काठमाडौं– शेयरबजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ ।
अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो ।
उसो त आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १२ अंकमाथिले सूचक घट्दा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । १७७ कम्पनीको शेयर मूल्य घट्दा आज ८० वटा कम्पनीको मूल्य बढेको छ । १५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
सोपान फार्मेसिटीकल कम्पनीको शेयर मूल्य आज १५ प्रतिशतले बढेको छ भने अपलो हाइड्रोपावरको शेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।