• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकमा ‘विभेद’ भोगेपछि प्रत्यक्ष चुनाव लड्न ‘विद्रोह’ गरेकी अञ्जना

64x64
धनु विश्वकर्मा शुक्रबार, कात्तिक ११, २०७९  १२:५०
1140x725

काठमाडौं– सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगिएर उम्मेदवार ‘फाइनल’ गर्ने क्रममा चर्को असन्तुष्टि चुलिएको थियो, दलित लगायत उपेक्षित जाति, क्षेत्र र समुदायलाई ‘उपेक्षा’ गरिएको भन्दै। त्यतिबेला गठबन्धन दलका केही दलित, जनजाति र उपेक्षित समुदायका नेताहरुबाट ‘विद्रोह’ को चेतावनी पनि व्यक्त भइरहेको थियो, सामाजिक सञ्जालहरुमा। त्यही प्रसँगमा नेपाल लाइभले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मालाई प्रश्न गरेको थियो– तपाईंले किन विद्रोह गर्न सक्नुभएन?

विश्वकर्माको जवाफ थियो– ‘अन्य समुदायमा टिकट बाँड्ने पनि उही, विद्रोह गर्ने पनि उही हुने। हामीले चुनौती (जोखिम) मोल्न सकेनौं।’

गठबन्धनको घटक माओवादी केन्द्रकी अञ्जना विशंखेले भने ‘उपेक्षा’ सहेर बस्न मानिनन्। उनले गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्ने निर्णय लिइन् र काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिइन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनमा सिटहरुको भागबण्डा मिलाइँदा काठमाडौं क्षेत्र नम्बर १० कांग्रेसको भागमा पर्‍यो। कांग्रेसले राजेन्द्र कुमार केसीलाई उम्मेदवार बनायो। 

नेकपा माओवादी केन्द्रको स्थानीय समितिले अञ्जनाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको थियो। गठबन्धनमा भागबण्डा हुँदा उक्त क्षेत्र कांग्रेसको भागमा परे पनि अञ्जना उम्मेदवार बन्ने अडानबाट पछि हटिनन् ।

‘१० वर्षसम्म कांग्रेसको कार्यकाल जनताले हेर्‍यो। अब त्यो अवसर हामीले पाउनुपर्छ भन्दा मानेनन्,’ अञ्जना भन्छिन्। 

सीमान्तकृत समुदायले हार्छ भन्ने भाष्य चिर्नका लागि पनि आफू उम्मेदवार बनेको उनको भनाइ छ। ‘लामो समय सामन्ती व्यवस्थासँग अभ्यस्त भएर होला उत्पीडितलाई सजिलै स्वीकार गर्न सकेका छैनन्,’ अञ्जना भन्छिन्, ‘अन्यले विद्रोह गर्दा पनि केहि हुन्न, तर हामीले गर्दा पहाड खस्छ।’

अञ्जनासँगै काठमाडौं १० मा कांग्रेसका राजेन्द्र कुमार केसी, एमालेका हिमेश केसीसहित १८ जना प्रतिस्पर्धामा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘काठमाडौंको कर्णालीको मुहार फेर्छु’ 
अञ्जना पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय अजेण्डालाई आत्मसात गर्दै जनतामा गइरहेको बताउँछिन्। गौरवका आयोजनाहरुको परिकल्पना, सुशासनको प्रत्याभूति, लोडसेटिङको अन्त्य, भ्रष्टाचारमा शून्य सहनशीलता, उपेक्षित जाति, भाषा, क्षेत्र र लिङ्गको मुक्ति, धर्मनिरपेक्ष राज्यव्यवस्था, समानुपातिक प्रणालीको स्थापना, गणतन्त्रको स्थापना र सामन्ती राजतन्त्रको अन्त्य  माओवादीकै पहलबाट भएको बताउँछिन् उनी। 

‘माओवादीको अभियानबाट अहिलेसम्म प्राप्त भएका उपलब्धि, तिनको रक्षा र भविष्यका योजना पेस गर्दै जनतामाझ गइरहेकी छु,’ अञ्जना भन्छिन्। 

राष्ट्रलाई समाजवाद अन्मुख बनाउने संविधान ल्याइए पनि त्यसको कार्यान्वयन गर्ने कानुन भने निर्माण हुन नसकेको उनी बताउँछिन्। आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ‘... समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ भन्ने संविधानको लक्ष्य प्राप्त गर्नेगरी कानुन निर्माण गर्न लाग्ने उनको भनाइ छ। 

