• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

झापा- ३ स्थलगत: गोलधाप चोक जहाँ भइरहन्छ राजा फाल्ने र ल्याउनेको बहस

64x64
डिबी खड्का मंगलबार, कात्तिक १५, २०७९  ०७:२६
1140x725
गोलधाप चोकमा रहेको चिया पसल, जहाँ बिहानदेखि बेलुकीसम्मै स्थानीयहरु चिया पिउँदै राजनीतिक गफमा झुम्मिएका हुन्छन्। तस्बिर: निमेषजंग राई/नेपाल लाइभ

झापा– झापा क्षेत्र नम्बर ३, गोलधाप चोकको दक्षिणतिर एउटा चिया अड्डा छ। जहाँ बिहानदेखि बेलुकीसम्मै बाक्लो उपस्थिति रहन्छ। स्थानीयहरु त्यहाँ जम्मा भएर चियाको भन्दा बढी ‘बात’को उफानमा रमाउँछन्। केही दिनअघि हामी पुग्दा पनि त्यहाँ जमघटको निरन्तरता थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन त्यहीँका स्थानीय हुन्। हामीलाई उनको घर जानु थियो। त्यही जमघट नजिक पुगेर घर जाने बाटो सोध्यौं। चिया जमघट समूहका एक जनाले सुरुमै ठट्टा गरे,  ‘हामी त राजा फाल्ने मान्छे, तपाईंले राजा ल्याउँछु भन्नेको घर सोध्नुभयो।’

हामी हाँस्यौं। उक्त समूह पनि मच्चिएर हाँस्यो। त्यसपछि स्थानीय गोपालप्रसाद चुँडालले बाटो पहिल्याइदिए, ‘यही बाटोबाट दक्षिण लाग्नुभयो भने दुई मिनेटमा पुगिन्छ।’

अर्कोले थपे,  ‘जुन घरमा पर्खाल देख्नुहुन्छ। त्यही घरमा छिर्नुहोला।’

दोस्रो व्यक्तिको संकेत हाम्रा लागि लाभदायी सावित भयो। एमालेको समर्थनमा झापा- ३ का उम्मेदवार रहेका लिङ्देनसँग अन्तर्वार्ता गरेपछि हामी फेरि त्यही चोक फर्कियौं। त्यही पसलमा एकछिन चिया-चमेना खाएर बस्ने निधो भयो। त्यस क्रममा उक्त समूहसँगै गफियौं। 

उक्त समूहको ‘नेतृत्व’ अघि ठट्टा गर्ने चुँडालले नै गरिरहेका थिए। चुनावी हावाले छोइसकेकाले कुराकानीको केन्द्र त्यही थियो। उमेरले ६० पार गरिसकेकाहरुको समूहले हाम्रो घर-गाउँ सोध्यो। काम-काज सोध्यो। हामीले बतायौं। फेरि उनीहरु आफ्नै कुरामा मस्त भए। 

त्यही समूहका टीकाप्रसाद पौडेलले यसपल्ट ‘संविधान लेख्ने (सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला)’ लाई जसरी पनि जिताउनुपर्ने कुरा राखे।
 
चुँडालले थपे, ‘ज्यानमारा माओवादीलाई हेलिकोप्टरमा ल्याएर गिरिजाप्रसादकोमा पसारो। नत्र अहिलेसम्म कति मर्थे होलान्?’ 

पौडेलले थपे, ‘राजा ल्याउँछौं भन्छ, तीनटा सिट तालमेल गर्छ। अब पत्याइँदैन।’ पौडेल २०७४ को निर्वाचनमा एमाले थिए। त्यसैले भोट लिङ्देनलाई गयो। यसपल्ट एकीकृत समाजवादीतिर लागेका रहेछन्। त्यसैले विरोध गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कुराकानीका क्रममा चुँडालले ‘भाइहरुलाई एउटा कुरा भन्छु’ भनेर सबैलाई शान्त रहन भने। हाम्रो ध्यान उनीतिर आकृष्ट भयो। 

तत्कालीन गृहमन्त्री सिटौलाले कास्कीको सिकलेसबाट विद्रोही माओवादीका कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकोप्टरमा राखेर बालुवाटार ल्याएको सबैलाई अवगत नै छ। त्यो बाहेकको ‘विशेष सूचना’ सुनाउन अघि बढे उनी। 

सिटौलाको गृह क्षेत्रका बासिन्दा चुँडालले सिटौलाकै कारण प्रचण्ड शान्ति प्रक्रियामा आएको र युद्ध रोकिएको कुरामा जोड दिए। त्यसलाई प्रमाणित गर्ने दावी पेस गरे, ‘एक भाइकी छोरी प्रचण्डकी बुढी रहिछिन्, अर्को भाइकी छोरी सिटौलाकी बुढी। उनीहरु साढुदाइ र साढुभाइ। दिदीबहिनीले आफ्ना बुढाहरुलाई धेरै दबाब दिए। कोही जान सकेनन्, सिटौलाले गएर ल्याए।’

‘सारीको साइनो’ले शान्ति प्रक्रिया अघि बढाएको उनको दाबीमा उपस्थितहरुबाट काउन्टर आएन। 

हामीले ‘ए हो?’ भन्यौं।

यसरी गणतन्त्र ल्याउने क्रममा ‘सारथि’ बनेका सिटौलाको निर्वाचन क्षेत्रमा अहिले राप्रपा झांगिएको छ। 

२०७४ को निर्वाचनमा माओवादीले समेत राजावादी लिङ्देनलाई भोट हालेपछि सिटौलाले चुनाव हारे।

यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा राप्रपा यसपल्ट दोस्रो ठूलो दल देखिन्छ। राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १५९ मत ल्याएका छन्। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्।

तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन्। 

यो मत परिणामअनुसार लिङ्देन अहिले पनि बलिया छन्। एमाले र राप्रपाको मत जोड्दा ४१ हजार २ सय ७२ मत हुन्छ। कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रसहित साना दलको मत जोड्दा समेत ३६ हजार ९ सय ८२ मात्रै हुन्छ।

२०६४ सालको संविधान सभाको चुनावमा राप्रपाले जम्मा ४६ भोट पाएको त्यहाँ उपस्थितमध्ये एकले उल्लेख गरे। 

‘त्यसो भए अहिले कसरी लिङ्देन यो क्षेत्रमा झन्-झन् शक्तिशाली बन्दैछन् त?,’ हामीले राय बुझ्न खोज्यौं। 

एक जनाले भने-  जातीय भोट आउँछ  नि। 

आफूलाई कट्टर कांग्रेसी बताउने ढकालले लिङ्देनको व्यक्तित्वको प्रशंसा गरे, ‘पढेको छ। डिग्री गरेको छ रे। भलाद्मी छ।’

पौडेलले थपे, ‘बाठो छ। आदिवासी जनजातिकहाँ पुग्दा किराँत भनेर भोट माग्छ। बाहुनकहाँ गएर हिन्दू संस्कार र संस्कृति मास्नेहरु विरुद्ध उठेको भनेर भोट माग्छ। भन्छ- बाहुन (सिटौला) भएर के गर्नु धर्म नासे।’ 

आफूलाई लिङ्देनको ‘क्लासमेट’ बताउने अर्का एक व्यक्ति भने रिसाएका रहेछन्। पोहोरसम्म लिङ्देनलाई सघाएका उनी भन्छन्, ‘जम्मा तीन सिटमा तालमेल गरेर राजा ल्याउने कुरा अब पत्याइन्न। यसपल्ट भोट हालिन्न।’ 

झन्डै एक घन्टा हामी गफिएर बस्यौं। अर्कोपट्टि उमेर ३० वरपर रहेका सचिन राई सुनिबसेका रहेछन्। उनी लिङ्देनका कट्टर समर्थक रहेछन्। त्यसैले ‘गणतन्त्रवादी बुढा’हरुको समूहमा मिसिन चाहेनछन्। चियाको बिल तिर्न जाँदा उनले बोलाएर भने, ‘उहाँहरु हाम्रो गहना हो। सम्मान गर्नुपर्छ। तर कुरा पत्याइहाल्नु हुँदैन।’

उनले बयोवृद्धहरुको सदिक्षा सिटौलाप्रति नै रहेको बताए। ‘यही चोकमा बहस गर्ने हो। चुनावको दिन भोट हाल्न जानुहुन्छ कि हुन्न थाहा छैन,’ उनले बाटो छेउमा पुगेर भने, ‘स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले नै कांग्रेसको भागमा छुट्याएको मत समेत आएन। बुझ्दै जाँदा बुढाहरु भोट हाल्नै गएनछन्।’ 

देशभर प्राय: पाका व्यक्ति राप्रपामा देखिन्छन्। तर उक्त क्षेत्रको माहोल फरक रहेछ। पाकाहरु मात्रै सिटौलातिर, धेरै युवाहरु लिङ्देनतिर। अरु त भइगए, आफ्नै छोरा पनि लिङ्देनको समर्थक रहेको कट्टर कांग्रेसी बताउने चुँडालको गुनासो थियो। 

स्थानीय युवामाझ लिङ्देन लोकप्रिय हुनुको कारण घुलमिल हुन सक्ने उनको स्वभाव रहेको राईले बताए। स्थानीयका अनुसार सिटौला केन्द्रीय राजनीतिमा बढी समय बिताउने भएकाले नयाँ पुस्ताका मतदातासँग दोहोरो सम्बन्धको अभाव छ। लिङ्देनले धेरै समय त्यहीँ बिताएकाले उनी परिचित छन्। त्यसैले लिङ्देन सिटौलाका लागि चुनौती बनेका हुन्। 

सिटौला अहिले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्। त्यहाँ उनी गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताइरहेका छन्। यो निर्वाचन व्यवस्थाको रक्षाका लागि भएकाले इमान्दारिताका साथ सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराइदिन आग्रह गरिरहेका छन्। 

पछिल्ला गतिविधिले गर्दा व्यवस्थाप्रतिको वितृष्णा र मुख्य राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश यहाँ पनि देखिन्छ। राई प्रश्न गर्छन्, ‘जंगलमा हतियार सहित पक्राउ गरेर बुझाइएको अपराधी एउटा नेता (सिटौला)को फोनकलबाट छुट्न सक्ने कस्तो संविधान बनाएको? सुडान घोटालामा प्रहरी वा कर्मचारी दोषी ठहरिने, तर त्यसको नाइके गृहमन्त्रीलाई नछुने कस्तो व्यवस्था ल्याएको?’

यति सुनिसकेपछि हामी त्यहाँबाट बाहिरियौं। गोलधापमा मंसिर ३ सम्म राजतन्त्र फाल्ने र ल्याउने चाहनेबीचको बहस जारी रहनेछ। राजतन्त्र फाल्न सक्रिय भूमिका खेलेका सिटौला र फिर्ता गर्छु भन्नेहरुको नेतृत्वमा रहेका लिङ्देनबीचको प्रतिस्पर्धा रोचक देखिन्छ। दुवैतिर गठबन्धन भएको झापा- ३ को नतिजामा यही अजेन्डाकै बहसले कायापलट ल्याउने सम्भावना भने कमै छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०७:२६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन बुधबार, भदौ १७, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्