

त्यस्तै मधेसमा यस पटक नयाँ शक्तिको रुपमा उदाउने दावीका साथ सिके राउत पनि चुनावी मैदानका उत्रिएका छन्। जनमत पार्टीबाट उनले आफ्ना उम्मेदवार अघि सारेका छन् भने मधेसमा राजनीति स्पेस बनाउने खोजीमा छन्। 

Ncell 2
Ncell 2

मधेसका ११ क्षेत्र जहाँ हुँदैछ कडा टक्कर 
उपेन्द्र यादव भर्सेस सिके राउत (सप्तरी– २)

मधेसका अधिकार र हक-हितका लागि मधेसी जनअधिकार फोरममार्फत राजनीतिमा पहिचान बनाएर राजनीतिको खेलाडीका रुपमा देखिएका उपेन्द्र यादवलाई यस पटक सहज देखिँदैन। राजनीतिमा सधै चतुर र समयानुकल निर्णय लिन सक्ने नेताका रुपमा परिचित यादवलाई रोक्न यस पटक जनमत पार्टीका सिके राउतले चुनौती दिएका छन्।

अहिले मधेसको राजनीतिक गरिरहेका सबै नेताको विकल्प खोज्नुपर्ने भन्दै आएका राउत, एमालेको पनि सर्मथन रहेका यादव र नेपाली कांग्रेसको सर्मथनमा लोसपाका नेता जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्। ठाकुर कुनै समयका यादवका सहयात्री हुन्।

त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित रहेको उक्त क्षेत्रमा यादव फेरि एक पटक जित हात पार्ने रणनीतिमा छन्। विगतमा पनि हार ब्योहोरेका ठाकुर यस पटक त्यसलाई बिर्साउँदै  संसद् भवन प्रवेश गर्ने दाउमा छन्। यी दुईको रणनीतिकै बीचमा राउत दुवैलाई चक्मा दिँदै आफू आउने रणनीतिमा केन्द्रित भएर निर्वाचन प्रचारमा रहेका छन्।

स्वतन्त्र मधेसको नाराबाट मधेसमा राजनीति सुरु गरेका राउत मुलधारको राजनीतिमा आउँदै संघीय र प्रादेशिक निर्वाचनमा पहिलो पटक भाग लिइरहेका छन्। मधेसका स्थापित नेता एवं जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धामा उत्रिएका कारण राउत चर्चाको केन्द्रमा छन्। 

shivam cement

shivam cement

२०७४ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उठेका ठाकुरले तत्कालीन समयमा राम्रै मत पाएका थिए। संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका यादवले त्यतिबेला २१ ह्जार ५ सय २० मत ल्याएर जित हात पारेका थिए। उनको प्रतिस्पर्धीका रुफमा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत पाएका थिए भने स्वतन्त्र उठेका ठाकुरले ९ हजार ४ सय ५९ मत पाएका थिए।

चित्रलेखा यादव र राजकिशोर यादव (सिरहा–२)
मधेसको कडा टक्कर हुने अर्को क्षेत्र हो सिरहा–२। जहाँ नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र जसपाका तर्फबाट राजकिशोर यादव उम्मेदवार रहेका छन्। चित्रलेखालाई माओवादी केन्द्र र लोसपाको साथ रहेको छ भने राजकिशोरलाई एमालेको साथ छ।

२०७४ को निर्वाचनमा उक्त क्षेत्र माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए। यस पटक सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ। लामो समयदेखि नेपाली कांग्रेसको केन्द्रीय राजनीति गरेकी यादव यस पटक प्रत्यक्षतर्फ जित हात पार्दै आफ्नो राजनीति अघि बढाउने तयारीमा छन्। उनलाई रोकेर एमालेको साथ लिँदै अघि बढ्ने रणनीतिमा राजकिशोर यादव छन्।

