• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
सन्दीप लामिछाने प्रकरण

बलात्कार आरोपको घटनाबारे सन्दीपको बयान: उनी बसेको बेडमा समेत गएको छैन, कुर्सीमै निदाएँ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १४, २०७९  १७:०५
1140x725

काठमाडौं– १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा सोमबार दर्ता भएको छ। अनुसन्धान सकेर १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग राख्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले सोमबार अदालतमा दर्ता गरेको थियो। 

मंगलबारबाट थुनछेक बहस हुने बताइएको छ। हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका छन्। आफू निर्दोष रहेको उनको दाबी छ।

यो पनि पढ्नुहोस

१२ वर्ष कैद मागदाबी गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता, थुनछेक बहस मंगलबारदेखि 

 

‘कुर्सीमै निदाए, कसरी भयो बलात्कार?’

७ वर्षदेखि पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु। सन् २०१६ देखि निरन्तर रुपमा नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएको छु। सन् २०२१ डिसेम्बरदेखि नेपाल क्रिकेट संघ –क्यान)को आग्रहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रुपमा मलाई जिम्मेवारी दिई नेतृत्व गर्दै आएको छु।

त्यस्तैमा पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९–०८०) र हाम्रो क्रिकेट टोलीका खेलाडी देव खनालबीच एकआपसमा चिनजान रहेछ। देवले मसँग तस्बिर खिचेका थिए। सो तस्बिर पीडित भनिएकी किशोरीलाई स्न्याप च्याटमा पठाएका रहेछन्। त्यसपछि निज पीडित भनिएकीले मलाई स्न्याप च्याटमा फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन्। 

मलाई मिति र समय याद भएन । पछि देव र नाम गौशाला २६ साथी रहेको कुरा थाहा पाएपछि रिक्वेस्ट एसेप्ट गरेको थिए। 

गौशाला २६ ले मलाई समय समयमा स्न्याप च्याटमार्फत केही भिडियो र फोटो पठाउने गरेको र मैले त्यस्को बदला सामान्य उत्तर दिने गरेको थिएँ। सोही क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईको ‘फ्यान हुँ’ तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले जवाफमा अहिले मसँग भेट्ने समय छैन, म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौंला नि भनेको थिए। उनले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपार्इंबाट केही सहयोग चाहिएको हुँदा तपाईंलाई भेटी केही व्यक्तिगत कुराहरू शेयर गर्न मन छ भनेकी थिइन् । ‘मैले के भयो?, हाउ क्यान आई हेल्प यू?’ भनी म्यासेज गर्दा होइन म भेटेर मात्रै ती कुराहरू भन्न सक्छु भनेकी थिइन्। 

ठीकै छ, मलाई अहिले त फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौला नि भनेको थिएँ । ०७९ भदौ ५ गते साँझ करिब ४ : १५ बजेको समयमा गौशाला २६ लाई मैले फोन गरेको थिएँ । कुराकानीकै बीचमा उनले फेरि पटक–पटक भेट्ने प्रस्ताव गरेकी थिइन्। मेरो केही मिटिङ पनि थियो र म व्यस्त भएकाले मैले उनलाई म आज अली व्यस्त छु, मेरो केही मिटिङ पनि छन्। आज तिमीलाई भेट्न सम्भव छैन भनेको थिएँ। उनले ठीक छ तपाईं काम भ्याएर आउनु, म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन्। साँझ मेरो मिटिङ सक्कियो र मैले बेलुका करिब ७ बजेतिर होस्टेल पुग्नुअघि त्यहाँको लोकेशन माग्नको लागि गौशाला २६ लाई फोन गरी तिमी कहाँ हो? म तिम्रो होस्टेलको बाटोहुँदै आउँदैछु भनेको थिएँ । 

