• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मोरङ- ३ स्थलगत : युवा र महिलाहरूमा रेखाको प्रभावले हुनसक्छ उलटफेर 

64x64
डिबी खड्का सोमबार, कात्तिक ७, २०७९  १८:४७
1140x725

मोरङ- कानेपोखरी नगरपालिका- ६ आदर्श टोल हुँदै उत्तर लाग्दै थियौं, चोकनेर पुगेपछि बाटो अलमल भयो। स्थानीयलाई सोध्न नजिकैको किरानापसल छेउनेर रोकियौं। पसलमा १८ वर्षीय चुडामणि श्रेष्ठ चटपटे बनाउँदै थिए। उनलाई हामीले जाने तय गरेको मिलचोकको बाटो सोध्यौं। 

क्यामेरा बोकेको देखेपछि उनले प्रश्न गरे, ‘रेखा दिदीको कार्यक्रममा जान लाग्नुभएको?’ 

हामीले हो को संकेत गर्‍यौं। उनले बाटो सोझ्याइदिए। फरासिलो स्वभावका उनीसँग हामीलाई केहीबेर गफिने मन भयो। उनीसँग हामीले मतदान गर्ने उमेर पुगे/नपुगेका विषयबाट कुराकानी थाल्यौं। गएको स्थानीय निर्वाचनदेखि ‘मतदाता’ भएका उनी पछिल्लो ४ महिनामा त ‘राजनीतिज्ञ’ नै भइसकेछन्। 

‘परिवर्तनका पक्ष’मा भन्दै टोलका युवाहरुलाई एक बनाएर अहिले टोलै आफूपक्षीय बनाएको चटपटे खान आइपुगेकी उनकै उमेरकी युवतीले जानकारी दिइन्। ‘ऊ त नेता नै भइसक्यो हाम्रो,’ ती युवतीले हाँस्दै भनिन्।

‘परिवर्तन पक्ष भनेको कस्तो?’  हामीले उनको बुझाइ जान्न खोज्यौं।  

‘पुराना नेता र पुराना दलहरु बाहेकलाई भोट हालेर जिताउने,’ उनको सरल उत्तर थियो। 

Rekha_thapa_Chunav_prachar_11666607244.jpg

उनी काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहबाट प्रभावित रहेछन्। तर यहाँ उनको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ- ३ की उम्मेदवार रेखा थापालाई सघाउँदै रहेछ। उनले भने, ‘अहिले हाम्रो टोल नै रेखा दिदीको पक्षमा छ। कलाकारले मौका पाउँदा काम गरेर देखाउन सक्छन् भन्ने बालेनले प्रमाणित गरे नि,  हैन सर?’

Ncell 2
Ncell 2

उक्त क्षेत्रमा आफूले चिनेजानेका सबैलाई उनले थापालाई मतदान गर्न आग्रह गरिरहेका छन्। ‘अहिले नुखेले पनि कांग्रेस र एमालेको समितिमै रहेका दाइ र दिदीहरु पनि हामीलाई नै मत दिने भनिरहनुभएको छ,’ उनले दाबी गरे। 

त्यसपछि हामी थापाको कार्यक्रमस्थलतर्फ लाग्‍यौं। कार्यक्रमस्थल रहेछ आफूलाई २०२८ सालदेखिको कांग्रेस क्रियाशील सदस्य बताउने नवराज बस्नेतको घर। कांग्रेस बाहेक अन्य पार्टीका उम्मेदवारलाई उनी त्यति सजिलै आगनमा झन्डा गाड्न दिने खाले कार्यकर्ता होइनन्। तर भोट दिने निधो अझै नगरेका उनले रेखालाई आफ्नो आगन दिए। 

थापा त्यहाँ भाषण गरेर हिँडिन्। हामीलाई बस्नेतले चिया निम्तो दिएर रोके। त्यहीबेला छरछिमेकका समेत गरेर ७/८ जनाको समूह बन्यो। रेखाको कुरामाथि चर्चा चल्यो। विशेषगरी महिलाहरुले रेखाको भाषण चित्त बुझेको बताए। छिमेकबाट त्यहाँ पुगेकी कमला योगीले महिला समेत रहेकी रेखाले कुरा राम्रै गरेकाले सोच्नुपर्ने बताइन्। उनले एकछिन रेखाका पक्षमा माहोल बनाइदिइन्। 

Rekha_thapa_Chunav_prachar_41666607250.jpg

माओवादी केन्द्रका कार्यकर्ता नवीन झोडालीले ‘कुरा ठीकै हो, तर जित्ने नै पक्का नभएकाले त्यतातिर सोच्न नसकिने’ बताए। त्यसैमाथि कांग्रेस उम्मेदवार सुनिल शर्माको ‘योगदान’को एकपल्ट कदर गर्नैपर्नेतिर कुरो सोझ्याए। कांग्रेस समर्थक बस्नेतले जोड दिए, ‘उसले यो क्षेत्रका हाम्रा लागि औषधिमूलो गरिदिएको छ।’

