• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

८७ पुगेकी बुढीआमैले गगन थापालाई चुम्दै भनिन्, 'प्रधानमन्त्री बन्ने अनुहार छ'

64x64
डिबी खड्का शुक्रबार, कात्तिक १८, २०७९  १४:४४
1140x725
तस्बिरहरु : निमेषजङ राई

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापाले शुक्रबारदेखि घरदैलो थालेका छन्। चाबहिलको गणेश मन्दिरमा पूजा गरेर त्यो भन्दा पश्चिमतिरको वस्तीबाट उनले घरदैलोको सुरुवात गरे।

स्थानीयमाझ परिचित अनुहार भएकाले जानपहिचानको समस्या देखिएन। उनलाई नाम नभनी सिधै भोट माग्ने सुविधा थियो। कतिले ढुक्क हुन आश्वासन दिए, कतिले 'हस्' भने। कतिले दैलोभित्रै बोलाएर खादामाला र टीकासहित शुभकामना दिए। 

झन्डै दुई घन्टाको घरदैलोपछि उनी एउटा घरको आँगनमा पुगे। जहाँ उनलाई स्वागत गर्न उमेरले ८७ को उकालो लागिसकेकी बुढीआमै गेटसम्म आइपुगिन्। उनी अगाडि आइन्, पछि-पछि किस्तीमा फूल, दही र खादामाला आइपुग्यो। 

314455156_846083403248211_8954999971094699844_n1667552582.jpg

थापा उक्त क्षेत्रमा भोट माग्न आउँदै गरेको उनले केही मिनेटअघि मात्रै जानकारी पाएकी रहिछन्। त्यसैले त्यति तयारी गरेर छतमा उक्लिएकी थिइन्। घरदैलो टोली गल्लीमा झुल्किहाल्यो। उनी हतार-हतार गेटतिर लम्किइन्, हात जोडिरहेका थापाको अनुहार नियालिन् र गमक्क अँगालो मार्दै गालामा चुमिन्। 

फेरि खादा लगाउने क्रममा अनुहार नियालिन्। त्यसपछि उनको मुखबाट निस्कियो,  'प्रधानमन्त्री हुने थुतुनो (अनुहार) छ।'

थापा मुस्कुराए मात्रै। शुभाशिष ग्रहण गरेर बाटो लाग्न खोजे। बुढीआमैले रोकिन्, 'मेरो शुभाशिष छ। मैले आशिष लाग्छ।अब प्रधानमन्त्री भनेर नारा लगाऊ।'

घरदैलोका क्रममा उनले धेरै मतदाताको आँखामा आफूप्रतिको विश्वास पाए। राजनीतिको वर्तमान गन्जागोलबाट विश्वास उठिसकेकाहरुले पनि गगनका कारण थोरै भरोसा कायम रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

तिनैमध्येकी एक थिइन्,  सुनिता चापागाईं। गगन नमस्कार गर्दै गल्लीको वरपर हेरेर हिँडिरहेका थिए। एउटा गल्ली, त्यसभित्र फराकिलो आँगन र त्यसको भित्तापट्टिको घरबाट एकछिन रोकिने सन्देश आयो। 

राजनीति भनेपछि मनैदेखि 'वाक्क-दिक्क' भएको बताउने चापागाईंले थापालाई स्वागत गरिन्। उनले सुरुमै भनिन्, 'म कांग्रेस-सांग्रेस केही होइन। बनस्थली (सिद्धार्थ बनस्थली स्कुल) पढेको भाइ भएकाले शुभेच्छा प्रकट गर्न आएकी छु। तपाईंप्रति हाम्रो भरोसा पनि छ।'

314482509_450259897194061_8546055799564560239_n1667552654.jpg

थापा मुस्कुराए। हस् दिदी, भनेर निस्किए। हामी त्यहीँ अल्मलियौं र राजनीतिप्रति वितृष्णा हुनुको कारण सोध्यौं। उनले गोलमटोलमा भनिन्, 'राजनीतिले देशै गन्जागोल भइसक्यो।' 

त्यसपछि थापाप्रति थोरै भए पनि सकारात्मक हुनुबारे सोध्यौं। उनको उत्तर थियो, 'स्वास्थ्य मन्त्री भएका बेला उहाँले राम्रै काम गर्नुभएको छ। त्यसले केही गर्ने आशा पलाएको हो। नत्र नेताहरु काम लाग्ने भएनन्।'

उनका व्यक्तिगत आकांक्षा केही छैनन्। देश बनाउन नेताहरु इमानदार भइदिए हुन्थ्यो भन्ने एक सचेत नागरिकको चाहना उनको हो। 

