• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गठबन्धन दलका घोषणापत्र

आर्थिक क्षेत्रमा महत्वाकांक्षी योजना, सेयरदेखि विद्युतसम्म छुटको आश्वासन

64x64
सुमित्रा कार्की मंगलबार, कात्तिक १५, २०७९  १४:२१
1140x725

काठमाडौं– अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले धमाधम घोषणपत्र सार्वजनिक गरिरहेका छन्। 

हालसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, मजदूर किसान पार्टी र केही स्वतन्त्र उम्मेदवारले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि घोषणापत्र सार्वजनिक गरेको छ।

यो निर्वाचनमा मुख्यत: सत्ता गठबन्धन र प्रतिपक्षी एमालेले बनाएको गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनमा तालमेल गरेर चुनाव लड्न लागेका सत्तारुढ गठबन्धनबाट प्रमुख तीन दलले आफ्नो घोषणापत्र मतदातासमक्ष प्रस्तुत गरेका छन्

नेपाली कांग्रेसले शनिबार घोषणापत्र ल्याएको थियो भने माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार घोषणापत्र सार्वजनिक गरेका छन्। पार्टीले सहकार्य गरेर चुनाव लड्ने तयारी गरेको भए तापनि घोषणापत्र भने आ-आफ्नै ढंगले सार्वजनिक गरेका छन्। उनीहरुले आफ्ना नीति र सिद्धान्त अनुसार भिन्न-भिन्न खालका आर्थिक संकल्पहरु घोषणापत्रमा राखेका छन्। 

आर्थिक वृद्धि: कांग्रेस ७ प्रतिशत, माओवादी दोहोरो अंक, एकीकृत समाजवादी मौन 
सत्तापक्षको प्रमुख दल नेपाली कांग्रेसले सर्वप्रथम आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो। कांग्रेसले आफ्नो घोषणापत्र यसअघिभन्दा केही फरक र कार्यान्वयनमुखी रहेको दावी गरेको छ। 

नेपाली कांग्रेसले घोषणापत्रमा देशको आर्थिक वृद्धिदर न्यूनतम ७ प्रतिशत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

यता माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्रमा देशको आर्थिक वृद्धिदर वार्षिक दुई अंकको हाराहारीमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। दुई दलले महत्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य लिइरहँदा अर्को सत्ता गठबन्धनभित्र रहेको दल एकीकृत समाजवादी भने आर्थिक वृद्धिदरबारे मौन देखिन्छ। समाजवादीले त्यसबारे कुनै पनि प्रतिवद्धता व्यक्त गरेको छैन। 

रोजगारीमा हानाथाप 
रोजगारीका विषयमा भने सत्ता गठबन्धनभित्र हानथाप देखिन्छ। कांग्रेसले घोषणापत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ। शनिबार संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादीले त्यसवबाट अघि बढेर वार्षिक पाँच लाखका दरले हुन आउने गरी चार वर्षमा २० लाख नेपालीलाई रोजगारी दिने प्रतिवद्धता गरेको छ।

त्यसैगरी, एकीकृत समाजवादीले पनि ‘एक घर, एक सिप र एक रोजगारी’ को अवधारणा अनुसार सिप विकास, स्वरोजगारी, रोजगारी, उद्यमशीलता र रोजगारदाताहरूको साझा सिप बजार स्थापना गरी स्वदेशमै श्रम शक्तिको उपयोग गर्ने प्रतिबद्धता जनाएको छ।

गरिबी न्यूनीकरणका संकल्प
माओवादी केन्द्रले आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाउने घोषणा गरेको छ। उसले गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई चुनावको एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गर्ने प्रतिबद्धता पनि जनाएको छ। 

यसैगरी, एकीकृत समाजवादीले अति गरिब नागरिकलाई गरिबीको स्तर मापनसहित वर्गीकृत गरी ‘विपन्न परिवार परिचयपत्र’ वितरण गर्ने, विपन्नताको परिचयपत्र प्राप्त गरेकाहरूलाई सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउने, रोजगारीका अवसरहरूमा उनीहरूलाई योग्यता बमोजिम पहिलो प्राथमिकता दिने र उनीहरूको आर्थिक उन्नतिका लागि विशेष योजना बनाई लागू गराउन पहल गरिने प्रतिवद्धता जनाएको छ।

