काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा नयाँ प्रधानमन्त्री बन्न लागेका ऋषि सुनकलाई बधाई दिएका छन्।
तत्कालीन प्रधानमन्त्री लीज ट्रसले पदभार सम्भालेको ६ हप्तामै अनपेक्षितरुपमा राजीनामा दिएपछि सुनक सोमबार मात्र कन्जर्भेटिभ पार्टीका नेता चयन भएका थिए।
बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बेलायत बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन चाहेको पनि बताएका छन्। देउवाले सुनकलाई सामाजिक सञ्जाल ट्विटरमार्फत् बधाई तथा शुभकामना दिएका हुन्।
‘कन्जर्भेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीको रुपमा चयन हुनु भएकोमा ऋषि सुनकलाई हार्दिक बधाई ज्ञापन गर्दछु। साथै उहाँलाई यो महत्त्वपूर्ण जिम्मेवारीका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,' देउवाले लेखेका छन्, ‘लामो समयदेखिको नेपाल-बेलायतबीचको सम्बन्धलाई अगाडि बढाउन उहासँग मिलेर काम गर्न चाहन्छु।’
बेलायतको नयाँ प्रधानमन्त्री बन्न लागेका सुनक भारतीय मूलका बेलायती नागरिक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।