जेनेभा- म्यानमारबाट अहिले पनि दैनिक दुई हजार रोहिंग्या शरणार्थी बङ्गलादेश प्रवेश गरिरहेका छन्।
म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको बङ्गलादेशको कोक्स बजार हुँदै उनीहरु बङ्गलादेश प्रवेश गर्ने गरेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले जानकारी दिएको छ।
सङ्गठनका प्रवक्ता जोएल मिलम्यानले गत अगस्टदेखि म्यानमारका शरणार्थी बङ्गलादेशमा प्रवेश गर्ने गरेकोमा अहिलेसम्म झन्डै ५ लाख १५ हजार शरणार्थीहरु बङ्गलादेशमा छिरिसकेका छन्।
बङ्गलादेश सरकारले म्यानमारका शरणार्थीलाई झन्डै एक हजार एकर्ड क्षेत्रफल रहेको जमिनमा राखेको थियो भने गत सेप्टेम्बर १४ बाट अर्को इलाकामा अरु दुई हजार एकर्ड क्षेत्रफल उनीलाई राख्न मिल्ने बनाइएको छ।
अहिले बङ्गलादेशले झन्डै ७ लाख शरणार्थीलाई आश्रय दिन लागेकाले यो विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हुन सक्ने बताइएको छ। शरणार्थीहरुमध्ये झन्डै दुई लाख १८ हजार जनालाई यसअघि तत्काल पोषण खाद्य पदार्थ आवश्यकता थियो। सो खाद्य पदार्थको आवश्यकता भएका मध्ये पाँच वर्षमुनिका बालबालिकाको संख्या मात्रै झन्डै एक लाख ४५ हजार रहेको छ। साथै हजारौँ गर्भवती र सुत्केरी महिलालाई पनि पोषणको अत्यावश्यकता देखिएको मिलम्यानले जानकारी दिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।