• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

देउवाका दौँतरी कांग्रेस भन्छन्- अब त बिसाइदिए हुन्थ्यो 

64x64
डिबी खड्का आइतबार, कात्तिक ६, २०७९  १८:२४
1140x725

बेलबारी– हामी मोटरसाइकलमा झापातिर गुडिरहेका थियौं। अघिल्लो दिन बिदा भएका कारण प्राय: पेट्रोल पम्पले दिउँसो २ बजेअघि नै तेल सकेर ताला लगाइसकेका थिए। कुनै पनि समय पेट्रोल सकिने चिन्तासहित गुडिरहेका बेला राजमार्गकै छेउको ठेलागाडामा आँखा पर्‍यो, जहाँ पानीको बोतलमा पेट्रोल बेच्न राखिएको थियो। 

पेट्रोल किन्यौं। किन्दै गर्दा आँखामा पर्‍यो ‘लोकतन्त्र पान पसल’ लेखिएको ठाउँ। त्यसभन्दा मुनि लेखिएको थियो, लोकतन्त्र पान पसल, बेलबारी- ११। सहकर्मी निमेषजंग राईले पेट्रोल भर्दै गर्दा मैले पसलमा बसिरहेका खगेन्द्रप्रसाद अधिकारी ‘लोकतान्त्रिक बाजे’सँग भलाकुसारी थालें। 

त्यसक्रममा सोधियो- लोकतान्त्रिक बाजे नाम चाहिँ कसरी रहन गयो?

Loktantrik_Baje_Shop_21666526963.jpg

नजिकै मोटरसाइकल रोकेर सुनिरहेका एक स्थानीय बीचमै बोले-  ‘२०६२/०६३ को आन्दोलन बाजेले यहाँको नेतृत्व गर्नभएको हो। काठमाडौंमा गएर समेत आन्दोलन गर्नुभयो। जेलै पर्नुभयो। त्यसपछि सबैले लोकतान्त्रिक बाजे भन्न थाल्यौं।’

त्यसपछि लोकतान्त्रिक बाजे आफैंले बेलिविस्तार लगाए,  ‘राजाबाट लोकतन्त्र फिर्ता ल्याउन यो क्षेत्रमा खटिएँ। २१ दिन कालोपट्टी बाँधेरे बसें। पछि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भनियो। यहाँबाट मान्छे लिएर त्यहाँ पुगेर आन्दोलन गरेँ।’

काठमाडौंको गौशाला क्षेत्रमा प्रदर्शन गरिरहेका उनी र उनका सहकर्मीलाई प्रहरीले पक्राउ गर्‍यो। उनले देखे- आफूसँगै पक्राउ पर्नेमा रामवरण यादव (पूर्व राष्ट्रपति) पनि रहेछन्। सुरुमा ४० जनाजति पक्राउ परेकामा धेरैले फेरि राजाविरुद्ध नलाग्ने कागजमा हस्ताक्षर गरेर निस्किए। त्यसो गर्न नमान्ने उनी,  रामवरण, पूर्व सांसद केदार कार्कीसहित ८ जना थिए। उनले भने,  ‘चारजना धनुषा र चार मोरङका थियौं।’

रामवरण १७ दिन गौशाला प्रहरी चौकीमा आफूसँगै बसेको उनले स्मरण गरे। त्यसपछि भने अन्तै सारियो। उनी २८ दिन त्यही प्रहरी चौकीमा बसेर निस्किए। कांग्रेसमा त उनी २०१५ सालदेखि नै लागेका हुन्। भोजपुर दिङ्लाको नेपाले डाँडाका उनी भूमिगत भएर लामै समय सक्रिय भए। 

Ncell 2
Ncell 2
Loktantrik_Baje_Deuba_Dauntari_11666526806.jpg
खगेन्द्रप्रसाद अधिकारी ‘लोकतान्त्रिक बाजे’

बेलबारी झरेपछि यतै सक्रिय भए। वडा र तत्कालीन गाउँ विकास समितिस्तरीय कांग्रेसको सभापतिसम्म भए। सक्रिय छँदै बिदा लिएर युवाहरुलाई सुम्पिए। 

उनी भन्छन्, ‘अहिले पनि तपाईं पदमा बस्नुपर्‍यो,  काम हामी गर्छौं भन्छन् केटाहरु। सकुन्जेल गर्ने हो। अब सक्दिनँ भनेर बिदा लिएर यी दिन काट्ने मेलो यही पसल छ।’

सानो ठेलागाडामा पसल होइन, ‘मिनी सुपरमार्केट’ थियो। पेट्रोलदेखि चिसो पेयसम्म राखेका छन्। त्यही ठेलागाडामाथि फ्रिज छ। त्यति मात्रै होइन, वाइफाइकोसमेत बन्दोबस्त रहेछ!

