• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश

६ महिनामै 'यु-टर्न' भएको वीरगञ्जको मनोविज्ञान

64x64
नवीन झा शनिबार, कात्तिक १९, २०७९  १९:३४
1140x725

वीरगञ्ज- ६ महिनाअघि स्थानीय निर्वाचनमा देखिएको वीरगञ्ज महानगरको जनमत अहिलेको आम निर्वाचनमा परिवर्तन हुने देखिएको छ। स्थानीय स्तरका नेता-कार्यकर्ता र मतदातासम्म पुगेर नेपाल लाइभले गरेको स्थलगत रिपोर्टिङमा वीरगञ्जवासीको मनोविज्ञान परिवर्तन भएको पाइएको छ।

स्थानीय निर्वाचनमा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा जनता समाजवादी (जसपा) ले मेयर र नेपाली कांग्रेसले उपमेयर जितेका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने पर्साका चार वटै क्षेत्रमा तत्कालीन मधेशी गठबन्धनले जितेको थियो।

तर, ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने यहाँका मतदाताको मनोविज्ञान फेरिएको देखिएको छ।

आसन्न निर्वाचनका लागि दलहरु प्रचार-प्रसारमा व्यस्त छन्। मधेशमा निकै बलिया मानिएका मधेश केन्द्रित दलहरु यो पटकको चुनावी रेसमा भने केही कमजोर देखिएका छन्।

वीरगञ्ज त्यही शहर हो जहाँ मधेश आन्दोलनका क्रममा गरिएको नाकाबन्दीको देश-विदेशमा चर्चा भएको थियो। वीरगञ्ज-रक्सौल जोड्ने मितेरी पुलमा मधेशी पार्टीहरुले त्यतिबेला गरेको २४ घण्टे धर्नाको समाचार देश-विदेशका सञ्चारमाध्यमहरुमा छाएका थिए।

हुन त त्यसअघिका दुई वटा मधेश आन्दोलनमा वीरगञ्ज अग्रमोर्चामा थियो। पहिलो मधेश आन्दोलनपछि उपेन्द्र यादव केन्द्रीय राजनीतिमा उदाए र उनले पार्टीको केन्द्रीय कार्यालय नै वीरगञ्जमा राख्ने र सम्पर्क कार्यालय काठमाडौंमा राख्ने घोषणा गरेका थिए। 

यादवले तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको पार्टी कार्यालय बनाउने उद्देश्यले वीरगञ्जमा जग्गा समेत खरिद गरेका थिए। तर न यहाँ उक्त पार्टीको कार्यालय बन्यो न त फोरम मधेश राजनीतिमा दीर्घकालीन शक्तिको रुपमा छाइरह्यो। जसको बाछिटा अहिले वीरगञ्जमा देखिन थालेको छ। 

मनोविज्ञानमा यु-टर्न 
अहिलेसम्म भएका तीन वटै मधेश आन्दोलनमा वीरगञ्जको अग्रमोर्चामा देखिएका युवा मधेशी नेता शिजवी सोनी अब आफू मधेश केन्द्रित भनिएका पार्टीबाट राजनीति नगर्ने बताउँछन्। आन्दोलनका बेला मात्रै नेताहरुले क्रान्तिकारी युवाहरुलाई सम्झिने गरेको र अवसरको बेला पाखा लगाउने गरेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2

वीरगञ्जमा भेटिएका सोनीले राजनीतिको अर्को पाटो पनि खुलाए। उनले मधेशी नेताहरु पार्टीलाई ठूलो बनाउन नचाहेको र त्यसको असर स्थानीय नेता-कार्यकर्तालाई परिरहेको दावी गरे। त्यही भएर आफूले ठूला भनिएका पार्टीबाटै राजनीति गर्ने निधो गरेको उनले बताए।

मधेश आन्दोलनमै वीरगञ्जमा देखिएका चर्चित अर्का युवा अनुहार हुन् सञ्जय यादव। केही समय अघिसम्म लोसपामा रहेका यादवले पार्टीले कुनै भूमिका नदिएको गुनासो गर्दै पार्टी परित्याग गरेका थिए। यादव अहिले बारा- १ को खबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका छन्। 

सोनी र यादवको मनोविज्ञानले मधेशी जनमानसको प्रतिनिधित्व गर्छ। वीरगञ्जको आन्दोलनमा अग्रमोर्चामा रहेका सद्भावना पार्टीका पुराना नेता शिव पटेल पनि गत स्थानीय निर्वाचनको क्रममा एमाले प्रवेश गरेका थिए।

यसरी मधेशमा भएका तीन वटा आन्द्योलनका क्रममा देखिएको मनोविज्ञान पछिल्लो समयमा लागातार क्षयीकरण हुँदै गएको देखिन्छ। र, पुराना शक्ति कांग्रेस र एमाले मधेशमा विस्तारै लयमा फर्कने क्रममा देखिन्छन्। 

केन्द्रीय नेतृत्वप्रति आक्रोश 
आन्दोलनको केन्द्र रहेको वीरगञ्ज होस् वा मधेशका अन्य कुनै ठाउँ, पार्टी पंक्तिमा केन्द्रीय मधेशी नेतृत्वप्रति आक्रोश देखिएको छ। स्थानीय नेता-कार्यकर्ताले केन्द्रीय नेताहरु आफ्नै स्वार्थको राजनीतिमा मात्र लागेकोले मधेशमै मधेश केन्द्रित दलहरु क्षयीकरणको बाटोमा लागेको दावी गरेका छन्।

‘वीरगञ्जमा कांग्रेस, माओवादीसहित एमाले लगायतका दलहरु पनि मधेश आन्दोलनमा सहभागी हुनैपर्ने अवस्था हामीले सिर्जना गरिदिएका थियौं,’ युवा नेता सोनीले भने, ‘तर केन्द्रीय नेतृत्वले त्यसलाई क्यास गर्न सकेन।’

कांग्रेस र एमाले साथविना यो पटक निर्वाचन लड्न मधेशी नेताहरुले नसक्नु मधेश राजनीतिका लागि दुर्भाग्य भएको सोनीको भनाइ छ। यसले अब मधेशमा कांग्रेस-एमालेविना राजननीति गर्नै सकिँदैन भन्ने मनोविज्ञान स्थापित भएको उनी बताउँछन्।

'केन्द्रको सरकारमा सहभागी हुनदेखि निर्वाचनसम्म कांग्रेस र एमाले नै चाहिने भएपछि मधेशी पार्टी के  कामका लागि?,' सोनीको प्रश्न छ। 

गत वैशाखमा एमाले प्रवेश गरेका नेता पटेल भने मधेशी पार्टीका शीर्ष नेताहरुले आफ्नो व्यवस्थापनको राजनीति मात्र गर्ने गरेकाले स्थानीय स्तरमा ठूला पार्टीहरुप्रति विस्तारै आकर्षण देखिन थालिएको बताउँछन्।

‘ठूला पार्टीहरुमा स्थानीय नेता-कार्यकर्ताको पनि विभिन्न तहमा व्यवस्थापन हुन्छ,’ पटेल भन्छन्, ‘तर मधेशी शीर्ष नेताहरु आफूबाहेक अरुतिर कहिल्यै ध्यान दिँदैनन्।’

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:३४
  • #स्थलगत : मधेश प्रदेश
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्... मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयन... मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना ज... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर बुधबार, माघ ७, २०८२
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्