• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कांग्रेसको घोषणापत्रमा सामाजिक न्याय:

यौन हिंसा र जातीय विभेद गर्नेलाई पार्टीबाट निकाल्नेदेखि निःशुल्क स्वास्थ्य बीमासम्म

64x64
धनु विश्वकर्मा शनिबार, कात्तिक १२, २०७९  २०:२७
1140x725

काठमाडौं— सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले शनिबार एक कार्यक्रमका बीच अगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। स्थापनाकालदेखि नै आफ्नो पार्टी राजनीतिक र आर्थिक परिवर्तनमात्र नभएर सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पनि प्रमुख संवाहक शक्ति रहेको कांग्रेसले घोषणापत्रमा दाबी गरेको छ। 
 
अन्धविश्वास, रुढीवाद, छुवाछुत र भेदभावरहित समतामूलक समाज निर्माण गर्न राष्ट्रिय अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको घोषणापत्रमा उल्लेख छ। दलितहरूप्रति हुने अमानवीय विभेद र छुवाछुतको अन्त्य, महिलाविरुद्ध हुने हिंसा र विभेदका व्यवहार, गरिब र असहायप्रतिको अपहेलना, जात–जाति र सम्पत्तिका आधारमा सिर्जित सामाजिक असमानताको अन्त्यका लागि आफ्नो पार्टीको नेतृत्वमा २००७ सालदेखि नै हुँदैआएका आन्दोलनहरू ऐतिहासिक प्रमाणका रुपमा रहेको कांग्रेसले जनाएको छ।  

यौन हिंसा र जातिय विभेद गर्नेलाई पार्टीबाटै निष्कासन

राज्यबाट नीतिगत रुपमा भइरहेका सबै प्रकार र आवरणका लैङ्गिक विभेद निर्मूल गर्न लैङ्गिक आधारमा भइहेका सबै असमान कानून तत्काल संशोधन गर्ने उल्लेख गरेको छ।  कुनै पनि प्रकारको सामाजिक विकृति– विसंगति तथा महिला र यौन हिंसामा संलग्न पार्टीका सदस्यलाई तत्काल पार्टीबाट निष्काशन गरी कानूनी कारबाही गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। 

त्यस्तै, जातीय विभेद, यौन हिंसा, छुवाछुत लगायतका अन्य कुनै पनि विभेद गर्ने व्यक्तिलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउने पनि प्रतिबद्धता जनाइएको छ। 

‘महिलामाथि हुने हिंसा, जातीय भेदभाव, छुवाछुत, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुनै पनि कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमा समेत संलग्न नहुने प्रतिवद्धता कांग्रेस गर्दछ,’ घोषणापत्रमा भनिएको छ। 

नेपालमा अझै उचित व्यवस्थापन हुन नसकेका बादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ्ग, राउटे र गन्धर्व जातिका लागि विशेष कार्यक्रम ल्याएर व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ। 

एकीकृत सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म

कांग्रेसले ‘कोखदेखि शोकसम्म’ नामक एकीकृत सामाजिक सुरक्षाको अवधारणा ल्याएको छ।  जसले सबै नागरिकलाई जीवनचक्रको एक वा बढी चरणमा समेट्ने उल्लेख गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सबल स्वास्थ्य, पोषण, शिक्षा र सामाजिक सुरक्षामा राज्यको प्रभावकारी भूमिका, दक्ष जनशक्ति, दिगो वित्तीय सुनिश्चितता र सामुदायिक अपनत्व अवलम्बन गर्ने कांग्रेसले जनाएको छ। 

‘परिवर्तनशील आर्थिक संरचनाहरूमा रोजगारीको प्रकृति, श्रम र पुँजीको प्रतिफल र स्वामित्वको हिस्सा, विहेवारी एवं सन्तानमा गरिने फरक लगानीका कारण पनि असमानता बढ्दै गएकाले तिनको न्यूनीकरण गर्ने प्रयत्न गरिने छ,’ कांग्रेसले भनेको छ।

