• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुनसरी- ४ स्थलगत : कामबाट झनै प्रभावशाली बनेका कार्की 

64x64
डिबी खड्का शुक्रबार, कात्तिक ११, २०७९  १८:४६
1140x725

इनरुवा– ‘सोचलके बहुत, कर नसकल कोही, कौन कार्की छे दुई लाख (अर्की महिलाले थपिन्- दुई करोड) बजेटसे पुला बनाउँदै छ रे,’ सुनसरी- ४ खुनियाँ खोलामा भेटिएकी दौलतीदेवी भारदार मैथिलीमा अलिकति मात्रै नेपाली मिसाएर बोलिन्। 

उनले बोलेका शब्दको नेपाली अर्थ हुने रहेछ- धेरैले सोचे, तर कसैले सकेनन्। कोही कार्की भन्ने छ, उसले दुई करोड बजेटमा पुल बनाउँदै छ रे। 

उक्त क्षेत्रका बस्ती डुल्ने क्रममा गाडीबाटै पारी जाने बाटो सोध्यौं। स्थानीयहरुले पुल नबनेका कारण गाडी नजाने भन्दै गुनासोका पोका खोल्न थाले। त्यही क्रममा भारदारले दिएको उत्तर हो यो।

Sunsari_4_bhokraha1666946675.jpg

उनले ‘कोही कार्की’ भनेका व्यक्ति सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा उक्त क्षेत्रबाट यसअघि प्रतिनिधि सभामा निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की हुन्। यसअघि ‘सुरज छाप’ मा मतदान गरेको बताउने भारदारलाई ‘गाछी’बाट निर्वाचित आफ्नै क्षेत्रका पूर्व सांसद तथा मन्त्री कार्कीबारे उति जानकारी रहेनछ। तर उक्त खोलामा दुई करोड लागत बराबरको पुल बनाउन बजेट विनियोजन कार्कीकै पहलमा भइसकेको कसैले सुनाइदिएको रहेछ। 

हिँउदमा बाँसको अस्थायी पुल बनाएर स्थानीयहरु वारपार गरिरहेका छन्। तर बर्खामा त्यही पुल पनि रहँदैन। घरखेती मात्रै होइन, स्कूल समेत खोला पारी रहेको उनीहरुले बताए। त्यसले बर्खामा उनीहरुको आवागमन अवरुद्ध हुने उनीसँगै उभिएकी अरुलियादेवि मलाहाले सुनाइन्। उपस्थित महिलामध्ये नेपालीमा कुरा गर्न सक्ने अरुलियादेविले बच्चाहरु स्कुल जाँदासमेत डुब्ने गरेको भन्दै उक्त पुल बनाइदिए ठूलो राहत मिल्ने बताइन्। बजेट छुट्याइसकेर ठेक्का प्रक्रियामा गएको गाइँगुइँ सुनेकी उनले आगामी दिन सहज हुने आशा गरिन्। 

कुनै समय भोजपुरबाट प्रतिनिधि सभा निर्वाचन लड्ने कार्की २०७४ देखि यो क्षेत्रबाट चुनाव लड्न थालेका हुन्। बराह क्षेत्र नगरपालिकाको प्रकाशपुरमा पुर्ख्यौली जग्गाजमिन रहेका उनले उक्त क्षेत्रमा कामबाटै पहिचान बनाउन खोजेको देखिन्छ। सुनसरी- ४ का सडक, पुल, विजुली, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पछिल्ला ५ वर्षमा प्रशस्त काम भएको स्थानीयहरु बताउँछन्।

Gyanendra_karki_21666946673.jpg

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय राजनीतिमा समेत प्रभाव जमाएका कार्कीको पहुँचका कारण उक्त क्षेत्रमा विकास बजेट पुगेको त्यहाँ सडकहरुमा गुड्दा समेत थाहा लाग्ने स्थानीयहरु बताउँछन्। कुनै समय हिलाम्मे बाटाहरु अहिले चिल्लो पीच सडकमा बदलिएको स्थानीय मोहम्मद फिरोज अन्सारीले बताए।

