• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

भूपू गोर्खा सैनिकहरुका मागबारे ब्रिटिश रक्षा मन्त्रालयमा वार्ता, अब भोक हडताल गर्नु पर्दैन: मन्त्री मोरिसन

64x64
भगीरथ योगी शुक्रबार, कात्तिक १८, २०७९  ०७:४५
1140x725

लन्डन–  ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन तथा सुविधा लगायतका मागहरूबारे  भएको छलफलमा एकजना ब्रिटिश मन्त्रीले अब आफ्ना माग पूरा गराउन भूतपूर्व गोर्खा सैनिकहरुले भोक हडताल गर्ने स्थिति नआउने जनाएका छन्। 

बिहीबार ब्रिटिश रक्षा मन्त्रालयमा भएको औपचारिक वार्तामा रक्षा तथा भेट्रान्स मामिला हेर्ने सहायकमन्त्री डा एन्ड्रु मोरिसनले त्यस्तो आश्वासन दिएका हुन्। 

गोर्खा प्रतिनिधिहरुको उपस्थितिमा बेलायत तथा नेपाल सरकारबीच शुरु भएको वार्तामा ब्रिटिश पक्षको नेतृत्व सहायकमन्त्री मोरिसन र  नेपाली पक्षको नेतृत्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरेका थिए।

झन्डै २ घण्टा चलेको वार्ताको शुरुमा नेपाल सरकारको तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरूका ब्रिटिश सैनिकसरह समान पेन्सन पाउनु पर्ने, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकहरुको परिवारका लागि एकमुस्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुबारे स्पष्ट पारेका थिए। पूर्व परराष्ट्र सचिव रहीसकेका र संयुक्त राष्ट्र संघको उपमहासचिवको जिम्मेवारी सम्हाली सकेका राजदूत आचार्य निक्कै राम्रो तयारी गरेर आएको र उनले  विषयवस्तु स्पष्टसंग प्रस्तुत गरेको एकजना सहभागीले बताए।  

भेट्रान्स सहायकमन्त्री डा. मोरिसनले हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुको कल्याण (वेलफेयर) मा मात्रै वार्ता केन्द्रित गर्न अनुरोध गरेपछि राजदूत आचार्यले भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन र विभेदमा वार्ता केन्द्रित हुनुपर्ने अडान लिएका थिए । 

प्रत्युत्तरमा बेलायती मन्त्री मोरिसनले पेन्सनको सवाल ‘जटिल’ भएको, तर आफू मन्त्रालयमा आएको तीन दिनमात्र भएकाले यसबारे थप बुझेर अर्को वार्तामा छलफल गर्ने आश्वासन दिएको भूतपूर्व गोर्खाहरुका तर्फबाट वार्तामा सहभागी प्रवक्ता तथा मध्यस्थकर्ता  मेजर रिटायर्ड जुदबहादुर गुरुङले बताए। 

जब मन्त्रीले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गरे 
व्हाइट हलस्थित रक्षा मन्त्रालयको भवनको स्वागत कक्षमा नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्न मन्त्री डा मोरिसन आफैं आएका थिए।  गत साता मात्रै प्रधानमन्त्री पदमा नियुक्त गरिएका भारतीय मूलका ४२ वर्षीय प्रधानमन्त्री ऋषि सुनकले ३ दिन अघि मात्रै रोयल नेभीमा चिकित्सकको रुपमा काम गरेका सांसद मोरिसनलाई भेट्रान्स सहायक मन्त्रीमा चयन गरेका थिए। 

आफू अहिलेसम्म नेपाल जान नपाएको, गोर्खा मुद्दाबारे जानकार नभएको र अध्ययन गर्न थप समय चाहिने मन्त्री मोरिसनले बताएपछि गत वर्ष अगस्ट महिनामा  मध्य लन्डनमा १३ दिन सम्म आमरण अनसन बसेका धन गुरुङ तथा पुष्पा राणा घलेले आपत्ति जनाए।  धन गुरुङले यदि थप ढिलाई गर्ने हो भने आफू फेरि अनिश्चितकालीन भोक हड्ताल बस्न तयार रहेको बताएपछि मन्त्री मोरिसनले अब त्यस्तो स्थिति न आउने आश्वासन दिएको गुरुङले जनाए।  गत वर्ष आमरण अनशन बसेका ३ जनामध्ये गोर्खा अभियन्ता ज्ञानराज राई भने वार्तामा सहभागी थिएनन्।

nimb
nimb
Andrew_Morrison_Embassdor_Acharya1667526957.png
ब्रिटिश रक्षा तथा भेट्रान्स सहायकमन्त्री डा एन्ड्रु मोरिसन (बायाँ) र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

नेपाल लाइभसँग कुरा गर्दै बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले वार्ताको प्राविधिक पक्षका बारेमा छलफल गर्न यही नोभेम्बर महिनाको तेश्रो वा चौथो साता अर्को बैठक बस्न सक्ने बताइन्। उता गोर्खा अभियन्ताहरुले भने मार्च २०२३ सम्म निर्णायक वार्ता हुनु पर्ने  माग राख्दै आएका छन्।  

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत आचार्यसहित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग तथा बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय अन्तर्गतका पदाधिकारीहरु सहभागी भएको दूतावासले जनाएको छ। 

