• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उम्मेदवार बन्दा नै ‘इतिहास’ रचेकी डोटीकी गौरी

64x64
धनु विश्वकर्मा मंगलबार, कात्तिक ८, २०७९  १७:४४
1140x725

काठमाडौं– प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा गौरी ओलीको आकांक्षा यसपटक प्रत्यक्षबाट प्रतिनिधि सभा निर्वाचन लड्ने थियो। सोहीअनुसार नेकपा (एमाले)को पार्टी नेतृत्वमा उनले ‘लबिङ’ गरिरहेकी थिइन्। 

जिल्ला कमिटीले समानुपातिक उम्मेदवार सिफारिस गर्दा गौरीको नाम यसपटकका लागि पनि पठायो। प्रत्यक्षतर्फबाट संसद्‌मा पुनः प्रवेश गर्ने आफ्नो प्रयास यसपटक पनि समानुपातिकबाटै हुन्छ या रोकिन्छ भन्ने लागिरहेको थियो। 

समानुपातिकको बन्दसूची पठाउँदा भने उनको नाम परेन। उनलाई लाग्यो अब यसपाली संसद् यात्रा रोकिन्छ होला। तर, प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाउँदा भने डोटीबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभामा उनले टिकट पाइन्।

उम्मेदवार बन्ने आशा नै मारिसकेकी गौरीलाई प्रत्यक्षमै टिकट पाएपछि पुनः चुनावी मैदानमा होमिने बाटो खुल्यो। 

‘पहिलेदेखि नै मैले प्रत्यक्षमै कोसिस गरेको थिएँ। तर, सिफारिस हुँदा समानुपातिकमा परेँ। बन्द सूचीमा पनि नाम गएन’, उनी भन्छिन्, ‘यसपाली समानुपातिक र प्रत्यक्ष दुवैतर्फ आस मारेको थिएँ। महिला भएकैले प्रत्यक्षमा पाउँदिन कि भन्ने लागेको थियो। तर, अन्त्यमा प्रत्यक्षतर्फ नै पार्टीले टिकट दियो।’

अघिल्लोपटक प्रत्यक्षतर्फकै उम्मेदवार हुन कोसिस गरे पनि आफू असफल भएको उनको भनाइ छ। लामो राजनीतिक संघर्षको मूल्यांकन गरेर यसपाली पार्टीले न्याय गरेको उनी बताउँछिन्। 

गौरी डोटीको संसदीय चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पहिलो महिला हुन्। पहिलोपटक प्रत्यक्षमा प्रतिनिधि सभाका लागि महिला उम्मेदवार पाउनु समग्र जिल्लावासी र महिलाका लागि गौरवको कुरा भएको उनको भनाइ छ। 

‘बहुदलदेखि नै राजनीतिमा होमिएकी हुँ। ३३ वर्षदेखिको त्यागलाई पार्टीले बल्ल न्याय गरेको छ’, उनले भनिन्।

nimb
nimb

डोटेली कम्युनिस्ट आन्दोलनमा महिला आन्दोलनकारीको रुपमा गौरी ओलीको नाम परिचित छ। गौरी कम्युनिस्ट पार्टीमा लाग्दा शहरी क्षेत्रमा पनि ठूला दलका महिला नेताहरु थिएनन्। 

 

डोटीको राजनीतिक इतिहासमा गौरी अग्रज राजनीतिक महिला हुन्। महिलाहरू आमा समूहमा जान समेत हिच्किचाउने समयमा ओली काखमा बच्चा च्यापेर पार्टी निर्माणको अभियानमा लाग्थिन्। 

०६२/६३ को जनआन्दोलनमा सहभागी हुनु मात्र होइन, सुरक्षाकर्मीको निर्मम कुटपिट र केही दिन हिरासतको कष्टकर बसाइ पनि भोगिन् उनले। उनी २०७० मा समानुपातिकबाट सांसद हुँदै संविधान लेखनमा पनि सहभागी बनिन्। 