उनले तपाईं होस्टेलतिर नआउनुस् होस्टेलनजिक लिटिल काठमाडौं रेष्टुरेन्ट छ। तपाईं त्यहीँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकोले म रेस्टुरेन्ट नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ। त्यस्को करिब २–३ मिनेटपछि  गौशाला २६ त्यहाँ आइन्। 

सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन्। गाडीभित्र बसेपछि मैले उनलाई हेल्लो– हाई गरेँ । गौशाला २६ ले आफूलाई बोलाएकोले ह्वाट्स योर प्लान? भनी सोधेकोमा उनले मलाई लेट्स गो टु नगरकोट भनिन्। मैले नगरकोट जान त सम्भव  छैन, बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले हाइन, मैले आज बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, लेट्स गो भनेकोमा मैले फेरिपनि आज सम्भव छैन, भोली म गेम खेल्न केन्या जानुपर्ने छ र त्यस्का लागि तयारी पनि गर्नुपर्ने छ भन्दा उनले मलाई होइन, मैले होस्टेलबाट साथीहरूलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–ग¥यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा उसको चित्त नदुखोस् भनी उनको कुरामा सहमत भई हामी दुवैजना नगरकोट गएका थियौं। 

गौशाला २६ को नगरकोट जाने पूर्वतयारीका बारेमा मलाई केही जानकारी थिएन। त्यही पनि मैले उनको चित्त नदुखोस् भनी गएको थिएँ। नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले गौशाला २६ का बारेमा सोध्दा उनले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन्। 

बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुगेपछि उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा उनले होइन, मेरो होस्टेल बन्द हुँदैन, जति बेला पनि खुल्ला हुन्छ र मलाई नगरकोटबाट साँझको दृश्य अवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं। 

नगरकोट जाने क्रममा मैले देव खनाल र गौशाला २६ को मित्रताका बारेमा समेत राम्रोसँग सोधेँ। उनले देवकोे खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सामाजिक सञ्जालमार्फ उनीसँग चिनजानमा भएको कुरा बताएकी थिइन्। नगरकोट जाने क्रममा हामीबीच धेरै जसो कुरा क्रिकेट र मेरो संगीतको बारेमा भएको थियो। हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौ। म प्रायःजसो आफ्नो परिवार र साथीहरूसँग कहिलेकाँही नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोटमा बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको थियो। यसैकारण, हामी दुईजना बीच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन। 

करिब साढे ८ बजे तिर हामी बोजिनी रिसोर्टमा संगीत सुन्दै हाँसीखुसीका साथ नगरकोट गएका थियौं। उक्त रिसोर्ट पुगिसकेपछि हामी दुवैले रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गररेर केही समयमा खाजा अर्डर गरेका थियौ। हामी दुवै जनालाई संगीत मन पर्ने र गौशाला २६ लाई गी गाउन धेरै नै मनपर्ने र मलाई गीत सुन्ने इच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार निकालेँ। त्यसपछि हामी दुवैजना रिसोर्टको बाहिर बसी केही गीत गाउँदै रमाइलो गरेका थियौं। 

केही समयपछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाइ काठमाडौंको भ्यू हेरिरहेको थिएँ। त्यसैबीचमा गौशाला २६ ले मेरो पछाडि आइ मेरो काँधमा आफ्नो टाउको अड्याइ उभिएकी थिइन्। त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भैसक्यो, रात पर्‍यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन, यतै बसौँला भन्ने कुरा गरिन्। 

मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ‌, फेरि हामी फर्किनेगरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझन भन्दा उनले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुु भनेपछि मैले टाढैबाट लक खोलिदिएको थिए। त्यसपछि गौशाला २६ गाडीमा गएर बसिन् भने म बिल तिर्न काउण्टरमा गए। 

