• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

२०७४ र २०७९ को कांग्रेस घोषणापत्रबीच तुलना गर्दा...

64x64
ईश्वर बराल शनिबार, कात्तिक १२, २०७९  २३:००
1140x725

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जनतासामु मत माग्नलाई प्रतिज्ञापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सार्वजनिक गरेको घोषणा पत्रको शुरुवातमै ‘कोखदेखि शोकसम्म’भनेर ९ वटा कोठामा प्रतिबद्धताहरूबारे स्पष्ट पारिएको छ। 

यस्तै, विगत पाँच वर्ष र वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका लागि तय गरेका लक्ष्यहरूलाई विश्लेषण गर्दै आसन्न निर्वाचनका लागि नवीनता सहितको निरन्तरताको संकल्पका रुपमा कांग्रेसले प्रस्तुत गरेको छ।

संविधान जारी भएपछिको दोस्रो पटक हुन लागेको निर्वाचनमा कांग्रेसले के अजेण्डा लिएर जान्छ भन्नुको पूर्वसर्तमा ०७४मा भएको निर्वाचनमा कांग्रेसले के भनेर मत मागेको थियो भनेर पनि विश्लेषण गर्नु बाञ्छनीय हुन्छ। 

यद्यपि, २०७४ को निर्वाचनपछि कमजोर प्रतिपक्षीको हैसियतमा पुगेको कांग्रेसले सत्तासुख केवल पछिल्लो १५ महिना मात्र पाएको छ। तर, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्य सञ्चालनका क्रममा गरेका बिर्सनलायक कामले उसले अघिल्ला निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताले प्रथमिकतामा पारेर कार्यन्वयन हुने मौकै पाएनन्।

यसर्थ, कांग्रेसले ०७४ मंसिरमा भएको निर्वाचनका लागि गरेका प्रतिबद्धता र आसन्न निर्वाचनका लागि गरेका प्रतिबद्धताको लेखाजोखा गर्न आवश्यक छ।

०७४ को घोषणापत्रमा प्रतिबद्धता जारी गरेका मुख्य विषयः

१.०७४ मा कांग्रेसले पाँच वर्षभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब र प्रतिव्यक्ति औसत वार्षिक आय १ लाख ५० हजार पुर्याउने बताएको थियो। 

२. आगामी १० वर्षभित्र नेपाललाई एउटा सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने संकल्पका साथ कांग्रेसमा क्रियाशील रहने।

nimb
nimb
Ncell 2
Ncell 2

३. कृषि क्षेत्रबाट विस्थापित हुने जनशक्तिलाई अन्य उत्पादनशील काममा लाग्न तालीम तथा सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने। 

४.१० वर्षमा नेपाल भित्रने पर्यटकहरूको संख्या ३२ लाख पुर्याउने लक्ष्यसहित गुणात्मक वृद्धिमा जोड दिइनेछ।

५. औद्योगिकीकरणका लागि गरिएको अहिलेसम्मको नीतिगत कार्यान्वयनबाट सिकिएको पाठलाई उपयोग गरी बढ्दो व्यापार घाटा घटाउन औद्योगिक पुनजर्नगरणको अभियान थालिने।

६. दुई लेनको बनाइ न्यूनतम ५० किलोमिटर प्रतिघण्टा बाह्रै महिना चलाउन मिल्ने कालोपत्रे गरिने।

७. ५ वर्षभित्र पूर्व–पश्चिम रेलमार्गको दुई सय किमी खण्ड निर्माण गरिने।

यी माथीका मुख्य ७ बुँदालाई सभापति देउवा नेतृत्वकै सरकारले पछिल्लो एक वर्षमा कुनै कार्यन्वयनको प्रक्रियामा लान सकेको छैन। 

०७४को तुलनामा आसन्न निर्वाचनका लागि तयार गरेको प्रतिज्ञापत्र भने अलिक फराकिलो छ। त्यसो त राष्ट्रिय अन्तराष्ट्रिय ख्याती कमाएका प्रतिनिधिको सहभागितामा तयार पारेको भनिएको यो दस्तावेज अंग्रेजी र सहित्यिक शब्दको गठजोडको रुपमा रहेको छ। 

कांग्रेसले यसपालीको आफ्नो प्रतिज्ञापत्रमा भने क्षेत्रगत प्रथमिकता छुट्याएर ५ वर्षे लक्ष्यहरू तय गरेको छ।

१. महिला साक्षरता दर ९५ प्रतिशत पुर्याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत र प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत पुर्याउने। 

२. तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने। बीमा रकम दायरा बढाइ १० लाख पुर्याइने।

३.रोजगारीका सम्भावना बाकेका क्षेत्रहरूमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने। विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गर्ने।

४.माध्यामिक तहसम्मका सम्पूर्ण कक्षाका लागि उपयोगी हुने डिजिटल सिकाइका बहु विधागत प्लेटफर्मको निर्माण गरिने छ। साथै, यस्ता प्लेटफर्म चलाउनका लागि १ देखि १० कक्षासम्मका विद्यार्थीलाई मासिक केही गिगावाट इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने।

५. नेपाललाई सन् २०४५ सम्ममा शून्य कार्बन (नेट जिरो) उत्सर्जन गर्ने राष्ट्र बनाउन वन क्षेत्रको संरक्षण, प्रकृतिमा आधारित पर्यापर्यटन, दिगो कृषि प्रणाली, वनमा आधारित उद्योग व्यवसायको प्रवद्र्धन, जैविक विविधताको संरक्षण, स्थानीय सीप र प्रविधिको विकास र स्वच्छ ऊर्जाको सर्वव्यापी उपयोग गर्ने नीतिगत तथा संस्थागत व्यवस्था गर्ने।

६.आगामी ५ वर्षमा बिद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्याउने।

७. पाँच वर्षभित्र भू–उपयोग नीति तथा ऐन बमोजिम भूमिको वर्गीकरण गरिने छ। प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने।

८. २४ घण्टालाई तीन चरण (आठ–आठ–आठ)मा विभाजन गरी निर्माण परियोजनालाई समयमै सम्पन्न गर्ने नीति अनुसरण गर्ने।

९. आगामी पाँच वर्षमा विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेघावाट बनाइ विद्युतीय ऊर्जामा शतप्रतिशत नेपालीको घरायसी, कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १२ सय युनिट पुर्‍याइने। ५ वर्षमा ४०० केभीको पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने। बुटवल–गोरखपुर अन्तर्राष्ट्रिय विद्युतीय प्रसारण लाइन निर्माण सम्पन्न गरी लम्की–बरेलीलगायत भारतसँग थप तीनवटा र चीनसँग एउटा अन्तर्राष्ट्रिय प्रशारण लाइनको अध्ययनपश्चात लाभदायक देखिएमा पीपीपी मोडलमा आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी निर्माण कार्य शुरु गर्ने।

१०. पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख, पर्यटकको औसत बसाइलाई १३ दिनबाट १५ दिन, प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने।

सरकारकै नेतृत्व गरेपनि ०७४ को प्रतिबद्धतालाई कार्यन्वयनको चरणमा नलगेको कांग्रेसले पछिल्लो प्रतिज्ञाको पालना कसरी गर्छ त्यसका लागि आगामी राजनीतिक परिणामले निदृष्ट गर्ने राजनीतिक विश्लेषकहरूले बताइरहेका छन्।

यो पनि पढ्नुहोस

यौन हिंसा र जातीय विभेद गर्नेलाई पार्टीबाट निकाल्नेदेखि निःशुल्क स्वास्थ्य बीमासम्म


 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २३:००
  • #नेपाली-कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्