सत्ता गठबन्धनका उम्मेदवार शर्माको कुरा गर्दा उनले १ महिना अघिसम्म मोरङ- ३ को माहोल झन्डै एकपक्षीय बनाइसकेका थिए। २०७४ मा बाम गठबन्धन बन्दा समेत जम्मा १ हजार ९०५ मतले मात्रै पराजित उनले बितेका ५ वर्षमा ठूलो मेहनत गरे। त्यही बीचमा आएको कोरोना महामारीमा पनि उनले आफ्नो क्षेत्रमा सकेको सहयोग गरे। 

विराटनगरमा मेडिकल कलेज चलाएर बसेका उनले उक्त क्षेत्रका बासिन्दाका लागि ‘उपचार अफर’ नै चलाएका छन्। 

गाउँपिच्छे स्वास्थ्य शिविर दोहोर्‍याइ, तेहेर्‍याइ गरिसके। स्थानीय विनोद साहका अनुसार पूजादेखि मन्दिर निर्माण सम्मका सबैभन्दा ठूला र पहिला चन्दादाता समेत उनै हुन्। 

त्यसैमाथि यसपल्ट सत्ता गठबन्धन। जित सुनिश्चित भइसकेको महसुस गरेर उनले एग्रेसिभ योजना बनाएनन्। यही बेला अनपेक्षित रुपमा रेखा थापाको इन्ट्री भयो। फिल्म क्षेत्रमा पहिचान बनाएर राजनीतितर्फ मोडिएकी रेखाको मोरङ- ३ प्रवेश पनि फिल्ममा हिरोइनको ‘इन्ट्री’ भन्दा कम भएन। कमजोर संगठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेका कारण सुरुमा शर्मा मात्रै होइन, त्यो क्षेत्रमा जित्दै आएको नेकपा एमालेले समेत वास्ता गरेन। 

Rekha_thapa_Chunav_prachar_51666607251.jpg

पछिल्ला दुई महिना कर्मभूमि काठमाडौंलाई चटक्कै छाडेर जन्मभूमि मोरङमै केन्द्रित रहिन्। एमालेका तर्फबाट यसअघि निर्वाचित भानुभक्त ढकाल पनि दोहोर्‍याएर टिकट लिने लबिङमै अलमलिए। जिल्ला गए पनि बस्ती छिर्न सकेका छैनन्। अघिल्लो वर्ष उनको झन्डा बोकेर हिँडेकाहरु समेत आक्रोश पोख्ने अवसर कुरेर बसिरहेका छन्। तीमध्येकै एक अर्जुन पोखरेल त थापासँगै प्रचारमा हिँडिरहेका छन्। ढकालप्रति तीतो पोख्दै उनले भने, ‘मैले मामाघर भनेर जाने ठाउँ नै उहाँ (ढकाल)को घर हो। तर आफन्त भनेर के गर्नु? जनताको काम नगरेपछि नेता फेर्नुपर्दो रहेछ!’

ठूला पार्टीका दुई नेताले मैदान खाली राखेको यही समयमा रेखाको मोरङ- ३ प्रवेश भयो। आफ्ना कुरा प्रष्ट राखेर समर्थन जुटाउन सक्ने क्षमता भएकी थापा कला क्षेत्रबाट परिचित छँदै थिइन्। त्यसैले स्थानीयका लागि अनुहार नयाँ भएन, चिनिरहेको अनुहारको ‘नयाँ अवतार’ हेर्न स्थानीयहरु उनको कार्यक्रममा आउन थाले। उनलाई सहज रुपमा घरआगन प्रवेश दिए। 

त्यसपछि मोरङ- ३ मा जित सुनिश्चित ठानेको सत्ता गठबन्धनको मुटुमा ढ्यांग्रो बज्न थाल्यो- रेखाले त हाम्रै मत काट्ने भइ कि क्या हो? थापासँग प्रचारमा रहेकाहरुका अनुसार कांग्रेस नेताहरुले थापालाई ‘ब्याक’ गराउने प्रयास समेत गरे। 

स्थानीयका अनुसार संगठन मजबुत भएका दुई पार्टीमध्ये कांग्रेसलाई डर छ- रेखाले कांग्रेसी भोट नै काटेर गणित बिगार्ने भइन्।

Rekha_thapa_Chunav_prachar_21666607247.jpg

एमालेलाई डर छ- असन्तुष्टहरुले थापाको पक्ष लिइदिँदा सत्ता गठबन्धनलाई जित्न सहज हुन्छ। 

तर, माहोल त्योभन्दा फरक छ। थापाले भोट काट्ने होइन, दुवै उम्मेदवारलाई चुनौती दिन सक्‍ने सम्भावना देखिन्छ। 

काठमाडौं महानगरपालिकाको मेयर चुनिएपछि बालेन शाहले लिइरहेका पछिल्ला ‘एक्सन’ गाउँका युवाहरुलाई मन परेको छ। उनीहरु नयाँ उम्मेदवारलाई सहयोग गर्नुपर्छ भन्ने मनोभावमा देखिन्छन्। महिलाहरुलाई थापाले भाषणमार्फत् नै भनिदिन्छिन्- ‘तपाईं यी सानी छोरीलाई तपाईंजस्तै बनाउने कि, मलाई जिताएर यिनीहरुको भविष्य राम्रो बनाउने?’

