• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

 २०३२ सालमै भूमिगत भक्तबहादुर, अब राजनीति भन्यो कि दूरदूर  !

64x64
डिबी खड्का शनिबार, कात्तिक १९, २०७९  २०:५९
1140x725

सुनसरी- इनरुवाको सतुवागाछी चोकबाट पश्चिमतिर एउटा कच्ची सडक छ। धुले सडकका कारण स्थानीयहरु त्यो बाटोबाट गाडी नपसिदेओस् भन्ने कामना गर्छन्। गाडीले उडाएको धुलोले दायाँ-बायाका घर ढपक्कै ढाकिन्छन्। 

त्यही बाटोबाट अघि बढ्दा हामी सुरुमै भेटिएको छाप्रोनजिक रोकियौं। टिनको जस्ताको छाप्रोमुनि मासु पसल चलाइरहेका छन् भक्तबहादुर आलेमगर। दिउँसोको ११ बजेको थियो। मासु किनबेचको समय घर्किसकेकाले आलेमगर कुखुराको आन्द्रा सोहोरिरहेका थिए। 

हामी उनको गेटमा झुल्कियौं। हात धोइवरी नजिक आए। हाम्रो कामै सोध्ने। हामीले उनलाई राजनीतिक माहोलले वस्तीमा बास गरे/नगरेकोबाट कुरा सुरु गर्‍यौं। उनले राजनीतिको कुरामा उति रुचि देखाएनन्। 

हामीले क्यामेरा निकालेको देखेर सँगै रहेको किराना पसलबाट कमला मगर नजिकै आइन्। भद्र रुपमा प्रस्तुत हुन खोजिरहेका भक्तबहादुरलाई ओभरटेक गरेर कमलाले भनिन्, 'के राजनीतिका कुरा गर्नु? राजनीति भनेर कुदुन्जेल सुकुम्बासीमा बास भयो, छाडेपछि नम्बरीमा घर छ।'

त्यसपछि हामीले प्रश्न गर्‍यौं- तपाईंहरु पहिले राजनीतिमा हुनुहुन्थ्यो?

भक्तबहादुरले आफ्नो इतिहास कोट्याउन थाले। जो कुनै समय कम्युनिस्ट पार्टीका पूर्णकालीन कार्यकर्ता थिए। पार्टीको आव्हानमा पञ्चायतकालमा ७ वर्ष भूमिगत भए। 

310648808_1627355521048444_3628857245525063811_n1667656876.jpg

भूमिगत हुनुअघि उनी विराटनगरमा रहेको एक मेटल कम्पनीका जागिरे थिए। उनलाई राजनीतिक अवस्थाका बारेमा जानकारी थियो। त्यसैले पार्टीलाई समेत सहयोग गर्थे। तत्कालीन को-अर्डिनेसन केन्द्रले उनलाई पनि भूमिगत भएर गाउँमा जनता जगाउने काममा लाग्न आह्वान गर्‍यो। उनी पनि भूमिगत भइदिए। २०३२ सालमा भूमिगत भएका उनी २०३९ सालमा सार्वजनिक भए। 

Ncell 2
Ncell 2
nimb
nimb

टाठाबाठाहरु राजनीतितिरै लागे। राजनीतिबाट तर मार्न सक्ने उनका सहपाठीहरु बहुदलपछि झन् मालामाल भए। पार्टीले भूमिगत हुन आग्रह गर्दा सर्लक्क जागिर छाडेर हिँडेका भक्तबहादुर फेरि आफ्नै इलम गर्नुभन्दा 'हस्' भनेर सानोतिनो काम गर्न थाले।

कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेसम्म उत्तिकै सक्रिय रहेका उनलाई उति गुनासो छैन। भूमिगत भएर बहुदलका लागि दिएको योगदानबाटै सन्तुष्ट छन्। उनलाई देश र जनताका लागि केही दिनुपर्ने भोक पछिसम्मै रह्यो। उनले भने,  'काम-व्यवसाय गर्नैपर्‍यो। जीवनमा सधैं राम्रो काम गर्न सकिदैन भन्छन् नि। हो, रहेछ। जति गरियो। त्यति नै भयो।'