यसैबीच बिहीबार बिहान मध्य लन्डनमा सैयौं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरुले ‘गोर्खाहरुलाई समान पेन्सन देउ’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।

के हुन् भूतपूर्व  गोर्खा सैनिकका मुख्य मागहरु?
ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्षभन्दा पनि पूरानो छ।  पहिलो तथा दोश्रो विश्व युद्ध लगायत संसारका कैयौं ठाउँमा भएका लडाइँमा गोर्खा सैनिकहरुले भाग लिएका थिए भने हजारौंले ज्यान गुमाएका थिए। १३ जना गोर्खा सैनिकहरुले ब्रिटिश सेनाले बहादुरीका लागि दिने सर्वोच्च पदक, भिक्टोरिया क्रस, पाएका छन्।

सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका गोर्खा सैनिकहरुले भने आफूहरुमाथि पेन्सन लगायतका विषयमा भेदभाव भएका गुनासो गर्दै आएका छन्। ब्रिटिश सैनिकहरुको तुलनामा आफुहरुको पेन्सन एक तिहाई मात्रै रहेको उनीहरुको भनाइ छ।  तर ब्रिटिश सरकारले भने गोर्खा सैनिकहरुप्रति कुनै भेदभाव नभएको दाबी गर्ने गरेको छ।

सन् १९९७ भन्दा पहिले भर्ती भएका ब्रिटिश सैनिकहरुले २२ वर्ष सेवा गरेपछि मात्रै पेन्सन पाउने, तर गोर्खा सैनिक हरुले १५ वर्षमै पेन्सन पाउने र उनीहरु नेपालमै सेवानिवृत्त हुने हुनाले उनीहरुलाई दिइएको पेन्सनमा भेदभाव भएको भन्न नमिल्ने ब्रिटिश अधिकारीहरुको भनाइ छ। 

गोर्खा संघसंस्थाहरुले आन्दोलन गरिरहेकै बेला ब्रिटिश अभिनेत्री जोआना लम्ली लगायतका चर्चित ब्रिटिश व्यक्तित्वहरुको दबाबपछि सन् २००९ मा ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा ४ वर्ष सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरुलाई आवासीय सुविधा दिने घोषणा गरेको थियो।  त्यसयता दशौं हजार भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेन आएर बसोबास गरिरहेका छन्।

के पूरा होलान् त गोर्खा सैनिकहरुका माग?
गत अप्रिल २०२१ मा गैरआवासीय नेपाली संघ युके गोर्खा विभागको संयोजनमा ५ प्रमुख गोर्खा संगठनहरुले पठाएको एक ज्ञापनपत्रको जवाफमा ब्रिटिश सरकारले पेन्सन लगायतका मागहरुबारे पुनर्विचार हुन नसक्ने जनाएको थियो।  

ब्रिटिश रक्षा मन्त्रालयले पठाएको पत्रमा 'नेपालस्थित बेलायती राजदूत नेपालका परराष्ट्रमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेकाे र नेपाल सरकारले बेलायती राजदूतसँग पनि भूतपूर्व गोर्खाका गुनासाहरुका बारेमा कुरा गर्न सक्ने' उल्लेख थियो। 

जानकारहरुका अनुसार ‘रेट्रोस्पेक्टिभ’ अर्थात् विगतदेखि नै लागू हुने गरी भूपू गोर्खा सैनिकहरुलाई एकमुस्ट पेन्सन बढाउँदा त्यो नजीर बन्न सक्ने र अन्य क्षेत्रबाट पनि त्यस्तै मागहरु आउन सक्ने भन्दै ब्रिटिश अधिकारीहरु समान पेन्सनको माग सम्बोधन गर्न त्यति इच्छुक छैनन्।  तर बेलायतमा बसोबास गरिरहेका तथा नेपालमै रहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई औषधि उपचार लगायतका सुविधा बढाउन ब्रिटिश सरकारले प्रस्ताव गर्दै आएको उनीहरु बताउँछन्।  

गोर्खा अभियन्ता धन गुरुङ भन्छन्, ‘ब्रिटिश सरकारले हामीहरुलाई न्यायोचित (फेयर) पेन्सन दिएको भन्ने कुरा झुट्ठा हो।  समान पेन्सनको माग पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन।’ 

वयोवृद्ध भै सकेका गोर्खा भेट्रान्सहरु ‘वार कि पार’को मुडमा रहेकाले वार्ता अरु लम्बिन सक्ने आकलन गरिएको छ। 


तस्बिर सौजन्य: एज्रा श्रेष्ठ
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०७:४५
  • #भूपू_गोर्खा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भगीरथ योगी
लेखकबाट थप
भूपू गोर्खा सैनिकहरुका मागबारे ब्रिटिश रक्षा मन्त्रालयमा वार्ता, अब भोक हडताल गर्नु पर्दैन: मन्त्री मोरिसन
प्रचण्डको भारत भ्रमणले इंगित गरेको नेपाली राजनीतिको तस्बिर 
सम्बन्धित सामग्री
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
८०औं स्वतन्त्रता दिवस मनाउँदै भारत भारतले आज ८०औं स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दि... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
बाढीले चरौंदी-घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो आइतबार, भदौ १४, २०८३
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा आइतबार, भदौ १४, २०८३
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’ आइतबार, भदौ १४, २०८३
एकैदिन तोलामा साढे ९ हजारले घट्यो सुन आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्