काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवार घोषणा गरेका छन्।
शुक्रबार उनीहरूले सूची जारी गर्दै आफ्ना आधिकारिक उम्मेदवार सार्वजनिक गरेका हुन्।
कतिपय स्थानमा बागी उम्मेदवार परेको र दोहोरो दाबी पनि परेका कारण अन्यौल उत्पन्न भएको थियो। यो गठबन्धनसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि तालमेल गरेको छ।
केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा हुने उनीहरूले शुक्रबार नै सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
रुपन्देही १ मा घनश्याम भुसाल तथा रौतहट– २ मा प्रभु साहलाई आधिकारिक उम्मेदवार भनिएको छ।
रुपन्देही– २ मा जनमुक्ति पार्टीका केशवबहादुर थापालाई आधिकारिक भनिएको छ तर राजमोले भने उनलाई समर्थन नगरेको भनिएको छ।
काठमाडौं– १० मा राजेन्द्रकुमार केसी र अन्जना विशंखेबीच मित्रवत् प्रतिपर्धा हुनेछ। सर्लाही– २ मा पनि महिन्द्र राय यादव र राजेन्द्र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने भनिएको छ।
उम्मेदवारको सूचीसहितको विज्ञप्ति:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।