काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै काठमाडौंका छापाखानाहरूलाई पम्प्लेट, पर्चा छाप्न भ्याइ-नभ्याइ छ।
बागबजार क्षेत्रका विभिन्न छापाखानामा यतिखेर व्यस्तता बढेको छ।
कमला आर्टमा काम गर्ने एकजना कामदार अहिले छापाखानाहरूको दशैँ नै आको बताउँछन्।
काठमाडौंमा मात्र नभएर देशैभरी यस्तै अवस्था भएको बताइन्छ।
राजनीतिक दलका मागअनुसार पर्चा पम्पलेट बन्ने गरेका छन्।
निर्वाचन आयोगको आचारसंहिताअनुसार टि–सर्ट , झोला र क्याप भने बनाउन नपाउने भएको छ।
यसले गर्दा यी सामग्रीको माग भने घटेको एक व्यवसायीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।