उक्त क्षेत्रका धेरै जनालाई खास चुनाव लागेको छैन। तिनैमध्येका एक हुन् किराना पसल चलाएर बसेका रमेश बस्नेत। हामी उनको पसलअघि पुग्दा प्रतिबद्धतापत्र पढ्दै थिए। हामीले उनलाई राजनीतिको रङ बस्तीमा पसे/नपसेको सोध्यौं। उनले भने,  'आजदेखि नेताहरु पस्न थाले। अब लाग्ला नि राजनीति। हामीलाई चाहिँ मतलब छैन।'

मतलब नहुनुको कारण उनले कुनै नेता र राजनीतिक दलले पनि खासै केही गर्ने अपेक्षा नहुनुलाई बताए। हामीले थप खोतल्यौं,  'तपाईंकै क्षेत्रको नेताले प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् त !'

उनको छोटो उत्तर थियो, 'बनाए त हुन्थ्यो तर कहाँ दिन्छन्? नयाँलाई दिए पुराना (शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल) कहाँ जान्छन्? उनीहरु आपसमा बाँडेर हुन्छन्।'

313982402_3741127289447686_6665343241450578796_n1667552692.jpg

थापा बुलबुले टोलको उकालोतिर लागे। छेउमै रहेका आफ्नो सानो चिया पसलबीचबाट चियाएर लक्ष्मी भण्डारीले शुभकामना दिइन्। साथै आफ्नो समस्याको समाधान गरिदिन आग्रह गरिन्। पहिले नै उनको गुनासो विस्तृतमा सुनिसकेका रहेछन् थापाले। उनले 'बुझेको छु' संकेत गर्दै उकालो लागे। 

हामी भने केहीबेर त्यहीँ उभियौं। उक्त टोलमा चार घर सुकुम्बासी रहेछन्। भण्डारीका अनुसार ५५ वर्ष भइसक्यो उनीहरु त्यहाँ बसेको। उनीहरुले आफू बसेको ठाउँको लालपुर्जा वर्षौंदेखि मागिरहेका छन्। तर हालसम्म पाएका छैनन्। उनले भनिन्,  'अन्तिम चोटी यसपल्ट भोट हालिन्छ। उहाँप्रति अलिकति आशा छ। अर्को वर्षदेखि त बुथमा जाने हो, मतपत्र बोकेर घरै फर्किने हो। हामीलाई नगरेपछि हामीले किन भोट हाल्ने?'

नेताहरुको कहिलेकाहीँ मात्रै देखिने अनुहारबाट आफ्नो समस्या समाधान नहुने भन्दै गुनासो मात्रा बढाउँदै गइन्। उनले भनिन्, 'अर्को वर्ष त नेता देख्यो कि ढुंगा हान्ने हो।' चुनावपछि लालपूर्जा पाउने आश्वासन भने उनीहरुले पाएका रहेछन्। 'चुनावले गर्दा रोकियो, चुनाव भएपछि पाइन्छ भनेका छन्,' कुरा टुंग्याउँदै भनिन्। 

चुनावी घरदैलोको रफ्तार तेज थियो। हामी त्यति अल्मलिदा थापाको टोली त्यो टोल सकेर अर्कोतिर पुगिसकेको हुन्थे। त्यही रफ्तारमा छोटो कुराकानी भयो। उनले आफू यसपल्ट भोट माग्ने मुद्दा फरक रहेको बताए। निर्वाचित भएको एक वर्षभित्र काम गर्न नसक्दा वर्तमान व्यवस्थामाथि प्रश्न उठ्नै भन्दै त्यो संवेदनशीलतासहित आफू प्रतिनिधि सभामा पुग्ने उल्लेख गरे।  

उनल भने,  'मतदातासँग मेरो वाचा हुन्छ। म यो व्यवस्था असफल हुन दिन्नँ। अल्मलिन दिन्नँ। अब त्यहाँ (प्रतिनिधि सभामा) गएर गनगन गर्दिनँ। यो भएन र त्यो भएन पनि भन्दिनँ। अब हामीलाई ड्राइभिङ सिट चाहिन्छ,  ड्राइभिङ सिटमा बसेर देशलाई ड्राइभ गर्ने हो भनेर भन्छु।'

थापाको टोली बायाँ गल्लीतिर डोरियो। हामी दायाँबाट मुख्य सडकतिर हिँड्यौं। हाम्रो अगाडि एउटा साइकल गुड्दै थियो। साइकलमा सानो स्पिकर थियो। स्पिकरले दोहोर्‍याएर भन्दै थियो- आयो-आयो पुरानो कपडा पेलेर सिरक, डस्ना बनाउने मेसिन आयो!

यो त संयोग न हो। होस्,  यसलाई राजनीति र त्यसमा पनि उमेर खाएका नेतासँग जोडेर किन हेर्नु?

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्