गरिबी निवारणको समग्र योजना सफल बनाउन तीनै तहका सरकारका बीचमा समन्वयात्मक रूपमा कार्यक्रम अगाडि बढाउन पहल गरिने समाजवादीको प्रतिवद्धता छ।

सेयर बजारमा गठबन्धनको प्रतिवद्धता   
माओवादीले घोषणापत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख गरेको छ। त्यस्तै, गैरआवासीय नेपालीलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुत गतिमा अघि बढाइने उल्लेख गरेको छ। 

पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गरिने घोषणा माओवादीले गरेको छ । ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना घोषणापत्रमा समेटिएको छ। कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ।

त्यसैगरी, एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणापत्रमा ‘घरघरमा बिजुली-जनजनमा सेयर’ नीति लागू गर्ने उल्लेख छ। घोषणापत्रमा आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने, त्यसका लागि स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) लाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने उल्लेख छ।

नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न एवं माग बमोजिम ऊर्जा प्रवाह नियमित गर्न जलाशययुक्त बहुउद्देश्यीय (जलविद्युत, सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन आदि) ठूला आयोजनाहरू निर्माणलाई प्राथमिकता दिने त्यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराउने र स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रिय हित अनुकुल हुनेगरी अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्माणको जिम्मा दिन सकिने गरी नीति बनाउने घोषणापत्रमा उल्लेख छ।

नेपाली कांग्रेसले सेयर बजारका विषयलाई पनि प्राथमिकताका साथ घोषणापत्रमा समावेश गरेको छ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पुँजी बजारबारे मौन रहेको कांग्रेसले यस पटक भने यसबारे उल्लेख गरेको हो।

कांग्रेसले जारी गरेको घोषणापत्रमा ‘धितोपत्र सम्बन्धी ऐन तथा कानुनमा सरोकारवालाहरुसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन, कानुन तथा विनियमावलीहरुमा समसामयिक सुधार गर्ने, धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रुपमा विकास गर्ने र पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्न पहल गरिने छ’ भन्ने व्यवस्था गरेको छ।

विद्युत छुटमा गठबन्धनको एकपछि अर्को प्रतिवद्धता 
माओवादी केन्द्रले वार्षिक एक करोड रुपैयाँभन्दा माथिको विद्युत उपयोग गर्ने, कृषि वस्तुको प्रशोधन गर्ने, सतप्रतिशत नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योग र निर्यात हुने वस्तु उत्पादन गर्ने उद्योगलाई विद्युत महसुलमा छुट दिने प्रतिवद्धता जनाएको छ। 

घोषणापत्रमा विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत लाइन जडान गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्था मिलाउने उल्लेख छ।

यसैगरी, समाजवादीले तीनै तहको सरकारको सहकार्यमा हरेक घर-परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडानमा सहुलियत दिन पहल गर्ने उल्लेख छ।

यता अर्थतन्त्रमा स्वदेशी उत्पादनमुलक उद्योगको अंश ५.६ प्रतिशतबाट ९ प्रतिशत पुर्याउने कांग्रेसको प्रतिबद्धता छ।

माओवादीले भने घोषणापत्रमा विद्युतीय सवारी साधनमा र चुल्हो ५० प्रतिशत जनताको घरमा पुर्याउने प्रतिवद्धता गरेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:२१
  • #चुनाव_२०७९
  • #घोषणापत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
विपत्तिमा एक हुन राष्ट्रपतिको आग्रह सोमबार, भदौ २२, २०८३
प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने सोमबार, भदौ २२, २०८३
७,५०० एमएएच ब्याट्रीसहित ‘अनर एक्स७ई’ नेपालमा सार्वजनिक, खरिदमा निःशुल्क इयरबड्स सोमबार, भदौ २२, २०८३
कांग्रेसले दियो सरकारलाई १ करोड सोमबार, भदौ २२, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्