आमाका लागि हजार दिनसम्म पोषण कुपन

प्रजनन् छनोटको स्वतन्त्रताको प्रत्याभूति गराउने र युवा–युवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सेवा दिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ। गर्भावस्थामा निःशुल्क परीक्षण र परामर्श गराउने र गर्भवतीका लागि निःशुल्क पोषणको प्याकेज ल्याउने बताइएको छ। 

निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा, पाँच हजार सुत्केरी भत्ता र सुत्केरी आमा पाषिलो खानाअन्तर्गत आमा र शिशुका लागि एक हजार दिनसम्म पोषण कुपनको व्यवस्था गर्ने। बाल विकासमा निशुल्क खोप तथा पोषण प्याकेज तीन वर्षमुनिका बालवालिकालाई निःशुल्क उपचार र शिशु स्याहार केन्द्र र दिवा खाजाको व्यवस्थापन गरिने पनि घोषणापत्रमा जनाइएको छ। 

निःशुल्क शिक्षा र स्वास्थ्य बीमा

निःशुल्क आधारभूत तथा माध्यमिक शिक्षा, दलित र विपन्न विद्यार्थीका लागि उच्च शिक्षासम्म विशेष सहयोग र छात्रवृत्ति, प्राविधिक शिक्षा सहायता र छात्रवृत्ति कार्यक्रम र शैक्षिक संस्थामा आवास, खाना, पोसाक, छात्रवृत्ति र प्रोत्साहन (साइकल, ल्यापटप) ल्याउने घोषणापत्रमा उल्लेख छ।

सबै नागरिकलाई स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लगायतलाई निःशुल्क स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा खल्तीको पैसा खर्च कम गर्न विशेष व्यवस्था गर्ने जनाइएको छ। 

दलित परिवारमा एक सदस्यलाई स्वदेशी वा वैदेशिक रोजगारको व्यवस्था

सबै युवा–युवतीलाई सम्मानित रोजगार, तरुण सीप वृत्ति वा पूर्णकालीन शिक्षा दिने। स्वरोजगार सहुलियत कार्यक्रम (एकल महिला तथा अपाङ्गता भएका नागरिकद्जारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत सरकारको तर्फबाट योगदान) गरिने जनाएको छ।  विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गराउने घोषणापत्रमा उल्लेख छ।

सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित निवृत्तिभरण दिने उल्लेख गरिएको छ। दलित समुदायको परिवारको एक सदस्यलाई स्वदेशी वा वैदेशिक रोजगारीको व्यवस्थापन गर्ने। सबै श्रमिकको संचय कोष र उपदानको प्रत्याभूति गराउने। दलित समुदायको परम्परागत सीप प्रवद्र्धनमा सहयोग गर्ने  र वैदेशिक रोजगारमा संलग्नका लागि लाभांश दिने रेमिट परियोजना ल्याउने घोषणापत्रमा जनाइएको छ। 

जेष्ठ नागरिकलाई, सुविधै–सुविधा, मुत्यु संस्कारका लागि १० हजार

६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ।  ६८ वर्षभन्दा माथिका सबैलाई जेष्ठ नागरिक भत्ता दिने र ७३ वर्ष माथिका सबैलाई निःशुल्क उपचार गराउने कांग्रेसले जनाएको छ।  

जेष्ठ नागरिक सत्संग केन्द्र, जेष्ठ नागरिक उपचार खर्च र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलव्ध गराउने उल्लेख गरिएको छ। विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा स्थानीय सरकारमार्फत मृत्यु संस्कारस्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने कांग्रेसले घोषणा गरेको छ। 

यो पनि पढ्नुहोस

कांग्रेसको ५ वर्षे प्रतिज्ञा १० बुँदामा नियाल्दा

 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २०:२७
  • #नेपाली-कांग्रेस
  • #निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्