त्यसपछि उनको समर्थन परर ताली बज्छ। 

त्यो क्षेत्रमा सुकम्बासीको संख्या ठूलो छ। उनले बुझेकी छिन्। भनिदिन्छिन्, ‘मेरो बुवा र दाजुहरु पनि सुकुम्बासी नै हुनुहुन्छ। पीडा बुझेकी छु। बुवासँगै सिंहदरबार धाएकी छु। पुराना पार्टी र नेताले काम गर्दैनन् थाहा भइसक्यो, तर फेरि तिनैलाई भोट दिनु मुर्खता हो।’

उनले पार्टी खराब नहुने भन्दै जनताकै रोजाइ खराब भएका कारण दु:ख पाएको भाषणका क्रममा बताउँछिन्। ‘म त पुस्तौनी कांग्रेस,  म त एमाले’ भन्नेसँग पनि उनको जवाफ छ। उनी दोहोर्‍याइरहन्छिन्, ‘म त तपाईंहरु जे हो त्यही हो। तपाईं रुख हो, म पनि रुख हो। तपाईं सूर्य हो, म पनि सूर्य नै हो। तर यसपल्ट म उठेको चाहिँ हलोबाट हो।’

त्यसपछि उनी भाषणकै क्रममा उपस्थितसँग प्रश्न गर्छिन्, ‘यो क्षेत्र हाम्रो हुनुको नाताले हामीले कहिले जित्यौं,  न तपाईंले जित्नुभयो। न मेरी आमाले जितिन्, न त मेरा दाजुभाइले जिते। कहिले तेह्रथुमका लागि जिते, कहिले सिन्धुलीकाले। हाम्रा मतदाता मात्रै हुने?’

स्थानीयलाई चित्त बुझ्छ, ताली पड्काउँछन्। 

त्यसपछि रेखा थप्छिन्, ‘हामीलाई सिढी बनाएर, हाम्रो मत लिएर दुरुपयोग गरेका कारणले म बिद्रोह गर्न आएकी हुँ।’

Rekha_thapa_Chunav_prachar_31666607250.jpg

त्यसपछि उनी आश्वासन दिन थाल्छिन्, ‘म दाजुभाइका लागि लडाइँ लड्छु,  महिला दिदीबहिनीहरुलाई चुलो–चौकोबाट कसरी निकालेर आत्मनिर्भर बनाउन कुरा लिएर आएकी छु,  अरु स्वास्थ्य उपचारका कुरा गर्लान्, म निरोगी कसरी बन्ने भन्ने लिएर आउँछु। विकास, बिजुली, पानी सबै कुरा डाटामा राखेकी छु आमा। मलाई केही भन्नु पर्दैन।’

मतदातामाझ यति बोलेपछि उनलाई महसुस हुन्छ- नेताकै जस्तो आश्वासन पो बाँडे कि?

टाठी रेखा बाठो चाल चल्छिन्,  ‘यति भनिरहँदा तपाईंहरुलाई यो पनि नेतै बन्न आइछे भन्ने लागेको होला। म नेता बन्न आएको होइन। म तपाईंहरुलाई नेता बनाउन आएको हो।’

आफूले नाम र दाम दुवै हासिल गरेपछि सेवाका लागि जन्मथलो फर्किएको उल्लेख गर्दै उनी थप्छिन्, ‘म त यसअघि नै बनिसकें।अब यो क्षेत्र बनाउने महान अभियानमा आएकी छु।’

सुरुमा थापालाई सुन्नै आनाकानी गर्नेहरु यति बोल्दासम्ममा तालीका पर्रा छुटाइरहेका हुन्छन्। रेखा माहोल बुझ्छिन् र फिल्ममा जस्तै ‘क्लाइमेक्स’मा पुग्छिन्,  ‘तपाईंले मत नदिएपनि म निराश हुन्न। (उपस्थित साना बालिकातिर संकेत गर्दै) यी नानीहरु १० वर्षपछि सोध्नेछन्- हाम्रो भविष्य राम्रो बनाउने भन्दै रेखा दिदी त आएकी रैछे नि। भोट दिएर किन परिवर्तनन नगरेको? त्यसबेला के उत्तर दिनुहुन्छ?’ 

Rekha_thapa_Chunav_prachar_61666607251.jpg

माहोल भावुक बन्‍छ। शुन्यता छाउँछ। यताउति हेरेर रेखा भनाइ टुंग्याउँछिन्, ‘त्यसैले यसपल्ट मतदाता बन्ने होइन। आफ्नो भविष्यका लागि लगानी गर्नुहोस्। साउँ ब्याजसहित फिर्ता गर्छु।’


तस्बिरहरू: निमेषजंग राई

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १८:४७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकत... बुधबार, फागुन २७, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन मंगलबार, चैत ३, २०८२
संसद्‌मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल मंगलबार, चैत ३, २०८२
१३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा लाग्यो सर्किट मंगलबार, चैत ३, २०८२
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा मंगलबार, चैत ३, २०८२
ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति पौडेल मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्