• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कांग्रेसको घोषणापत्रमा सामाजिक न्याय:

यौन हिंसा र जातीय विभेद गर्नेलाई पार्टीबाट निकाल्नेदेखि निःशुल्क स्वास्थ्य बीमासम्म

64x64
धनु विश्वकर्मा शनिबार, कात्तिक १२, २०७९  २०:२७
1140x725

काठमाडौं— सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले शनिबार एक कार्यक्रमका बीच अगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। स्थापनाकालदेखि नै आफ्नो पार्टी राजनीतिक र आर्थिक परिवर्तनमात्र नभएर सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पनि प्रमुख संवाहक शक्ति रहेको कांग्रेसले घोषणापत्रमा दाबी गरेको छ। 
 
अन्धविश्वास, रुढीवाद, छुवाछुत र भेदभावरहित समतामूलक समाज निर्माण गर्न राष्ट्रिय अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको घोषणापत्रमा उल्लेख छ। दलितहरूप्रति हुने अमानवीय विभेद र छुवाछुतको अन्त्य, महिलाविरुद्ध हुने हिंसा र विभेदका व्यवहार, गरिब र असहायप्रतिको अपहेलना, जात–जाति र सम्पत्तिका आधारमा सिर्जित सामाजिक असमानताको अन्त्यका लागि आफ्नो पार्टीको नेतृत्वमा २००७ सालदेखि नै हुँदैआएका आन्दोलनहरू ऐतिहासिक प्रमाणका रुपमा रहेको कांग्रेसले जनाएको छ।  

यौन हिंसा र जातिय विभेद गर्नेलाई पार्टीबाटै निष्कासन

राज्यबाट नीतिगत रुपमा भइरहेका सबै प्रकार र आवरणका लैङ्गिक विभेद निर्मूल गर्न लैङ्गिक आधारमा भइहेका सबै असमान कानून तत्काल संशोधन गर्ने उल्लेख गरेको छ।  कुनै पनि प्रकारको सामाजिक विकृति– विसंगति तथा महिला र यौन हिंसामा संलग्न पार्टीका सदस्यलाई तत्काल पार्टीबाट निष्काशन गरी कानूनी कारबाही गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। 

त्यस्तै, जातीय विभेद, यौन हिंसा, छुवाछुत लगायतका अन्य कुनै पनि विभेद गर्ने व्यक्तिलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउने पनि प्रतिबद्धता जनाइएको छ। 

‘महिलामाथि हुने हिंसा, जातीय भेदभाव, छुवाछुत, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुनै पनि कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमा समेत संलग्न नहुने प्रतिवद्धता कांग्रेस गर्दछ,’ घोषणापत्रमा भनिएको छ। 

नेपालमा अझै उचित व्यवस्थापन हुन नसकेका बादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ्ग, राउटे र गन्धर्व जातिका लागि विशेष कार्यक्रम ल्याएर व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ। 

एकीकृत सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म

कांग्रेसले ‘कोखदेखि शोकसम्म’ नामक एकीकृत सामाजिक सुरक्षाको अवधारणा ल्याएको छ।  जसले सबै नागरिकलाई जीवनचक्रको एक वा बढी चरणमा समेट्ने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2

सबल स्वास्थ्य, पोषण, शिक्षा र सामाजिक सुरक्षामा राज्यको प्रभावकारी भूमिका, दक्ष जनशक्ति, दिगो वित्तीय सुनिश्चितता र सामुदायिक अपनत्व अवलम्बन गर्ने कांग्रेसले जनाएको छ। 

‘परिवर्तनशील आर्थिक संरचनाहरूमा रोजगारीको प्रकृति, श्रम र पुँजीको प्रतिफल र स्वामित्वको हिस्सा, विहेवारी एवं सन्तानमा गरिने फरक लगानीका कारण पनि असमानता बढ्दै गएकाले तिनको न्यूनीकरण गर्ने प्रयत्न गरिने छ,’ कांग्रेसले भनेको छ।

