• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सत्ता-गठबन्धनका दलहरुको घोषणापत्रमा शिक्षाबारे कस्ता छन् प्रतिबद्धता?

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, कात्तिक १५, २०७९  १४:१९
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता-गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेका छन्। 

सत्ता साझेदार दलहरुले जारी गरेका घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका विषयमा विभिन्न प्रतिबद्धता जनाएका छन्। यी दलले शिक्षाबारे आ-आफ्नै प्रतिबद्धता जनाउँदै मतदाता माझ जाने निधो गरेका छन्। 

शिक्षाबारे कांग्रेसको घोषणापत्रमा के छ? 
गत शनिबार नेपाली कांग्रेसले ल्याएको घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कांग्रेसले गुणस्तरीय शिक्षामा सबैको पहुँच र उद्यमशील तथा रोजगारमुलक शिक्षामा जोड दिएको छ।

घोषणापत्रमा  आधारभूत तथा माध्यमिक शिक्षा नि:शुल्क बनाउने कुरा उल्लेख गरेको छ। त्यसैगरी अपाङ्गता भएका व्यक्ति, दलित र विपन्न विद्यार्थीका लागि उच्च शिक्षासम्म विशेष सहयोग र छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ। प्राविधिक शिक्षा सहायता र छात्रवृत्ति कार्यक्रममा समेत घोषणापत्रमा जोड दिइएको छ। 

शैक्षिक संस्थामा आवास, खाना, पोशाक, छात्रवृत्ति र प्रोत्साहन (साइकल, ल्यापटप) लगायतका शैक्षिक सामग्रीहरुको व्यवस्थाको कुरा समेत कांग्रेसले उठाएको छ। 

त्यसैगरी कांग्रेसले पाँच वर्षे लक्ष्यमा सिकाइका संकटको मापन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जसमध्ये महिला (१५-२४ वर्ष ) साक्षरता दर ९५ प्रतिशत पुर्याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत, कक्षा ११ मा भर्ना हुनेको दर कम्तीमा ५० प्रतिशत पुर्याउनुका साथै पाठयक्रममा प्राविधिक र व्यावसायिक सिप ४० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ। 

माओवादी केन्द्रले शैक्षिक क्षेत्रमा बन्द-हड्ताललाई निरुत्साहित गर्ने 
सत्ता-गठबन्धन दलको अर्को घटक माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा शिक्षालाई प्राथमिकताका साथ राखेको देखिन्छ। शिक्षा नागरिकको अधिकार, समाजवाद निर्माणको आधार, सबैका लागि गुणस्तरीय शिक्षा, नेकपा (माओवादी) को प्रतिबद्धता भन्ने मुल नारासहित अघि बढाइएको प्रतिबद्धतामा उल्लेख गरेको छ।

माओवादी केन्द्रले शैक्षिक क्षेत्रमा बन्द-हड्ताललाई निरुत्साहित गरिने जनाएको छ। शैक्षिक क्षेत्रका विकृति, विसंगति अन्त्य गर्ने माओवादीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रले पनि निःशुल्क तथा अनिवार्य शिक्षामा जोड दिँदै ऐन तथा नियमावलीको मर्म र भावना बमोजिम कार्यान्वयन गरी नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गरिने कुरा उल्लेख गरेको छ।

त्यसैगरी कक्षा १२ सम्मको शिक्षा निःशुल्क तथा अनिवार्य बनाउनुका साथै १२ कक्षा पास गरेका कुनै पनि विद्यार्थी बेरोजगार बन्न नपर्ने गरी सैद्धान्तिक एवं व्यावहारिक पक्षबीच सन्तुलन हुने गरी पाठ्यक्रममा आमूल परिवर्तन गरिने उल्लेख गरेको छ। 

शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगावै अनिवार्य रूपमा पुस्तक सम्बन्धित सबै शैक्षिक संस्थामा पुग्ने व्यवस्था मिलाइने माओवादीले जनाएको छ।

विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीको नियुक्ति योग्यता र क्षमताको आधारमा गरिने उल्लेख गर्दै माओवादीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने उल्लेख गरेको छ। यसका साथै प्रत्येक जिल्लामा त्रिभुवन विश्वविद्यालयको कम्तीमा एउटा आंगिक क्याम्पसको स्थापनाका लागि आवश्यक पहल गरिने दावी माओवादीले गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ समाजवादीको प्रतिबद्धता 
एकीकृत समाजवादीले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : राष्ट्र निर्माणको आधार भन्ने मुल नारासहित शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। 

नेकपा एसले संविधान प्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न सबै तहमा कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने कुरामा जोड दिँदै समाजवादीले शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न पहल गरिने उल्लेख गरेको छ।

सामुदायिक विद्यालयको पढाइको स्तर निजी स्कुलको भन्दा राम्रो बनाउन पहल गरिनुका साथै गैरप्राविधिक विषयमा ३० प्रतिशत र व्यावसायिक तथा प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति उत्पादन गर्ने गरी शिक्षा नीति परिवर्तन गर्न पहल गरिने प्रतिबद्धता समाजवादीले गरेको छ। 

दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक जिल्ला, एक बहुप्राविधिक शिक्षालय’, ‘एक पालिका, एक प्राविधिक विषय’ को अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइने उल्लेख छ।

यसका साथै कृषि र पशु विज्ञान, इन्जिनियरिङ, सूचना तथा प्रविधि लगायतका विषयहरूमा विद्यार्थीले ‘सिक्दै र कमाउँदै’ गर्ने प्रणालीको विकास गरिने समाजवादीले जनाएको छ।

एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त गराउन तथा विद्यालय एवं बालबालिकालाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्न विशेष जोड दिने बताएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:१९
  • #चुनाव_२०७९
  • #घोषणापत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्