• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिममा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि, कृषक बुढा भन्छन्- ४० लाख बढी क्षति भयो, जीविकोपार्जन कसरी गर्ने ?

64x64
शेरबहादुर ऐर बुधबार, कात्तिक १६, २०७९  २१:१८
1140x725

धनगढी- पाँच सय रुपैयाँमा एउटा पोथी बंगुर किनेर २०७३ सालदेखि बंगुरपालन व्यवसायमा होमिएका थिए, भजनी नगरपालिका- ३ का जयबहादुर बुढा। अहिले उनको खोरमा पाठापाठी र माउ गरी चार सय ८२ वटा बंगुर छन्।

आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण शाखा धनगढीमा नमुना पठायो। शाखाले शव परीक्षण गर्दा  अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भयो।

बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिका सञ्चालक बुढा भन्छन्-‘तीन सय ५२ माउ तथा पाठापाठी मरिसकेका छन्। अझै ९२ वटा बंगुर मर्ने अवस्थामा पुगेका छन्।’ उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक देखा परेको सो रोगका कारण ४० लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको बताए। 

एक करोड बढी लगानीमा व्यवसाय गरेका बुढाको जीविकोपार्जनको आधार बनेको थियो बंगुरपालन। तर बंगुरमा देखिएको महामारीपछि कसरी जीविकोपार्जन गर्ने चिन्तामा रहेका छन्। उनले भने, ‘रोगको महामारी नियन्त्रण गर्न कुनै खोप बनेको छैन। तीन महिनासम्म त कारोबार पनि गर्न पाइँदैन। कसरी जीविकोपार्जन गर्ने?’

२०७८ साल चैत १६ गते नेपालमा कागेश्वरी मनोहरा क्षेत्रको बंगुरमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको थियो। यो रोग अहिले नेपालका काठमाडौं, ललितपुर लगायत १० जिल्लामा फैलिइसकेको छ। यो रोगबाट देशभरि २५ हजारभन्दा बढी बंगुरको मृत्यु भइसकेको पशुपन्छी तथा अन्वेषण महाशाखा धनगढीले जनाएको छ।

बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा कुनै ठोस उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि कृषक वा व्यवसायीहरूका लागि यो ठूलै टाउको दुखाइ बनेको छ।

सुदूरपश्चिम प्रदेशमा ४४ हजार तीन सय आठभन्दा बढी बंगुर वार्षिक उत्पादन हुने गरेको छ। बंगुर पालनकै कारण प्रदेशलाई मासुमा आत्मनिर्भर बनाउन सहज हुने भए पनि अहिले रोग देखापरेपछि असर परिरहेको पशुपन्छी तथा पशु अन्वेशषण धनगढीका प्रमुख नरेशप्रसाद जोशीले जानकारी दिए।

उनले भने, ‘यो रोग देशभरका ४० वटा मुलुकमा देखा परिसकेको छ। सबैभन्दा बढी चीनमा बंगुरमा रोग देखिँदा ३० खर्ब क्षति व्यहोरेको थियो। नेपालमा हालसम्म १४ सय बंगर यो रोगबाट मरेका छन्। यसले गर्दा अढाई करोडको क्षति भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख ३६ हजार सात सय, एक लाख आठ सय १३, बाख्रा ९ लाख ८३ हजार सात सय ४१, कुखुरा २९ लाख ५३ हजार पाँच सय ११ र हाँस १४ हजार तीन सय ८४ उत्पादन हुने गरेको छ। 

प्रदेशमा मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्राम माग रहेकोमा प्रदेशमा हालसम्म १० दशमलब ३८ केजी उपलब्धता रहेको छ। प्रदेशमा ३१ दशमलब ९ हजार मेट्रिक टन उत्पादन रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक रहेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को यकिन तथ्यांक छैन।

के हो अफ्रिकन स्वाइन फिभर?
अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर र बँदेलहरुमा भाइरसबाट लाग्ने महामारी रोग हो। पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा र हाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा समेत देखा परेको कुरा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ। नेपालभरि र यस प्रदेशका सबै जिल्ला उच्च जोखिममा छन्।

‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बंगुरहरू बिना कुनै लक्षण रातारात मर्न सक्छन्। कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो-नीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुरहरू मर्ने हुन्छ। मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ। तर अन्य रोगजस्तै बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो रोगबाट संक्रमित भई बाँचेका बंगुरहरूले महिनौंसम्म रोगको वाहकका रूपमा काम गर्ने हुँदा सामान्यतया रोग प्रमाणित भएको फार्म वरिपरिको निश्चित क्षेत्रका बंगुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुनसक्छ।

भारतले रोग प्रमाणित भएको एक किलोमिटर वरिपरिका बंगुर मार्ने नीति लिएको छ। तर नेपालमा अहिलेसम्म यसको नियन्त्रणबारे कुनै ठोस नीति नलिइएको डाक्टर जोशी बताउँछन्।

रोग सर्ने मुख्य तरिका
-संक्रमित बंगुर, सुँगुर र बँदेल बीच प्रत्यक्ष सम्पर्कबाट 
-रोग पशुको र्याल, रगत, मलमुत्र, मासु वा यिनीहरुको लसपसमा आएका दानापानी लगायतका सामाग्रीमार्फत
-रोगी बंगुर, सुँगुर र बँदेलको ओसारपसार र किनबेचमार्फत
-संक्रमित खोरमा गएको मानिसहरुको कपडा, जुत्ता, चप्पल आदिमार्फत।

रोकथाम
-बंगुर, सुंगुर र बँदेलको खोरमा मानिसहरुको अनावश्यक आवतजावत नगरौं।
-होटल, रेष्टुरेण्टबाट फालिएका खानेकुरा बंगुर, सुँगुर र बँदेललाई राम्रोसँग पकाएर मात्र खुवाऔं।
-घरपालुवा बंगुर, सुँगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिऔं।
-रोगी बंगुर, सुँगुरलाई जंगली बँदेलको मासु, सुकुटी तथा वातावरणमा भाइरस लामो समयसम्म बाँच्ने भएकोले मरेका बँगुर, सुँगुर र बँदेललाई गहिरो खाडल खनी गाडौं।
-अन्य बथानबाट ल्याइएका बँगुर, सुँगुर र बँदेललाई २१ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आफ्नो बथानमा मिसाऔं।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्