आमाका लागि हजार दिनसम्म पोषण कुपन

प्रजनन् छनोटको स्वतन्त्रताको प्रत्याभूति गराउने र युवा–युवतीलाई निःशुल्क प्रजनन् स्वास्थ्य शिक्षा र सेवा दिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ। गर्भावस्थामा निःशुल्क परीक्षण र परामर्श गराउने र गर्भवतीका लागि निःशुल्क पोषणको प्याकेज ल्याउने बताइएको छ। 

निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा, पाँच हजार सुत्केरी भत्ता र सुत्केरी आमा पाषिलो खानाअन्तर्गत आमा र शिशुका लागि एक हजार दिनसम्म पोषण कुपनको व्यवस्था गर्ने। बाल विकासमा निशुल्क खोप तथा पोषण प्याकेज तीन वर्षमुनिका बालवालिकालाई निःशुल्क उपचार र शिशु स्याहार केन्द्र र दिवा खाजाको व्यवस्थापन गरिने पनि घोषणापत्रमा जनाइएको छ। 

निःशुल्क शिक्षा र स्वास्थ्य बीमा

निःशुल्क आधारभूत तथा माध्यमिक शिक्षा, दलित र विपन्न विद्यार्थीका लागि उच्च शिक्षासम्म विशेष सहयोग र छात्रवृत्ति, प्राविधिक शिक्षा सहायता र छात्रवृत्ति कार्यक्रम र शैक्षिक संस्थामा आवास, खाना, पोसाक, छात्रवृत्ति र प्रोत्साहन (साइकल, ल्यापटप) ल्याउने घोषणापत्रमा उल्लेख छ।

सबै नागरिकलाई स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लगायतलाई निःशुल्क स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा खल्तीको पैसा खर्च कम गर्न विशेष व्यवस्था गर्ने जनाइएको छ। 

दलित परिवारमा एक सदस्यलाई स्वदेशी वा वैदेशिक रोजगारको व्यवस्था

सबै युवा–युवतीलाई सम्मानित रोजगार, तरुण सीप वृत्ति वा पूर्णकालीन शिक्षा दिने। स्वरोजगार सहुलियत कार्यक्रम (एकल महिला तथा अपाङ्गता भएका नागरिकद्जारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत सरकारको तर्फबाट योगदान) गरिने जनाएको छ।  विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गराउने घोषणापत्रमा उल्लेख छ।

सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित निवृत्तिभरण दिने उल्लेख गरिएको छ। दलित समुदायको परिवारको एक सदस्यलाई स्वदेशी वा वैदेशिक रोजगारीको व्यवस्थापन गर्ने। सबै श्रमिकको संचय कोष र उपदानको प्रत्याभूति गराउने। दलित समुदायको परम्परागत सीप प्रवद्र्धनमा सहयोग गर्ने  र वैदेशिक रोजगारमा संलग्नका लागि लाभांश दिने रेमिट परियोजना ल्याउने घोषणापत्रमा जनाइएको छ। 

जेष्ठ नागरिकलाई, सुविधै–सुविधा, मुत्यु संस्कारका लागि १० हजार

६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ।  ६८ वर्षभन्दा माथिका सबैलाई जेष्ठ नागरिक भत्ता दिने र ७३ वर्ष माथिका सबैलाई निःशुल्क उपचार गराउने कांग्रेसले जनाएको छ।  

जेष्ठ नागरिक सत्संग केन्द्र, जेष्ठ नागरिक उपचार खर्च र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलव्ध गराउने उल्लेख गरिएको छ। विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा स्थानीय सरकारमार्फत मृत्यु संस्कारस्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने कांग्रेसले घोषणा गरेको छ। 

यो पनि पढ्नुहोस

कांग्रेसको ५ वर्षे प्रतिज्ञा १० बुँदामा नियाल्दा

 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  २०:२७
  • #नेपाली-कांग्रेस
  • #निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
परराष्ट्र मन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट सोमबार, माघ १२, २०८२
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
स्कुल बसले किच्दा बालिकाको मृत्यु सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्