• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गठबन्धनको घोषणापत्रमा कृषि

मल कारखाना खोल्न सबै सहमत, घोषणापत्रमा अटाए मिठा नारा तर कार्यान्वयनको खाका अस्पष्ट

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १४, २०७९  १८:२८
1140x725

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र रहेका नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले घोषणापत्र सार्वजनिक गरेका छन्। गठबन्धन गरेर निर्वाचनमा होमिएका उनीहरुले घोषणापत्र भने अलग-अलग सार्वजनिक गरेका छन्।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो भने माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरुले अल-अलग नीति र आफू सरकारमा गएपछि कार्यान्वयन गर्ने प्रतिवद्धतासहित घोषणापत्रमा आफ्ना नीति  उल्लेख गरेका छन्। सत्ता गठबन्धनभित्र रहेका लोसपा र राष्ट्रिय जनमोर्चा पार्टीले भने हालसम्म घोषणापत्र जारी गरेको छैन।

सत्ता गठबन्धनभित्र रहेका मुख्य तीन दलले कृषिलाई पनि प्राथमिकता दिएका छन्। नेपाल कृषि प्रधान देश भएकाले यसलाई प्राथमिकता दिँदै पछिल्ला वर्षहरुमा नीति तथा कार्यक्रम र बजेट आउने गरेका छन्। तर यी कार्यक्रम कार्यान्वयन नहुँदा कृषकहरु मर्कामा पर्ने गरेका छन्।

यो पनि पढ्नुहोस

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

खेतीको सिजनमा मल नपाउनेदेखि मूल्यसम्म नपाउने हुँदा कृषिमा आकर्षण हुन सकेको छैन। यही कुरालाई केन्द्रमा राखेर सत्ता गठबन्धनका दलहरुले आफ्नो घोषणापत्रमा लेखेका छन्। उनीहरुले लेखेको घोषणापत्र कति कार्यान्वयन होला त्यो आगामी दिनमा नै पुष्टि हुनेछ। सत्ता गठबन्धनका प्रमुख दलहरुले कृषकको मलको समस्यालाई जोड दिँदै नेपालमै मल कारखाना खोल्ने बाचा गरेका छन्।

सबैले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने दावी गरेका छन्। त्यस्तै कृषकको उत्पादनलाई मूल्यदेखि बजारसम्मका लागि काम गर्ने दावी उनीहरुले गरेका छन्। 
 

यस्ता छन् सत्ता गठबन्धका प्रमुख दलको दावी

नेपाली कांग्रेस 
नेपाली कांग्रेसले आगामी पाँच वर्षको लक्ष्य राखेर केही कार्यक्रम अघि सारेको छ।  
– खाद्यान्न उत्पादकत्वमा वृद्धि 
– तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर 
– नगदे बाली र जडीबुटीको निर्यात दोब्बर 
– खाद्य असुरक्षा सूचकांकमा प्रगति 
– भूउपयोग नीति अनुसार भूमिको वर्गीकरण 
– कृषि मल कारखाना स्थापना

यी कुरालाई कांग्रेसले आफ्नो पञ्चवर्षे योजना भन्दै अघि सारेको छ। ‘कृषकले प्रत्येक वर्ष भोग्नु परिरहेको रासायनिक मलको समस्या समाधान गर्न निजी क्षेत्र समेतको सहभागितामा आन्तरिक उत्पादन लगायत दीर्घकालीन उपाय खोज्ने छौं,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘उखु तथा अन्य किसानले आफ्नो कृषि सामाग्रीको मूल्य प्राप्त गर्न कृषकले पछिल्लो केही वर्षदेखि राजधानी आई आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अविलम्ब आवश्यक नीतिगत निर्णय गर्ने छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

पाँच वर्षभित्र भूउपयोग नीति तथा ऐन बमोजिम भूमिको वर्गीकरण गरिने, प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ।  


सरकारी, संस्थागत, हैसियत बिग्रिएको बन, नदी उकास तथा बाँझो जग्गाहरुको लगत संकलन गरी भूमि बैंकको स्थापना गरिने घोषणापत्रमा उल्लेख छ। भूमि बैंकमा स्थानीय कृषि मजदूर तथा कृषि उद्यमीहरुको अग्राधिकार रहने गरी कृषि उत्पादन वृद्धिका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

कृषियोग्य जमिनलाई बाँझो राख्ने तथा गैरकृषि प्रयोग गर्ने परिपाटीलाई निरुत्साहित गरिने र कृषि प्रविधि विकास र प्रसारमा नवप्रवर्तन तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उच्च उत्पादन दिने जात तथा नश्लको विकास गरिने उल्लेख छ।

किसानलाई समयमै मल उपलब्ध गराउनका लागि सार्वजनिक-निजी साझेदारी मोडलमा स्वदेशमै रासायनिक, प्राङ्गारिक तथा सूक्ष्म पोषक तत्वको उत्पादन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ।

माओवादी केन्द्र 
सत्ता गठबन्धनको अर्को महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रले २२ बुँदामा आफ्नो कृषि सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ। रासायनिक मल कारखानादेखि जग्गाको वैज्ञानिक भूमि सुधार र सामूहिक खेती प्रणाली सञ्चालन गर्न प्रोत्साहन दिने घोषणापत्रमा उल्लेख छ। 

