लन्डन (एजेन्सी)– लन्डनको प्राकृतिक इतिहासको संग्रहालय नजिकको फुटपाथमा एउटा कार चढेपछि थुप्रै पैदल यात्रु घाइते भएका छन्।
शनिवार यो घटना दक्षिणी केनसिङ्टनको एक्जिविसन रोडमा भएको थियो। घटनामा एक व्यक्तिलाई पक्राउ गरिएको स्कटल्यान्ड यार्डले जानकारी दिएको छ।
प्रहरीले पैदल यात्रुको उद्दारका लागि तत्कालै एम्बुलेन्सलाई खबर गरिएको बताएको छ। यो घटना आतंकवादी गतिविधिअन्तर्गत हुन सक्ने आशंका प्रहरीले गरेको छ। डाउनिङ स्ट्रीटका प्रवक्ताले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेलाई घटनाको सबै जानकारी गराइसकेको बताएका छन्। रिपोर्टअनुसार फुटपाथमा कालो रंगको लाइसेन्स ट्याक्सी क्याब टोयटा कम्पनीको भएको बताइएको छ।
यसअघि पनि पैदल यात्रुलाई निशाना बनाएर यस्तो घटना भइसकेको छ। गत जुनमा लन्डन ब्रिजमा भएको घटनामा ८ व्यक्तिको निधन भएको थियो। गत मार्चमा एक आतंकवादीले आफ्नो गाडी लन्डनको संसद भवनको पर्खालमा लगेर हानेको थियो। जुन घटनामा ४ जनाले ज्यान गुमाउनु परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।