उम्मेदवार भएसँगै एक सार्वजनिक लाइभ डिबेटमा उनीहरुका बीचमा भएको असमान्य स्थितिले पनि दुवै उम्मेदवार अहिले चर्चामा छन्। यी दुवै नेता यसअघि सिरहाको फरक-फरक क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनिसकेका छन्। उनीहरु पहिलो पक एउटै क्षेत्रमा  आमने– सामने भएका हुन्। यादव समुदायको सहानुभूतिको भोटसँगै दुवैले गठबन्धनको मत आफ्नो पक्षमा पार्दै जित हासिल गर्ने रणनीति बनाएर चुनावी मैदानमा खटिएका छन्।  

महासेठ दम्पतीलाई यादव र झाको चुनौती (धनुषा– ३ र ४)
मधेस प्रदेशमा चर्चामा रहेको अर्को जिल्ला हो धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफू निर्वाचन नलड्ने घोषणा गरेपछि रोचक बनेको धनुषाको ३ र ४ नम्बर क्षेत्र अहिले चर्चामा छन्।

यी क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले श्रीमान्– श्रीमतीलाई नै उम्मेदवार बनाएको छ। एमालेका सचिव रघुवीर महासेठ धनुषा-४ मा र श्रीमती जुली महतो धनुषा-३ मा उम्मेदवार रहेका छन्। पति-पत्नी दुवै एउटै जिल्लाको फरक-फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेपछि यो जिल्ला चर्चामा रहेको थियो।

उनीहरुलाई टक्कर दिने उम्मेदवारहरु पनि मधेसको राजनीतिमा चर्चामै रहेका अनुहार भएकाले यहाँ कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। महासेठ दम्पतीलाई महेन्द्र यादव र अनिल झाले चुनौती दिइरहेका छन्। 

पुराना राजनीतिक जानकारहरु पञ्चायतकालमा हेमबहादुर मल्ल र उनकी पत्नीले निर्वाचन जितेको प्रसंग निकाल्दै अहिले महासेठ महतो दम्पतीलाई त्यससँग तुलना गरिरहेको छन्। एमालेलाई जसपाको पनि साथ भएकाले श्रीमान्-श्रीमती दुवैले जित हात पार्दै संघीय संसदमा आफ्नो स्थान सुरक्षित गर्ने एमाले स्थानीय नेताहरुको दावी छ।

महासेठ अघिल्लो निर्वाचनमा पनि धनुषा-४ बाटै निर्वाचित भएका थिए भने महतो समानुपातिक तर्फबाट संसद् बनेकी थिइन्। पछिल्लो पाँच वर्षमा यो दम्पती पालैपालो मन्त्री भएको थियो। दम्पती नै एउटै जिल्लाबाट उम्मेदवार बनेपछि यहाँका अन्य क्षेत्र ओझेल परेका छन्।

महासेठ कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग प्रतिस्पर्धामा छन् भने महतो लोसपा नेता अनिल झासँग प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका यादव र लोसपाका झालाई सत्ता गठबन्धनको साथ छ।

मधेस केन्द्रित राजनीति गर्दै आएका लोसपा नेता झा पुराना नेता हुन्। राष्ट्रिय सद्भावना पार्टी हुँदै हाल लोसपामा रहेका उनी २०७४ सालमा सांसद हुँदै एमालेकै सरकारमा मन्त्री समेत भए। 

महन्थ ठाकुर भर्सेस हरिनारायण यादव (महोत्तरी–३) 
लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका महन्थ ठाकुर पछि मधेसी केन्द्रित दलमा आवद्ध भएका हुन्। उनले २०६४ मा नेपाली कांग्रेसबाट बाहिरिएर तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए।

तत्कालीन समयदेखि २०७९ सम्म आइपुग्दा उनी लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्षको रुपमा अनवरत सक्रिय छन्। २०७४ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले एमाले उम्मेदवारलाई पराजित गर्दै जित हात पारेका थिए। तर यस पटक उनको निर्वाचन क्षेत्रको अवस्था फरक रहेको छ। आफ्नै दुई पूर्वसहयोगीले उनलाई चुनौती दिएका छन्।  