एमालेको पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्जसमेत हुन् ओली। उनको यसपटक पूर्वसहकर्मी तथा पूर्वपर्यटनमन्त्री प्रेमबहादुर ओलीसँग प्रतिस्पर्धा हुँदैछ। कुनैबेला प्रेमबहादुरका लागि मत मागेकी गौरी यसपटक उनैलाई टक्कर दिँदैछिन्। 

टिकट पाएसँगै आफ्नो पक्षमा माहोल बनाउन हरेक गाउँ–गाउँमा पुगेकी छन्। भौगोलिक रुपमा विकट डोडी शिक्षा र स्वास्थ्य सेवाबाट पनि पछि परेको बताउँछिन् उनी। अधिकांश युवाको रोजगारी गर्ने स्थान भारत नै हो। कम्तीमा प्रतिनिधि सभामा जिल्लाको यो अवस्था सुधारका लागि आवाज उठाउने उनले जनतामाझ प्रतिबद्धता जनाएकी छिन्। पूर्वाधार विकास नहुनु त मुख्य समस्या छँदै थियो, त्यसैमाथि सामाजिक विभेद र महिला हिंसा! 

यस्ता समस्या साधानका लागि केन्द्र तहमा नै चर्को आवाज नउठाइ नहुने भएकाले पनि आफूलाई जिताउन मतदातासँग अनुरोध गरिरहेकी छन् उनी। डोटीका समस्या काठमाडौंलाई सुनाउन आफूले कुनै कसर बाँकी नराख्ने ओली बताउँछिन्। 

सामाजिक न्यायका लागि नै आफ्नो संघर्ष हुने ओलीको भनाइ छ। ‘जनताले परिवर्तन खोजीराखेका छन्। म पनि महिला हुँ। लामो समयदेखि जिल्लामा राजनीति गरेँ। भूगोल चिनेको छु। यहाँका समस्यासँग अवगत छु। यही कारण पनि जनताले मलाई यसपाली प्रत्यक्षबाटै संसद्‌मा प्रवेश गराउनेछन्’, उनी भन्छिन्। पार्टीले राष्ट्रियता र देश विकास लागि लिएको पहलकदमीबाट डोटेली जनता पनि प्रभावित भएको उनको भनाइ छ। 

गौरीले प्रतिस्पर्धी प्रेम आलेलाई ठूलो चुनौतीका रुपमा लिएकी छैनन्। हिजो आलेलाई जिताउन गाउँगाउँ पुगेकी उनी जिल्लामा आलेको माहोल कस्तो छ भनेर आफू परिचित भएको बताउँछिन्। आलेतर्फ इंगित गर्दै भनिन्, ‘कांग्रेसमा वडाध्यक्षको टिकट नपाएपछि एमालेमा ल्याइएको हो। पछि क्षेत्रपाल बनाउन मैले नै सहयोग गरेकी थिएँ।’

०६४ यताका चुनावमा आलेलाई जिताउन आफ्नै भूमिका भएकाले यसपटक त्यो भूमिका आफ्नै लागि उपयोग गरेर चुनाव जित्ने ओलीको दाबी छ।

‘मैले नै उहाँलाई एमालेमा ल्याएकी हुँ। ०६४ देखि उहाँलाई चुनाव जिताउन मेरै भूमिका थियो’, उनी भन्छिन्। जिल्लामा संगठन बलियो भएकाले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाइ छ। 

विद्यालय भर्ना भएलगत्तै राजनीतिक आबद्धता
जोरायल गाउँपालिका–१ घण्टेश्वरको निकाने गाउँमा ०३० सालमा बलबहादुर ओली र भक्तिदेवीको तेस्रो सन्तानका रुपमा गौरी जन्मिइन्। विकट गाउँ, त्यो पनि सामान्य आर्थिक अवस्थाको परिवार भएकाले उनी पनि अरु छोरीहरूजस्तै सानैदेखि घाँस दाउरा गर्थिन्। 

उनीभन्दा अगाडिका दुई दाइ भने विद्यालयमा जान्थे। कक्षा सातमा पढ्दै गरेका दाइहरूका किताब देखाएर बुबासँग आफूलाई पनि विद्यालय जान मन भएको सुनाउँथिन्। तर, छोरीलाई पढाउने चलन नभएकाले होला बलबहादुरले गौरीलाई विद्यालय पठाउने कोसिस गरेनन्। 

