काठमाडौं– नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ। यसअघि आइतबार साँझ घोषणापत्र सार्वजनिक गर्ने भनिएकोमा सोमबार बिहान सार्वजनिक गर्नेगरी कार्यक्रम सरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ५ दलीय गठबन्धनको प्रशिक्षणका लागि उपत्यका बाहिर गएकाले आइतबार तय भएको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम सरेको हो।
अब सोमबार बिहान १०:३० बजे प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको उपस्थितिमा घोषणापत्र (संकल्प पत्र) सार्वजनिक गरिने पौडेलले जानकारी दिए।
घोषणापत्र निर्माणका लागि कांग्रेसले गत भदौ २२ गते महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन- २०७९ घोषणापत्र तयारी समिति’ गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।