बिल तिरिसकेपछि हामी दुवैजना करिब ११ बजेर ५ मिनेटमा बोजिनी रिसोर्टबाट हिँडेका थियौं। हामी बोजिनी रिसोर्टबाट फर्किने क्रममा गौशाला २६ केही रिसाएकी थिइन्। मैले उनको मुड ठीक गर्नका लागि गाडीमा मिठा–मिठा गीत लगाएँ। त्यसको केहीछिनपछि सामान्य कुराकानी हुन थाल्यो । मलाई गौशाला २६ को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले होस्टेलको डिटेल सोधी पुर्याइदिन्छु भन्दा कहाँ हुन्छ, यति राति भइसक्यो, होस्टेल बन्द भइसक्यो, होस्टेल खुल्दैन भन्न थालिन्। उनको त्यो कुरा सुनेर म एकछिन छक्क परेँ। 

अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होइनौ? अहिले होस्टेल बन्द भयो भन्छौ? भनेकोमा सोही क्रममा उनलाई एउटा फोन आएको थियो तर उनले फोन उठाइनन्। म्यासेजमार्फत आफ्नो साथीलाई ‘हि ड्रप्र्ड मी एट माइ फ्रेण्ड्स प्यालेस एण्ड आइ एम सेफ । आइ विल कम टुमरो मर्निङ’ भनि म्यासेज पठाइन्। 

त्यसपछि मैले किन यसरी झुट बोलेको, भोलि कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा डन्ट वरी फेरि पनि होस्टेल बाहिरबाट कोही कसैले फोन ग¥यो भने म होस्टेलमा छु भन्छु र होस्टेल भित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन्। उनले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिइन्। तर, उक्त कुरा झुठो बोलेकी रहेछिन् भन्ने कुरा मलाई आभास भयो। त्यसपछि उनले कुरा गर्दै थिइन्। कुरैकुरामा मलाई तपाईंसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईंसँग जान्छु, तपाईंसँगै धेरै कुरा गर्नु छ र मेरा केही व्यक्तिगत कुरा पनि गर्न बाँकी छ भनेकोमा मैले उनलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरिदिन्छु, त्यहीँ गएर तिम्रा कुरा सुन्छु भनी प्रस्ताव राखेको थिएँ। उनले आत्तिंदै त्यहाँ सबै खेलाडी हुन्छन्, त्यसमाथि देव पनि त्यहीँ हुन्छ भन्दै आनाकानी गर्न थालिन्। 

उनी आनाकानी गरेको देखेर ठीकै छ नि त, म भोलि क्रिकेटका लागि बाहिर जानु छ, अरु सबै खेलाडी हायातमा बसेका छन्, मलाई जसरी भए पनि पुग्नुपर्छ। तिमीलाई मैले चिनेको र मलगायत अन्य खेलाडी कहिलेकाँही क्याम्पका लागि जाने होटल काठमाडौं इन मा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एकछिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेलसम्म पुर्‍याइदिनका लागि बिहानै उठेर आउँला भनेको थिए। उनले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल होटल काठमाडौं इनमा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ। होटलमा पुगेपछि मैले उनलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउछु भनेपछि उनी गाडीबाट आफ्नो मोबाइल र मास्क लिइ गइन्। म गाडी पार्किङ गर्न गएको थिएँ। मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा गौशाला २६ ले कोठा चाबी लिइ पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन्। 

त्यसपछि म त्यहीँ कोठामा गएँ, कोठामा पुगी एसी नचेलेको देखी मैले होटलको स्टाफलाई इन्फर्म गरें। त्यसपछि कोठाको एसी बिग्रेको हुनाले गौशाला २६ ले रुम चेन्ज गर्न आग्रह गरिन् । होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब ११ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ। कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसेँ। पछि गौशाला २६ आएर कोठाको ढोका लगाइ भित्रबाट लक गरेकी थिइन्। 

