काठमाडौं– एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू ‘उत्साहजनक’ रहेका छन्।
बैंकले चालू आवको प्रथम त्रैमाससम्म कर्जा व्यवसायतर्फ कूल कर्जा रकम २७३.१० अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कूल निक्षेप संकलन ३०८.१८ अर्ब पुगेको बैंकले जनाएको छ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ १.७५ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ। साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ।
स्व–पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रैमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।