काठमाडौं– नेपाली कांग्रेसले आइतबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले पार्टी मुख्यालय सानेपाबाट आइतबार साँझ घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
घोषणापत्र निर्माणका लागि कांग्रेसले गत भदौ २२ गते महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन- २०७९ घोषणापत्र तयारी समिति’ गठन गरेको थियो।
अपडेट:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।