• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकमा ‘विभेद’ भोगेपछि प्रत्यक्ष चुनाव लड्न ‘विद्रोह’ गरेकी अञ्जना

64x64
धनु विश्वकर्मा शुक्रबार, कात्तिक ११, २०७९  १२:५०
1140x725

काठमाडौं– सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगिएर उम्मेदवार ‘फाइनल’ गर्ने क्रममा चर्को असन्तुष्टि चुलिएको थियो, दलित लगायत उपेक्षित जाति, क्षेत्र र समुदायलाई ‘उपेक्षा’ गरिएको भन्दै। त्यतिबेला गठबन्धन दलका केही दलित, जनजाति र उपेक्षित समुदायका नेताहरुबाट ‘विद्रोह’ को चेतावनी पनि व्यक्त भइरहेको थियो, सामाजिक सञ्जालहरुमा। त्यही प्रसँगमा नेपाल लाइभले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मालाई प्रश्न गरेको थियो– तपाईंले किन विद्रोह गर्न सक्नुभएन?

विश्वकर्माको जवाफ थियो– ‘अन्य समुदायमा टिकट बाँड्ने पनि उही, विद्रोह गर्ने पनि उही हुने। हामीले चुनौती (जोखिम) मोल्न सकेनौं।’

गठबन्धनको घटक माओवादी केन्द्रकी अञ्जना विशंखेले भने ‘उपेक्षा’ सहेर बस्न मानिनन्। उनले गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्ने निर्णय लिइन् र काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिइन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनमा सिटहरुको भागबण्डा मिलाइँदा काठमाडौं क्षेत्र नम्बर १० कांग्रेसको भागमा पर्‍यो। कांग्रेसले राजेन्द्र कुमार केसीलाई उम्मेदवार बनायो। 

नेकपा माओवादी केन्द्रको स्थानीय समितिले अञ्जनाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको थियो। गठबन्धनमा भागबण्डा हुँदा उक्त क्षेत्र कांग्रेसको भागमा परे पनि अञ्जना उम्मेदवार बन्ने अडानबाट पछि हटिनन् ।

‘१० वर्षसम्म कांग्रेसको कार्यकाल जनताले हेर्‍यो। अब त्यो अवसर हामीले पाउनुपर्छ भन्दा मानेनन्,’ अञ्जना भन्छिन्। 

सीमान्तकृत समुदायले हार्छ भन्ने भाष्य चिर्नका लागि पनि आफू उम्मेदवार बनेको उनको भनाइ छ। ‘लामो समय सामन्ती व्यवस्थासँग अभ्यस्त भएर होला उत्पीडितलाई सजिलै स्वीकार गर्न सकेका छैनन्,’ अञ्जना भन्छिन्, ‘अन्यले विद्रोह गर्दा पनि केहि हुन्न, तर हामीले गर्दा पहाड खस्छ।’

अञ्जनासँगै काठमाडौं १० मा कांग्रेसका राजेन्द्र कुमार केसी, एमालेका हिमेश केसीसहित १८ जना प्रतिस्पर्धामा छन्। 

Ncell 2
Ncell 2

‘काठमाडौंको कर्णालीको मुहार फेर्छु’ 
अञ्जना पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय अजेण्डालाई आत्मसात गर्दै जनतामा गइरहेको बताउँछिन्। गौरवका आयोजनाहरुको परिकल्पना, सुशासनको प्रत्याभूति, लोडसेटिङको अन्त्य, भ्रष्टाचारमा शून्य सहनशीलता, उपेक्षित जाति, भाषा, क्षेत्र र लिङ्गको मुक्ति, धर्मनिरपेक्ष राज्यव्यवस्था, समानुपातिक प्रणालीको स्थापना, गणतन्त्रको स्थापना र सामन्ती राजतन्त्रको अन्त्य  माओवादीकै पहलबाट भएको बताउँछिन् उनी। 

‘माओवादीको अभियानबाट अहिलेसम्म प्राप्त भएका उपलब्धि, तिनको रक्षा र भविष्यका योजना पेस गर्दै जनतामाझ गइरहेकी छु,’ अञ्जना भन्छिन्। 

राष्ट्रलाई समाजवाद अन्मुख बनाउने संविधान ल्याइए पनि त्यसको कार्यान्वयन गर्ने कानुन भने निर्माण हुन नसकेको उनी बताउँछिन्। आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ‘... समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ भन्ने संविधानको लक्ष्य प्राप्त गर्नेगरी कानुन निर्माण गर्न लाग्ने उनको भनाइ छ। 