हरिनगर गाउँपालिकाको वडा नम्बर १ स्थित  खेतमा काम गरिरहेका किसान अन्सारी सडक किनारमा हाम्रो गाडी रोकिएपछि कुराकानी गर्न आइपुगे। उनी नगरपालिका वा अरु कुनै सरकारी अड्डाका कर्मचारी आएको अनुमान लगाएर सडकमा उक्लिएका रहेछन्। आफ्नो घर अगाडिको बिजुली पोलको बत्ति बिग्रेको गुनासो सुनाए। उनको त्यो गुनासोसँगै सांसदले काम गरेनगरेको विषयमा जान्न खोज्यौं। उनले आफू उभिएको हुलाकी राजमार्गको पिच देखाउँदै भने, ‘पाँच वर्षअघि आउनुभयो भने यो बाटोमा हिलोमा गाडी फस्थ्यो। अहिले काम राम्रै भएको छ। फुलचोकदेखि विराटनगरसम्म यस्तै राम्रो बाटो छ।’ यसबाहेक पनि आफ्नो क्षेत्रका विभिन्न सडक बनेको उनले बताए।

Hulaki_Highway_sunsari1666946674.jpg
हुलाकी राजमार्ग

उनको घरदेखि केही किलोमिटर पर कोशी गाउँपालिका वडा नम्बर १ लौकहीमा ‘प्रदेशकै ठूलो’ टाउन हल निर्माणाधीन रहेको समेत उनले जानकारी दिए। नयाँ उम्मेदवार जिताउने कि पुरानैलाई भोट दिने? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘नयाँ अब कुनलाई छान्ने? पुरानोले विकास सिकास गर्‍यो। भुटाहा-घुस्की रोड बन्यो। बोर्डरसम्मै रोड बनेको छ। केन्द्रकै बजेटले बनेको हो।’ 

सुनसरी- ३ को विकासका लागि कार्कीको सक्रियता देखेपछि अन्य पार्टीमा रहेका पनि कांग्रेसतिर आकर्षित भएका भेटिन्छन्। माओवादी कार्यकर्ताका रुपमा २२ वर्ष बिताएका इनरुवाको माझीटोलका सूर्यनारायण यादव उक्त टोलका नेता हुन्। उनी स्थानीयका लागि चन्दा मागेर समेत सहयोग गर्न पछि नपर्ने सामाजिक कार्यकर्ता हुन्। कांग्रेस र त्यसमा पनि कार्कीसँग निकट सम्बन्ध नभएका कारण टोल पछि परेको महसुस भएपछि उनी कांग्रेसमा प्रवेश गरेका छन्। केही दिनअघि हामी उक्त क्षेत्रमा पुग्दा यादव ६५ परिवारसहित कांग्रेस प्रवेश गर्दै थिए। 

City_hall_Laukahi1666946672.jpg
टाउन हल

बाटो नजिकै सुरक्षाकर्मी र सर्वसाधारणको जमघट देखेपछि हामी कार्यक्रम स्थलतर्फ लागेका थियौं। भर्खरै कार्कीको हातबाट टिका लगाएर कांग्रेस प्रवेश गरेका यादवले भने, ‘मैले  आफ्नो टोलको विकासका लागि सक्दो प्रयास गरें। मैले भिख मागेर भएपनि ७० परिवारको स्वास्थ्य बीमा गराएँ। तर मेरो प्रयासले मात्रै हुँदैन। त्यसैले कांग्रेस प्रवेश गरेको छु। अब मन्त्रीज्यूले हेरिदिनुपर्‍यो। गर्न त पहिला पनि केही काम गर्नुभयो। नचिनेर गर्नुभयो। अब चिनेर गरिदिनुपर्छ।’

त्यही कार्यक्रममा मन्त्री कार्कीले छोटो भनाइ राखे। अल्पाभाषी कार्कीको भनाइ थियो, ‘यो मेरो आफ्नो ठाउँ हो। दुईटा इँटा नि कहीँ भेटाए भनेपनि  यहीँ ल्याउँछु।’

जन्मथलो भोजपुर छाडेर कर्मथलो सुनसरी बनाएको पहिलो वर्षमै कार्कीले राम्रो मतान्तरले जित हात पारे। वाम गठबन्धन हुँदा समेत लगभग ६ हजार मतको अन्तरले जितेका कार्की त्यही गुनबाट ओतप्रोत भएर विकासदेखि सामाजिक काममा समेत सरिक हुने गरेको स्थानीयहरु बताउँछन्। केन्द्रीय राजनीतिमा समेत महत्वपूर्ण जिम्मेवारी पाइरहने उनी स्‍थानीयका दु:खसुखमा सरिक हुन बिहान आएर बेलुकी काठमाडौं नै फर्किनेगरी समेत पुग्ने गरेका छन्।   