‘जग्गा एकीकरण र चक्लाबन्दी गरी सामूहिक प्रणालीमार्फत ठूलो स्केलमा व्यावसायिक कृषि, पशुपन्छी पालन तथा जडीबुटी खेती गर्न प्रोत्साहित गरिनेछ। यसका लागि सामूहिक कम्पनी, सहकारी र करार खेतीसम्बन्धी कार्यविधि बनाई लागू गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘कृषियोग्य जमिन बाँझो राख्ने अवस्थालाई हटाउन स्थानीय तहसँगको समन्वयमा सार्वजनिक तथा निजी बाँझो जमिन व्यावसायिक कृषि, पशुपन्छी पालन, जडीबुटी खेती वा कृषिमा आधारित प्रशोधन उद्योगहरू स्थापना गर्न लिजमा दिनुपर्ने व्यवस्था गरिनेछ। जमिनको लिज भाडाबापत लाग्ने कर पहिलो तीन वर्ष मिनाह गर्ने व्यवस्था गरिनेछ।’

कृषि मल समयमै आयात गरी बाली लगाउनुअघि नै खेतबारीमा पुग्ने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।  

मसिनो चामलको बढ्दो आयातलाई प्रतिस्थापन गर्न प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा तराईका भूभागमा १०० बिघाभन्दा ठूला चक्लाहरूमा सुगन्धित मसिनो धानको खेती गर्ने कार्यक्रम लागू गरिने घोषणापत्रमा उल्लेख छ। 

हिमाली जिल्लाहरूमा चौंरी तथा भेडा–च्यांग्रा पालनको ठूला सामूहिक फार्म स्थापना गर्न प्रोत्साहन गरिने, हिमाली, उच्च पहाडी र पहाडी क्षेत्रमा कस्तुरी, मृग, कालिज लगायतका वन्य पशुपन्छीको व्यावसायिक पालन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। कृषक, युवा तथा महिलाहरूको सामूहिक कम्पनी तथा सहकारीलाई कृषि उपजको संकलन, भण्डारण, ग्रेडिब, प्याकेजिङ र ब्रान्डिब गरी स्वदेश तथा विदेशमा बिक्री व्यवस्थापन गर्न प्रोत्साहन गरिने  उल्लेख छ।


सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न त्यस्तो कर्जा दुरुपयोग गर्ने ऋणीलाई कालो सूचीमा राख्नुका साथै बैंकलाई पनि जिम्मेवार तुल्याउने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। 

कृषि बिमालाई गाउँ–गाउँमा पुर्‍याउन, बिमाको दायरा बढाउन, बिमाङ्क रकमलाई व्यावहारिक बनाउने उल्लेख छ। 
गुठी अन्तर्गत रहेका जग्गाको स्वामित्व सम्बन्धी समस्या वैज्ञानिक तवरले समाधान गरिने  घोषणापत्रमा उल्लेख छ। 

एकीकृत समाजवादी 
एकीकृत समाजवादी पार्टीले ‘आधुनिक कृषि र सम्पन्न किसान’ नारा उल्लेख गर्दै कृषिका कार्यक्रम अघि सारेको छ। 
रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानहरूलाई आकर्षित गराउने घोषणापत्रमा उल्लेख छ। 

‘कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गर्नका लागि देशमा मल कारखाना स्थापनामा जोड दिइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘समग्र कृषि उत्पादन प्राङ्गारिक मलमा आधारित गराउँदै लाने र रासायनिक कीटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गर्ने नीति लिइने छ।’ 

हरेक स्थानीय तहका कृषि उत्पादन क्षेत्रमा सरकारी तथा सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्रका साथै कृषि बजार, कृषि प्रसार, पशु सेवा केन्द्रसहित एकीकृत सेवा केन्द्रको स्थापना र कृषिविज्ञ तथा आवश्यक प्राविधिक जनशक्ति विकास गर्न व्यावसायिक तथा प्राविधिक स्कुल, कलेज तथा तालिम केन्द्रहरू स्थापनामा जोड दिइने  उल्लेख छ। 

संरक्षित कृषि बजार, किसानको जीवनमा बहार भन्दै एकीकृत समाजवादीले कृषि उत्पादन बिक्रीको प्रत्याभूतिले यी दुवै समस्याको समाधान गर्ने दावी गरेको छ। ‘विदेशिएका युवालाई स्वदेश फर्काउँ, कृषि उत्पादनमा वृद्धि गरौँ!’ भन्दै किसानहरूको उत्पादनमा न्यूनतम समर्थन मूल्य कायम गरी मूल्य नपाएर उत्पादन खेर जाने स्थितिको अन्त्य गर्न निश्चित सीमा तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था गर्न जोड दिइने उल्लेख छ । 


सिंचाइमा लगानी कृषियोग्य जमिनमा पानी भन्दै एकीकृत समाजवादीले सिंचाइका लागि घोषणापत्रमा उल्लेख गरेको छ। ‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणालाई सार्थकता दिन नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व-पश्चिम मेगा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दीर्घकालीन सोचका साथ राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने  घोषणापत्रमा उल्लेख छ।

याे पनि पढ्नुहाेस्  

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!

नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?

जब शारदाहरु प्रवेश गर्छन् अनि महिनामा आइपुग्ने मल वर्षौंसम्म पनि आउँदैन

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन बुधबार, भदौ १७, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्