काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाई-हाई गगन दाइ’ सार्वजनिक भएको छ।
उमेश राउतको शब्द र संगीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा तथा आशाको किरण भनिएको छ।
गीतमा गगन थापाको राजनीतिमा उदय र उनले गरेका संघर्ष, उनका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजो लगायतका रोग विषयमा गरेका काम र स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ।
गीतमार्फत गगनको नेतृत्वमा लोकतन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालका लागि ‘प्रोजेक्ट गभर्नेन्ट’को यात्रामा हिंड्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।