मानिसले चाह्यो भने के गर्न सक्दैन र? गौरीले विद्यालय जान नपाए पनि दाइहरूसँग घरमै कखरा सिक्न थालिन्। उनी जान्ने भइसकेकी थिइन्। पछि सिधै कक्षा ८ मा भर्ना भइन्। 

त्यसबेला उनका दाइ गमबहादुर ओली वडाध्यक्ष थिए। माइला दाइ भने एमालेको शिक्षक संगठनमा थिए। उनले दुवै दाइहरूको राजनीतिक जीवनलाई नजिकबाट नियाल्ने मौका पाइन्। 

देशमा बहुदलको नारा घन्किन थालेको थियो। आफू अगाडिका दाइ तथा साथीहरू पञ्चायतविरुद्धको अभियानमा जाँदा उनी पनि पछिपछि गइन्। त्यसबेला उनको राजनीतिक यात्रा लहलहैबाट सुरु भएको थियो। तर, अहिले समानुपातिक सांसद हुँदै फेरि प्रत्यक्षबाट जितेर दोहोरिएर संसद् भवन प्रवेश गर्न डोटीको इतिहासमै ‘पहिलो महिला’ उम्मेदवार बनेकी छन्। 

उनको औपचारिक राजनीतिक यात्रा भने ०४८ बाट सुरु भएको थियो। त्यसबेला जोरायलको घण्टेश्वर माविमा गठन भएको अनेरास्ववियुको प्रारम्भिक कमिटीमा सदस्य बनिन् उनी।। ०४९ सालमा सम्पन्न अनेरास्ववियुको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला कमिटीमा निर्वाचित भइन्। 

०५१ सालमा सम्पन्न अनेरास्ववियुको दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला कमिटी कोषाध्यक्ष निर्वाचित हुँदै अनेरास्ववियुको १२ औं र १३ औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनिन्।

०५३ सालमा जनसांस्कृतिक मञ्चले सुरु गरेको कम्युनिस्ट आन्दोलनमा जनतालाई जोड्ने अभियानमा गौरी जिल्लाका गाउँ–गाउँमा पुगिन्। पार्टी निर्माण अभियानकै क्रममा एमाले नेता रामबहादुर ऐरसँग उनको विवाह भयो। ‘आमसभा भएकै ठाउँमा हाम्रो प्रगतिशील विवाह भयो। एक अर्काबीचमा हात मिलायौं, अनि लालसलाम गरेर विवाह सम्पन्न भयो।’

०५३ पछि भने पार्टीमा विद्यार्थी संगठनबाट उनी महिला संगठनतर्फ सक्रिय भइन्। जिल्लामा पहिलोपटक अखिल नेपाल महिला संगठन गठन हुँदा उनी पहिलो जिल्ला अध्यक्ष बनिन्। ०५५ सालमा अनेम संघको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर सेती अञ्चल इञ्चार्जको जिम्मेवारी समेत उनले सम्हालिन्। 

त्यस्तै, गौरी ०५९ मा सम्पन्न अनेम संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित एवं स्थायी कमिटी सदस्य बनिन्। ०६९ मा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवको जिम्मेवारी पाइन्। हाल उनी अनेम संघको सुदूरपश्चिम प्रमुखको जिम्मेवारीमा छन्। 

यस्तै, उनले एक दशक जिल्ला कमिटी सदस्यको भूमिकामा पनि काम गरिसकेकी छिन्। ०५४ सालमै उनी जिल्ला कमिटी सदस्य बनेकी थिइन्। 

०६४ देखि ०७० सम्म उनी अञ्चल कमिटी सदस्य हुँदै केन्द्रीय कमिटी सदस्यको भूमिकामा रहिन्। ०७१ देखि ०७५ सम्म पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनेकी उनी हाल पोलिटब्यूरो सदस्य र डोटी जिल्ला इन्चार्जको भूमिकामा छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १७:४४
  • #गौरी ओली
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्