तत्कालीन समयमा तमलोपा निर्माण गर्दाका मुख्य सहयोगी बृषेशचन्द्र लाल पनि उनको प्रतिस्पर्धीको रुपमा मैदानमा छन्। त्यस्तै जसपा हुँदा वरिष्ठ नेताका रुपमा रहेका हरिनारायण यादव पनि उनको प्रतिस्पर्धी छन्। 

यादवलाई नेकपा एमालेले साथ दिएको छ भने महन्थलाई सत्ता गठबन्धनले। उनलाई आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गरी जित निकाल्नुपर्ने अवस्था छ। कुनै समयका तीन सहकर्मी प्रतिस्पर्धी भएपछि महोत्तरी- ३ यतिबेला चर्चामा छ। 

पहिलो र दोस्रो संविधान सभामा सर्लाहीमा पराजित भएपछि २०७४ सालमा ठाकुर महोत्तरी- ३ पुगेका थिए। उक्त क्षेत्रबाट भने उनी अत्यधिक मतका साथ निर्वाचित भए। तर यो पटक भने ठाकुरलाई पहिला जस्तो सहज नरहेको जानकारहरु बताउँछन्। 

राजेन्द्रविरुद्ध महेन्द्र यादव (सर्लाही- २)
२०७४ सालको निर्वाचनमा एकाएक एमालेको सहयोग पाएर धनुषा- ३ बाट चुनाव जितेका थिए राजेन्द्र महतोले। उनले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका थिए। तर यस पटक महतो धनुषा छोडेर सर्लाही- २ मा उम्मेदवार बनेका छन्। महतोको स्थान्तरणसँगै चर्चामा रहेको उक्त क्षेत्रमा प्रतिस्पर्धी पनि कडा टक्कर दिने भएपछि सबैको ध्यान खिचेको छ। 

सर्लाही- २ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका एक अध्यक्ष महेन्द्र यादव प्रतिस्पर्धामा छन्। जसपाबाट विभाजन भएर बनेको बाबुराम भट्टराईको पार्टीबाट यादवले उक्त क्षेत्रमा टिकट पाएका हुन्। उनी माओवादीको चिह्नबाट निर्वाचन लड्दैछन्। सत्ता गठबन्धनले यादवलाई साथ दिएको छ।  

महतो र यादव सर्लाहीका पुराना चर्चित प्रतिस्पर्धी हुन्। दोस्रो संविधान सभा निर्वाचनमा महतो सर्लाहीको यही क्षेत्रबाट यादवसँगै पराजित भएका थिए। पुरानै चिरपरिचित प्रतिस्पर्धी भएका कारण यो क्षेत्रको निर्वाचन झन् रोचक भएको छ। दुवै नेता सत्ता गठबन्धनभित्रका उम्मेदवार भए पनि महतोले साथ पाएका छैनन्। 

अमरेशको स्वतन्त्र उम्मेदवारी (सर्लाही–४)
सर्लाही- ४ उम्मेदवारी दर्ताअघि नै चर्चामा थियो। उक्त क्षेत्रबाट निर्वाचित भएका नेपाली कांग्रेसका निर्वतमान सांसद अमरेशकुमार सिंह सिफारिसमा नै परेनन्। उक्त क्षेत्रबाट महामन्त्री गगन थापाको नाम सिफारिस भयो। 

सत्ता गठबन्धनभित्र रहेको माओवादीले पनि उक्त क्षेत्रको दावी गरिरहेको थियो। अन्तत: उक्त क्षेत्र नेपाली कांग्रेसका नागेन्द्र कुमारले टिकट पाए। उनी विरुद्ध एमाले गठबन्धनका तर्फबाट जसपाले राकेशकुमार मिश्रलाई अघि सारेको छ।

उक्त क्षेत्रमा टिकट नपाएपछि अमरेशले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, माओवादीका तर्फबाट दावी गरिरहेका शिवपुजन यादवले पनि बागी उठाएका छन्। उनी आफैं दावेदार रहँदा टिकट नपाएपछि आफ्नी छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उठाएका छन्। यसरी प्रमुख दलका बागी उम्मेदवार भएका कारण यो क्षेत्र चर्चामा रहेको छ। 