२०४८ सालपछि उनी आफू त एमाले भइहाले। गाउँले र आफन्तलाई समेत उक्त पार्टीमा लाग्ने प्रेरित गरे। उनको घरनजिकै भएर सुरु हुने सुकुम्बासी वस्तीसमेत एमालेमय बनाए। अहिले आफ्नो क्षेत्रका नेता र उनीहरुको व्यवहारबाट भक्तबहादुर खुसी छैनन्। आफू सूर्य चिह्नमै रहे पनि पहिलेजस्तो अरुलाई करकाप नगर्ने बताए। 

उनले भने, 'अझै पनि मेरो एउटा भोट एमालेलाई जान्छ। पहिला जस्तो अब भोट माग्न भने हिँड्दिनँ। राजनीतिमा खासै रुचि रहेन।'

उनको कुरामा कमलाले थप गरिन्, 'पहिला एमाले पार्टीमा कत्ति हिँडियो। छोराछोरी छाडेर पनि हिँडियो। आमसभा हुँदा मान्छे बटुलेर गाडीमा हालेर लगिन्थ्यो। तर केही पाइएन। कसैले केही गरेन। आफ्नो खल्तीको पैसा सकेर काम गरियो। त्यसको कुनै अर्थ भएन। छोराछोरीलाई समेत आफ्नो मनमर्जीले मत हाल्नु भनेकी छु अहिले त।'

310080837_494627316051083_6685580366489373830_n1667656899.jpg

पार्टीका लागि ऊर्जावान उमेर सिध्याएको बताउने कमलाको रिसको पारो अझै ओर्लिएन। उनी थप्दै गइन्, 'जागिर छाडरे पार्टीमा हिँडेर के पायौं? यी अहिले यसरी चार वटा कुखुरा पालेर बस्नु परेको छ। कसैको पार्टीले पनि केही नाप्दैनन्।'

अर्कोपट्टिको पसलकी महिला कुरा सुनेर बसेकी थिइन्। जब चुनावको कुरा आयो उनी हामी भएतिर आइपुगिन्। धुलो बाटो देखाउँदै मेयरदेखि नेतासम्मलाई भनेको तर केही नगरेको गुनासो गरिन्।

इनरुवा नगरपालिकाका मेयरलाई टोल नै भेट्न पुगेछ पिच गरिमाग्न। तर अहिलेसम्म कुनै प्रगति नभएको उनीहरुको गुनासो छ। ती महिलाले भनिन्,  'अब कोही भोट माग्न आयो भने लट्ठी लिएर खेदाउनुपर्छ। कुकुरलाई उठाएर टोपी लगाउने तर नेतालाई भोट नदिने।'

उक्त घरबाट केही मिटर अगाडि हुँदै दायाँ लागेपछि आइपुग्छ सुकुम्बासी टोल। जुन टोलको मध्यतिर घरको आँगनमा भेटिए, तेजबहादुर सार्की। वैशाखीको सहारामा यताउति गर्ने सार्कीले सिधै भने,  'जसले पैसा दिन्छ, उसैलाई भोट दिने।' 

थप्दै गए, 'चोर्न हुँदैन। अपांग मान्छे, माग्न केको लाज?' यसअघि आफ्ना दिन बदलिएलान् भनेर निस्वार्थ रुपमा 'राम्रो भनिएका' नेताहरुलाई उनले भोट हाले। २०५२ सालदेखि बसेको घरको लालपुर्जा मागिरहे, नेताहरु आश्वासन दिइरहे।

सार्की जस्तै उनकै छिमेकी देवीबहादुर श्रेष्ठको समेत नेताप्रति मन भाँच्चिएको छ। उनले थपे,  'यही चुनावको बेला आउँछन्। के-के गर्छु भन्छन्। नानीदेखि लागेको बानी के गर्थे?'

उनीहरुका आँखामा कोही नेता सद्दे छैनन्। ढाँटछल गर्नेहरुबाट आजित भएका उनीहरु यसपल्ट 'हाताहाती' गर्ने मनसायमा छन्। सार्कीले थपे,  'एक जना नेताले छोरीलाई जागिर लगाइदिन्छु भनेर दिनुसम्म दु:ख दियो। यिनीहरुलाई चिनिसक्यौं। अब हामी आश्वासनको भर नपर्ने।'

आफ्नै घर अगाडिको बाटो नबनेका कारण नेताहरुको विकासको आश्वासनलाई उनीहरुले पत्याउने आधार नभएको बताए। बाटोतिर देखाउँदै भने, 'यो बाटो खिचेर लैजानू। नेताहरुलाई देखाइदिनू।'

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्