Loktantrik_Baje_Shop1666526808.jpg

कुराकानीकै क्रममा उनले आफू हालका प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दौँतरी उमेरको रहेको जताए। भने- ‘देउवा मभन्दा एक वर्ष जेठो हो। ऊ ७७ लागो।’

त्यसपछि उनले देउवासँग आफ्नो तुलना गरे। शरीरको ऊर्जा मात्रै होइन, टाउकोको सोच्ने शक्ति पनि उमेरसँगै घट्दै जाने बताए। त्यसपछि थपे, ‘अब देउवा मलाई त्यति भरपर्दो प्रधानमन्त्री हुन्छ जस्तो लाग्दैन। अरु केटाहरुलाई दिनु, गगन थापा आइराछ। विश्‍वप्रकाश छ।’

बाजे बोलीमा बाचाल रहेछन्। विम्बसहित कुरा थप्दै गए, ‘'नयाँ पुस्तालाई अवसर दिँदा मात्रै ‘गुड कांग्रेस’ हुन्छ। नत्र ‘गुट कांग्रेस’ भइरहन्छ। अहिले त इतर र मितर के जाति भन्छन्। सबै आफैंले मात्रै जैलेतैल लुटिरहनुहुँदैन।’

सभापतिमा देउवासँग टक्कर लिएका उनकै जिल्लाबासी डा शेखर कोइरालालाई पनि उनले स्वीकारेनन्। ‘शेखरसँग राजनीति छैन। पछि आएको हो। यीनीहरुबाट चल्दैन,’ उनले भने। 

अब नेपाल बनाउन नयाँ पुस्ता नै जरुरी भएकोमा जोड दिए। पार्टीमा दिने गरेको सल्लाह दोहोर्‍याए-  ‘युवा शक्तिलाई जिम्मेवारी दिएर र उनीहरुकै सल्लाह लिएर बनाउँ है नेपाल। देश अलिकति सजिलोसित बनाउँ।’

पछिल्ला वर्षहरुमा देउवाबाट परिणाम नआएको उनको ‘अब्जरवेसन’ छ। निकटस्थको प्रेसरले देउवालाई टाँसिरहन बाध्य बनाएको बुझाइ छ उनको। अलिकति आक्रोश पोखे, ‘ओगटी राखेर, र्‍याल चुहाएर हुन्छ अब? परार मोदी आउँदा कस्तो बदनामी भयो, देउवा उँगेर बसे। आरजुले भनिन् भनेर प्रधानमन्त्री भइराख्नुपर्छ त?’

पार्टीका कार्यकर्तालाई ऊर्जा दिन नसक्ने, समेट्न नसक्ने र कन्भिन्स गर्न नसक्ने अवस्थामा पुगेपछि पदमा रहनुको अर्थ नहुने बताए। टाउकोतिर संकेत गर्दै उनले थपे, ‘दिमाग ओइलाएर लुलो भइसकेपछि के काम गर्छ?’

झन्डै आधा घन्टा लोकतन्त्र बाजेको कुरा सुन्यौं। त्यहाँबाट बिदा मागेर केही किलोमिटर पूर्वमा रहेको कानेपोखरीबाट भित्री बस्तीतिर पस्यौं।

भित्री बस्तीमा त्यही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी रेखा थापाको कार्यक्रम रहेछ। स-ससाना कोणसभा गर्दै हिँडेकी उनलाई भेट्न कार्यक्रम राखिएका ठाउँ खोज्दै गयौं। त्यही क्रममा भेटियो,  ७२ वर्षीय नवराज बस्नेतको घर। 

Navraj_Basnet_Deuba_Dantari1666526808.jpg
७२ वर्षीय नवराज बस्नेत

जुन घरको आंगनमा भर्खरै रेखाले कोणसभा गरेकी थिइन्। थापा बिदा भइसकेकीले हामी त्यही घरमा अलमलियौं। 

थापाले कार्यक्रम गरेको घर भएकाले झन्डा राप्रपाकै झुन्डिएको थियो। त्यसैले सौध्यौं- तपाईं राप्रपा हो? बस्नेतले  आफू कट्टर कांग्रेस रहेको बताए। त्यसपछि सुनाउन थाले, कांग्रेसलाई सघाउँदा २०२८ सालमै २९ दिन जेल बसेको कहानी। 

सोलुखुम्बुको सल्लेरीमा नेपाली कांग्रेसका जिल्लास्तरीय नेता रामु राईलाई सघाउने क्रममा उनकै घरबाट बस्नेत समेत पक्राउ परेका रहेछन्। भोजपुर दिङ्लाका उनी पछि तराई झरे। यतै संगठन बनाए। तर पद लिएनन्, क्षेत्रीय प्रतिनिधिसम्म भएको बताए।

गाउँमा चुनावको फरक हावा चल्न थालेपछि उनले कांग्रेसबाट दायाँबायाँ भोट नहाल्न  ‘घरस्तरीय बैठक’ बोलाएर छलफल गरिसकेका रहेछन्। कांग्रेसमा भोट हाल्ने कुरामा परिवारका सदस्यको त्यति फरक मत नभए पनि देउवालाई नै प्रधानमन्त्री बनाउने कुरामा कुरो नमिलेको बस्नेतले कुराकानीका क्रममा उल्लेख गरे। 

उनले भने, ‘हामीलाई देउवाले अब बिसाइदिए हुन्थ्यो भन्ने लागेको छ, सिधा भाषामा भन्दा। युवाले पनि पालो पाउनुपर्‍यो। गाउँमा युवाको माहुल (माहोल) छ।’

युवाको कुरा आउँदा उनले गगन थापाबाट केही आशा रहेको बताए। ‘कांग्रेसको अर्को पुस्ताका नेतामा गगन थापा नै ठिक लाग्छ मलाई चाहिँ। गगनले केही गर्ला कि भन्ने छ, तर बादविवादमा पनि मुछिँदैछ। कुरा राम्रै गर्छ। यस्तै यस्तै केटाहरुलाई दिनुपर्ने हो,’ उनले कुराकानी टुंग्याए र चिया मगाए।


तस्बिरहरु: निमेषजंग राई

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
दल दर्ताको समय चार दिन थपियो निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । बुधबार, मंसिर १०, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन, आज दल दर्ता गर्ने अन्तिम दिन चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । बुधबार, मंसिर १०, २०८२
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगल... शनिबार, मंसिर ६, २०८२
ताजा समाचारसबै
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्