माधव नेपाल भर्सेस अजयकुमार गुप्ता (रौतहट–१) 
नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल यस पटक काठमाडौं- २ छोडेर मधेस झरेपछि रौतहट क्षेत्र–१ चर्चामा छ। मधेस आन्दोलनपछि उनी पहिलो पटक आफ्नो पुरानो निर्वाचन क्षेत्रमा फर्केका हुन्। 

पहिलो संविधान सभामा रौतहटबाट पराजित भएपछि नेपाललाई काठमाडौं केन्द्रित राजनीतिमा लागेको आरोप लागेको थियो। तर यस पटक नयाँ पार्टीबाट रौतहट- १ बाट उम्मेदवार बनेका छन्। उनी सत्ता गठबन्धनको साझा उम्मेदवार भएकाले सहज अवस्था भएको दावी गर्ने गरे पनि सहज भने नभएको स्थानीय मतदाताले बताएका छन्।

उक्त क्षेत्रमा नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ। अन्य स्वतन्त्रले पनि नेपाललाई चुनौती दिएका छन्। नेपालविरुद्ध उम्मेदिवारी दिएका गुप्तालाई जसपाले पनि साथ दिएको छ। 

प्रभु साहको चर्चा
रौतहट- ३ यस पटक प्रभु साहको स्वतन्त्र उम्मेदबारीका कारण चर्चामा छ। माओवादी केन्द्रमा लामो समय सक्रिय रहेका उनी पछिल्लो समय नेकपा एमालेमा थिए। 

एमालेबाट विद्रोह गर्दै साह यस पटक स्वतन्त्र उठेका छन्। मधेसमा राम्रै पहुँच भएका साहलाई सत्ता गठबन्धनले पनि साथ दिएको छ। उक्त क्षेत्रबाट माओवादीका रवीन्द्र पटेल आधिकारिक उम्मेदवार भए पनि साहलाई साथ दिने घोषणा गरेको छ।

साहले मधेसमा एमाले हराउने अभियान छेडेका कारण यो क्षेत्रले थप चर्चा पाएको हो। एमाले र जसपा गठबन्धन भएका हरेक क्षेत्रमा साहले आफू निकट व्यक्तिहरुलाई स्वतन्त्र उम्मेदवारको रुपमा खडा गराएका छन्। 

कृष्णकुमार श्रेष्ठ र एकवाल मियाँ (बारा- ४) 
२०७४ सालको निर्वाचन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका तत्कालीन एमालेका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ यस पटक बारा आएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रुफमा एकीकृत समाजवादीबाट बारा- ४ मा उम्मेदवार बनेका श्रेष्ठविरुद्ध एमालेले एकवाल मियाँलाई चुनावी मैदान उतारेको छ। मियाँ लोसपाबाट एमाले प्रवेश गर्दै टिकट पाएका हुन्। 

एमाले उम्मेदवारलाई जसपाले पनि साथ दिनेछ भने किसानलाई नेपाली कांग्रेस, माओवादी र लोसपाले साथ दिनेछन्। 

लक्ष्मणलाल कर्ण र प्रदीप यादवका बीचमा अजय द्विवेदी (पर्सा- १) 
मधेसमा चासोको साथ हेरिएको क्षेत्र हो पर्सा- १। उक्त क्षेत्रमा लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र जसपाका नेता प्रदीप यादव चुनावी मैदानमा छन्। जसपामा रहँदा समकक्षी रहेका उनीहरु अहिले प्रतिस्पर्धीको रुपमा छन्।

मधेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका पुराना नेता कर्णलाई नेपाली कांग्रेस, माअओवादी केन्द्र सहितको सत्ता गठबन्धनको साथ छ भने यादवलाई नेकपा एमालेको साथ छ। दुवै गठवन्धनका बीचमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

यहाँ यी दुई नेताका अवालामा चर्चामा अर्का उम्मेदवार पनि छन् ती हुन्, कांग्रेसबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदी। उनले दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिनसक्ने आकलन गरिएको छ। उनको उम्मेदवारीले यो क्षेत्रको प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २०:४६
  • #स्थलगत : मधेश प्रदेश
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्