उनी २०७४ मा पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद भइन्। तर समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदका बीचको ‘विभेदको खाडल’ देखेर आफू प्रत्यक्ष चुनाव लड्ने निर्णयमा पुगेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘समानुपातिक भन्दा कसैले वास्ता नगर्ने देखेर हैरान थिए।’ 

Xtrem

Xtrem

प्रत्यक्ष निर्वाचित भए शक्ति आर्जन हुन्छ। जसले गर्दा काम गर्न झन सहज हुने उनको बुझाइ छ।  ‘प्रत्यक्ष सांसद हुँदा मेरो बोली बिक्छ,’ उनी भन्छिन्। 

आफू उम्मेदवार रहेको (काठमाडौं १०) मा अहिले पर्यावरण जोगाउने विषय मुख्य चुनौती रहेको उनी बताउँछिन्। यस्तै, शिक्षा र स्वास्थ्यको समस्या पनि छ।  

‘काठमाडौंको कर्णाली भनिने भूगोल पनि यहाँ छ। दूरदराजमा शिक्षा र स्वास्थ्यको समस्या छ। यहीँ जन्मेर, हुर्केर यहाँका समस्या नजिकबाट बुझेकी छु, भोगेकी छु। यहाँका समस्यासँग परिचित भएका कारण त्यसको समाधानका योजना पनि छन्,’ उनी भन्छिन्। 

काठमाडौं १० पर्यावरणीय, पर्यटकीय र सम्पदाका दृष्टिकोणले धनी रहेको उल्लेख गर्दै यहाँका विविध सम्भावनाको प्रवर्द्धनमा आफ्नो भूमिका रहने उनी बताउँछिन्। ‘नेवा भाषा सँस्कृति आफैंमा ठूलो सम्पती हो। नेवार समुदायलाई नजिकबाट जाने बुझेको छु,’ उनी भन्छन्। 

काठमाडौं–१० लाई हाइकिङ र छोटो ट्रेकिङको गन्तव्य बनाउने पनि उनको योजना छ। ‘काठमाडौंका अरु ठाउँ हेर्दा मुस्किलले कतै कतै रुख देख्न पाइन्छ। यहाँ हरियाली छ। यही हरियालीलाई कायम गरी, अझ विकास गरी काठमाडौंको पर्यावरणीय सन्तुलनलाई जोगाउनु छ,’ अञ्जना भन्छिन्, ‘यहाँ हाइकिङ र छोटो ट्रेकिङ रुटको विकास गर्न सकिने सम्भावना छ, जसमार्फत् आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकियोस्।’

‘कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ भनेको आत्मर्निभर अर्थतन्त्रको विकास गर्ने पहिलो ठाउँ हो। महिलाहरु सीपमूलक कामसँग जोडिएका छन्,’ उनी भन्छिन्, ‘म यस्ता खालका विकास योजनालाइ बजारीकरणसँग जोड्छु।’ 

प्रतिस्पर्धीबारे मूल्याङ्कन: समय परिवर्तनशील छ
काठमाडौं १० बाट आगामी निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका राजन केसी (राजेन्द्र केसी) लगातार दुईपटक निर्वाचन जितेका व्यक्ति हुन्। तर अञ्जना भने केसीले केही काम गर्न नसकेका कारण जनताले परिवर्तन चाहेको बताउँछिन्। 

‘उहाँ (राजन केसी) यो क्षेत्रबाट दुईपटक सांसद भइसक्नुभयो। तर, कीर्तिपुरका जनतालाई खानेपानीको व्यवस्था समेत उहाँले गर्नसक्नुभएन। लालपूर्जाविहीनका समस्या उस्तै छन्। जनतालाई पर्यावरणसँग जोड्ने कुनै काम उहाँबाट हुन सकेन,’ अञ्जना भन्छिन्। 

जनताले परिवर्तन चाहेकाले आफू त्यसका लागि ‘लायक’ भएको उनी बताउँछिन्। ‘प्रतिस्पर्धा व्यक्तिसँग भन्दा पनि अजेन्डा, कार्यक्रम र कार्यान्वयनको योजनासँग हुने हो। त्यस हिसाबले अन्य उम्मेदवारलाई मैले प्रतिस्पर्धी मानेकी छैन,’ उनी भन्छिन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १२:५०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्