उनी २०७४ मा पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद भइन्। तर समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदका बीचको ‘विभेदको खाडल’ देखेर आफू प्रत्यक्ष चुनाव लड्ने निर्णयमा पुगेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘समानुपातिक भन्दा कसैले वास्ता नगर्ने देखेर हैरान थिए।’ 

प्रत्यक्ष निर्वाचित भए शक्ति आर्जन हुन्छ। जसले गर्दा काम गर्न झन सहज हुने उनको बुझाइ छ।  ‘प्रत्यक्ष सांसद हुँदा मेरो बोली बिक्छ,’ उनी भन्छिन्। 

आफू उम्मेदवार रहेको (काठमाडौं १०) मा अहिले पर्यावरण जोगाउने विषय मुख्य चुनौती रहेको उनी बताउँछिन्। यस्तै, शिक्षा र स्वास्थ्यको समस्या पनि छ।  

‘काठमाडौंको कर्णाली भनिने भूगोल पनि यहाँ छ। दूरदराजमा शिक्षा र स्वास्थ्यको समस्या छ। यहीँ जन्मेर, हुर्केर यहाँका समस्या नजिकबाट बुझेकी छु, भोगेकी छु। यहाँका समस्यासँग परिचित भएका कारण त्यसको समाधानका योजना पनि छन्,’ उनी भन्छिन्। 

काठमाडौं १० पर्यावरणीय, पर्यटकीय र सम्पदाका दृष्टिकोणले धनी रहेको उल्लेख गर्दै यहाँका विविध सम्भावनाको प्रवर्द्धनमा आफ्नो भूमिका रहने उनी बताउँछिन्। ‘नेवा भाषा सँस्कृति आफैंमा ठूलो सम्पती हो। नेवार समुदायलाई नजिकबाट जाने बुझेको छु,’ उनी भन्छन्। 

काठमाडौं–१० लाई हाइकिङ र छोटो ट्रेकिङको गन्तव्य बनाउने पनि उनको योजना छ। ‘काठमाडौंका अरु ठाउँ हेर्दा मुस्किलले कतै कतै रुख देख्न पाइन्छ। यहाँ हरियाली छ। यही हरियालीलाई कायम गरी, अझ विकास गरी काठमाडौंको पर्यावरणीय सन्तुलनलाई जोगाउनु छ,’ अञ्जना भन्छिन्, ‘यहाँ हाइकिङ र छोटो ट्रेकिङ रुटको विकास गर्न सकिने सम्भावना छ, जसमार्फत् आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकियोस्।’

‘कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ भनेको आत्मर्निभर अर्थतन्त्रको विकास गर्ने पहिलो ठाउँ हो। महिलाहरु सीपमूलक कामसँग जोडिएका छन्,’ उनी भन्छिन्, ‘म यस्ता खालका विकास योजनालाइ बजारीकरणसँग जोड्छु।’ 

प्रतिस्पर्धीबारे मूल्याङ्कन: समय परिवर्तनशील छ
काठमाडौं १० बाट आगामी निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका राजन केसी (राजेन्द्र केसी) लगातार दुईपटक निर्वाचन जितेका व्यक्ति हुन्। तर अञ्जना भने केसीले केही काम गर्न नसकेका कारण जनताले परिवर्तन चाहेको बताउँछिन्। 

‘उहाँ (राजन केसी) यो क्षेत्रबाट दुईपटक सांसद भइसक्नुभयो। तर, कीर्तिपुरका जनतालाई खानेपानीको व्यवस्था समेत उहाँले गर्नसक्नुभएन। लालपूर्जाविहीनका समस्या उस्तै छन्। जनतालाई पर्यावरणसँग जोड्ने कुनै काम उहाँबाट हुन सकेन,’ अञ्जना भन्छिन्। 

जनताले परिवर्तन चाहेकाले आफू त्यसका लागि ‘लायक’ भएको उनी बताउँछिन्। ‘प्रतिस्पर्धा व्यक्तिसँग भन्दा पनि अजेन्डा, कार्यक्रम र कार्यान्वयनको योजनासँग हुने हो। त्यस हिसाबले अन्य उम्मेदवारलाई मैले प्रतिस्पर्धी मानेकी छैन,’ उनी भन्छिन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १२:५०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा निर्वाचन सुरक्षासँग सम्बन्धित निकायहरूलाई पनि आवश्यक बजेट स्वीकृत गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८०... शुक्रबार, माघ १६, २०८२
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह सो सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि, स... बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ चयन शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्