Gyanendra_karki_51666946674.jpg

आफू एमालेको शुभचिन्तक रहेको बताउने सप्तकोशी बहुमुखी कलेजका एक कर्मचारीले पनि कार्कीको प्रशंसा गरे। कार्कीकै जोडबलमा कलेजमा डेढ करोड बजेट आएको बताउँदै नयाँ भवन बनिरहेको ठाउँ देखाए। कार्कीले त्यहाँका स्कूल कलेजका साथै केही गरिब तथा जेहेन्दार विद्यार्थीलाई व्यक्तिगत रुपमा छात्रवृत्ति समेत दिने गरेका रहेछन्।  बराह क्षेत्र  वडा नम्बर ९ पूर्वटोलका अंगत चन्द्रवंशीसहित १४ जना कार्कीको सहयोगमा पढेका रहेछन्। अंगतले विज्ञान संकायमा कक्षा ११ र १२ मन्त्री कार्कीकै सहयोगमा अध्ययन गरेको बताए। उनले भने, ‘उहाँकै सहयोगले मैले प्लस टू साइन्सबाट क्लियर गर्न पाएँ।’

पढाइमा लगनशील भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्यामा परेका चन्द्रवंशीका विषयमा कार्कीले सुनेपछि सहयोग गरेको छिमेकी मिथुन चन्द्रवंशीले जानकारी दिए। आफूलाई आगामी अध्ययनका लागि पनि सघाउने बाचा कार्कीले गरेको अंगतले जानकारी दिए। 

त्यसैगरी बराह क्षेत्रको बांगेस्थित पिपलबोटमुनि बसिरहेका घोपा मेडिकल कलेज जाने टेम्पोचालक विकास राइले उक्त बाटो बन्न लागेको जानकारी पाएको बताए, तर काम सुरु नभएकोमा गुनासो गरे। ठट्यौला उनले भने,  ‘भाडा महंगो भयो भनेर सुरुमा यात्रुहरु हामीसँग रिसाउँछन्। आधा बाटो पुगेपछि भने हामीलाई होइन, नेताहरुलाई गाली गर्न थाल्छन्। अब पिच बनाउन ठेक्का लागेको सुनेका छौं। सजिलो हुन्छ कि?’

Road_in_Construction1666946675.jpg
निर्माणाधीन सडक

श्रीलंका टापुका रुपमा चिनिने कोशी पारीको बस्तीले झन्डै ४० वर्ष कोशी वारीको झिलिमिली मात्रै हेर्‍यो। नजिकैको बराह क्षेत्र उज्यालो भएको पनि २५ वर्ष पुगिसकेको थियो, तर सप्तकोशीको भंगालोले घेरेको उक्त टापुमा बिजुली पुग्न सकेन। नेताहरु भोट माग्न जाँदा सधैं त्यहाँका बासिन्दाले बत्ति मागे। तर, भोट पाएपछि बिर्सिए। कार्कीले अघिल्लो चुनावमा बिजुली पुर्‍याउने बाचा गरेका थिए। झन्डै २ करोड लागतमा टापुमा बिजुली पुगेको स्थानीय बताउँछन्। कोशी टप्पु क्षेत्रमा हुने हात्तिको आतंक रोक्न गाडीको व्यवस्था भएको र जंगली जनावरको आक्रमणबाट ज्यान जाँदा सरकारले दिने रू ५ लाख बढाएर १० लाख पुर्‍याइएको स्थानीय बताउँछन्। 

Sunsari_4_candidate_karki_and1666946675.jpg
प्रदेश सभा सदस्यका उम्मेदवारद्वय इसराइल अन्सारी र षडानन्द मण्डलका साथ कार्की (बीचमा)

प्रकाशपुरमा भेटिएका मानिक कविरथ कार्कीकै कामबाट प्रभावित भएर आफ्नो बराह क्षेत्र नगरपालिकामा कांग्रेसले जितेको दाबी गर्छन्। उनले भने, ‘१०-१५ वर्षदेखि एमालेले नै जितेको छ, केही पनि गरेको छैन भनेर पोहरदेखि हाम्रो गाउँको धेरै मान्छे यता (कांग्रेस) तिर लागेको छ। यसले चाहिँ काम गर्छ कि भनेर अर्को पार्टीको आधि मान्छे कांग्रेसतिर लागेको छ।’


तस्बिरहरु: निमेषजंग राई

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १८:४६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्