काठमाडौं– आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले)ले आफ्नो घोषणापत्रमा सार्वजनिक गरेको छ।
उक्त घोषणापत्रमा निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने उल्लेख छ।
निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिनेसमेत एमालेको प्रतिबद्धता छ।
यस्तै, रसुवागढी– काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिनेसमेत उक्त घोषणापत्रमा उल्लेख छ।
‘सबै महानगर र काठमाडौं उपत्यकामा मेट्रोरेल, सहरी केवलकार एवं पड वेजस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ,’ उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।