मैले किन ढोका लक गरेको? भन्दा केहीँ हुदैन, इट्स ओके भन्दै जवाफ फर्काइन्। मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्सीमा बसिरहे भने उनी बेडमा बसिन्। कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गइ पुनः कुर्सीमा आइ बसेँ। त्यसपश्चात खेल जीवनका बारेमा उनीसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेण्ड रहेको र छिटै १–२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ। 
त्यसपछि मैले तिम्रो बारेमा भनन त भन्दा मेरो घर नुवाकोट हो तर म वीरगञ्जमा जन्मेकी हुँ। अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु। मेरो बुवा र आमाको सम्बन्ध बिच्छेद भएको छ। मेरा बाबु–आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन। कहिले काठमाडौं त कहिले पोखरा गर्दै बीच–बीचमा विद्यालय परिवर्तन गर्दै अहिले पुनः काठमाडाै‌मा १२ कक्षामा अध्ययन गरेको कुरा उनले मलाई बताइन्। उनले आफ्ना बाबु–आमाका कारण धेरै दुःख पाएको र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको कुरा बताइन्। कुराकानीका क्रममा उनी उदास देखिएकाले मैले डन्ट वरी सब ठीक हुन्छ, दुखी नहोउ भन्ने कुरा गरें। आफ्नो आर्थिक अवस्था ठीक नभएको भन्दै उनले मलाई स्पोन्सरसिपका लागिसमेत कुरा गरेकाले मैले ठीकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ। कुरा गर्दागर्दै उनी फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि उनको अनुहारमा खुसी देखेपछि मलाई पनि खुसी लाग्यो। 

कुराकानी गर्दागर्दै करिब ४ बज्यो। कुराकानी कै क्रममा उनी आफैँले म अहिले १९ वर्षकी भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरूमा सजिलो हुन्छ भनिन्। त्यसपछि उनीमाथि शंका लागि तत्कालै होटल जाने सोच बनाएँ। त्यसपछि मैले उनलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पु¥याइदिन आउँछु भन्दा उनले तपाईं अहिले जाँदा आउँदा एक घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्योभन्दा बरु तपाईं यहीँ बस्नुस, हामी कुराकानी गरौँला भनी आग्रह गरिन् । 

त्यसपछि मलाई उनले भनेको कुरा पनि ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याइदिन्छु भन्दासमेत उनले मलाई अर्को कोठा लिन दिइनन्। उनले मलाई कोठामा एक्लै बस्न डर लाग्छ, तपाईं बरु यहीँ बस्नुस् , हामी यहीँ बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन्। म धेरैबेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन म यहीँ ठीक छु भन्दै उनको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसे र उनी बेडमै थिइन्। 

मेरो मोबाइलमा बिहानको ६ बजेको अर्लाम लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ। बिहान ६ बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा उनी सुतिरहेकी थिइन्। मैले उनलाई उठाएँ। म बाथरुममा गएर फ्रेस भइआएँ। उनलाई तिमी ब्रेकफास्टमा केही लिन्छौ भनी सोधेकोमा उनले तपाईंलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ६ ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौं। 

कोठाबाट सँगै निस्कने क्रममा म भ¥याङबाट छिट्टै तल झरेर पार्किङमा राखेको गाडी लिन गएँ। उनी पनि खुसी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आएर बसिन्। हामी दुवैजना उनको होस्टेलतिर गयौं। मैले उनलाई होस्टेलनजिक छाडिदिएको थिएँ। त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोही साँझ मलगायत मेरो क्रिकेट टिम केन्यातर्फ लागेका थियौं। 

केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो। मैले उनलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस हुनुपर्छ भनेको थिएँ। त्यसपछि उनीसँग मेरो कुराकानी भएको थिएन। ०७९ भदौ २२ मा उनको दाइले मउपर जबरजस्ती करणी मुद्दाको जाहेरी दरखास्त दिएको कुरा थाहा पाएँ।  

उनले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो ब्वाइफ्रेण्डसमेत भएको बताएको हुनाले मैले साथीको नाताले उनीसँग सतर्कता अपनाउनुको साथै उनी उदास भएकोदेखि मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ। होटलको कोठामा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौं। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:०५
  • #सन्दीप लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्