Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश

६ महिनामै 'यु-टर्न' भएको वीरगञ्जको मनोविज्ञान

64x64
नवीन झा शनिबार, कात्तिक १९, २०७९  १९:३४
1140x725

वीरगञ्ज- ६ महिनाअघि स्थानीय निर्वाचनमा देखिएको वीरगञ्ज महानगरको जनमत अहिलेको आम निर्वाचनमा परिवर्तन हुने देखिएको छ। स्थानीय स्तरका नेता-कार्यकर्ता र मतदातासम्म पुगेर नेपाल लाइभले गरेको स्थलगत रिपोर्टिङमा वीरगञ्जवासीको मनोविज्ञान परिवर्तन भएको पाइएको छ।

स्थानीय निर्वाचनमा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा जनता समाजवादी (जसपा) ले मेयर र नेपाली कांग्रेसले उपमेयर जितेका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने पर्साका चार वटै क्षेत्रमा तत्कालीन मधेशी गठबन्धनले जितेको थियो।

तर, ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने यहाँका मतदाताको मनोविज्ञान फेरिएको देखिएको छ।

आसन्न निर्वाचनका लागि दलहरु प्रचार-प्रसारमा व्यस्त छन्। मधेशमा निकै बलिया मानिएका मधेश केन्द्रित दलहरु यो पटकको चुनावी रेसमा भने केही कमजोर देखिएका छन्।

वीरगञ्ज त्यही शहर हो जहाँ मधेश आन्दोलनका क्रममा गरिएको नाकाबन्दीको देश-विदेशमा चर्चा भएको थियो। वीरगञ्ज-रक्सौल जोड्ने मितेरी पुलमा मधेशी पार्टीहरुले त्यतिबेला गरेको २४ घण्टे धर्नाको समाचार देश-विदेशका सञ्चारमाध्यमहरुमा छाएका थिए।

हुन त त्यसअघिका दुई वटा मधेश आन्दोलनमा वीरगञ्ज अग्रमोर्चामा थियो। पहिलो मधेश आन्दोलनपछि उपेन्द्र यादव केन्द्रीय राजनीतिमा उदाए र उनले पार्टीको केन्द्रीय कार्यालय नै वीरगञ्जमा राख्ने र सम्पर्क कार्यालय काठमाडौंमा राख्ने घोषणा गरेका थिए। 

यादवले तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको पार्टी कार्यालय बनाउने उद्देश्यले वीरगञ्जमा जग्गा समेत खरिद गरेका थिए। तर न यहाँ उक्त पार्टीको कार्यालय बन्यो न त फोरम मधेश राजनीतिमा दीर्घकालीन शक्तिको रुपमा छाइरह्यो। जसको बाछिटा अहिले वीरगञ्जमा देखिन थालेको छ। 

मनोविज्ञानमा यु-टर्न 
अहिलेसम्म भएका तीन वटै मधेश आन्दोलनमा वीरगञ्जको अग्रमोर्चामा देखिएका युवा मधेशी नेता शिजवी सोनी अब आफू मधेश केन्द्रित भनिएका पार्टीबाट राजनीति नगर्ने बताउँछन्। आन्दोलनका बेला मात्रै नेताहरुले क्रान्तिकारी युवाहरुलाई सम्झिने गरेको र अवसरको बेला पाखा लगाउने गरेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वीरगञ्जमा भेटिएका सोनीले राजनीतिको अर्को पाटो पनि खुलाए। उनले मधेशी नेताहरु पार्टीलाई ठूलो बनाउन नचाहेको र त्यसको असर स्थानीय नेता-कार्यकर्तालाई परिरहेको दावी गरे। त्यही भएर आफूले ठूला भनिएका पार्टीबाटै राजनीति गर्ने निधो गरेको उनले बताए।

मधेश आन्दोलनमै वीरगञ्जमा देखिएका चर्चित अर्का युवा अनुहार हुन् सञ्जय यादव। केही समय अघिसम्म लोसपामा रहेका यादवले पार्टीले कुनै भूमिका नदिएको गुनासो गर्दै पार्टी परित्याग गरेका थिए। यादव अहिले बारा- १ को खबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका छन्। 

सोनी र यादवको मनोविज्ञानले मधेशी जनमानसको प्रतिनिधित्व गर्छ। वीरगञ्जको आन्दोलनमा अग्रमोर्चामा रहेका सद्भावना पार्टीका पुराना नेता शिव पटेल पनि गत स्थानीय निर्वाचनको क्रममा एमाले प्रवेश गरेका थिए।

यसरी मधेशमा भएका तीन वटा आन्द्योलनका क्रममा देखिएको मनोविज्ञान पछिल्लो समयमा लागातार क्षयीकरण हुँदै गएको देखिन्छ। र, पुराना शक्ति कांग्रेस र एमाले मधेशमा विस्तारै लयमा फर्कने क्रममा देखिन्छन्। 

Xtrem

Xtrem

केन्द्रीय नेतृत्वप्रति आक्रोश 
आन्दोलनको केन्द्र रहेको वीरगञ्ज होस् वा मधेशका अन्य कुनै ठाउँ, पार्टी पंक्तिमा केन्द्रीय मधेशी नेतृत्वप्रति आक्रोश देखिएको छ। स्थानीय नेता-कार्यकर्ताले केन्द्रीय नेताहरु आफ्नै स्वार्थको राजनीतिमा मात्र लागेकोले मधेशमै मधेश केन्द्रित दलहरु क्षयीकरणको बाटोमा लागेको दावी गरेका छन्।

‘वीरगञ्जमा कांग्रेस, माओवादीसहित एमाले लगायतका दलहरु पनि मधेश आन्दोलनमा सहभागी हुनैपर्ने अवस्था हामीले सिर्जना गरिदिएका थियौं,’ युवा नेता सोनीले भने, ‘तर केन्द्रीय नेतृत्वले त्यसलाई क्यास गर्न सकेन।’

कांग्रेस र एमाले साथविना यो पटक निर्वाचन लड्न मधेशी नेताहरुले नसक्नु मधेश राजनीतिका लागि दुर्भाग्य भएको सोनीको भनाइ छ। यसले अब मधेशमा कांग्रेस-एमालेविना राजननीति गर्नै सकिँदैन भन्ने मनोविज्ञान स्थापित भएको उनी बताउँछन्।

'केन्द्रको सरकारमा सहभागी हुनदेखि निर्वाचनसम्म कांग्रेस र एमाले नै चाहिने भएपछि मधेशी पार्टी के  कामका लागि?,' सोनीको प्रश्न छ। 

गत वैशाखमा एमाले प्रवेश गरेका नेता पटेल भने मधेशी पार्टीका शीर्ष नेताहरुले आफ्नो व्यवस्थापनको राजनीति मात्र गर्ने गरेकाले स्थानीय स्तरमा ठूला पार्टीहरुप्रति विस्तारै आकर्षण देखिन थालिएको बताउँछन्।

‘ठूला पार्टीहरुमा स्थानीय नेता-कार्यकर्ताको पनि विभिन्न तहमा व्यवस्थापन हुन्छ,’ पटेल भन्छन्, ‘तर मधेशी शीर्ष नेताहरु आफूबाहेक अरुतिर कहिल्यै ध्यान दिँदैनन्।’

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:३४
  • #स्थलगत : मधेश प्रदेश
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्