• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

देउवाका दौँतरी कांग्रेस भन्छन्- अब त बिसाइदिए हुन्थ्यो 

64x64
डिबी खड्का आइतबार, कात्तिक ६, २०७९  १८:२४
1140x725

बेलबारी– हामी मोटरसाइकलमा झापातिर गुडिरहेका थियौं। अघिल्लो दिन बिदा भएका कारण प्राय: पेट्रोल पम्पले दिउँसो २ बजेअघि नै तेल सकेर ताला लगाइसकेका थिए। कुनै पनि समय पेट्रोल सकिने चिन्तासहित गुडिरहेका बेला राजमार्गकै छेउको ठेलागाडामा आँखा पर्‍यो, जहाँ पानीको बोतलमा पेट्रोल बेच्न राखिएको थियो। 

पेट्रोल किन्यौं। किन्दै गर्दा आँखामा पर्‍यो ‘लोकतन्त्र पान पसल’ लेखिएको ठाउँ। त्यसभन्दा मुनि लेखिएको थियो, लोकतन्त्र पान पसल, बेलबारी- ११। सहकर्मी निमेषजंग राईले पेट्रोल भर्दै गर्दा मैले पसलमा बसिरहेका खगेन्द्रप्रसाद अधिकारी ‘लोकतान्त्रिक बाजे’सँग भलाकुसारी थालें। 

त्यसक्रममा सोधियो- लोकतान्त्रिक बाजे नाम चाहिँ कसरी रहन गयो?

Loktantrik_Baje_Shop_21666526963.jpg

नजिकै मोटरसाइकल रोकेर सुनिरहेका एक स्थानीय बीचमै बोले-  ‘२०६२/०६३ को आन्दोलन बाजेले यहाँको नेतृत्व गर्नभएको हो। काठमाडौंमा गएर समेत आन्दोलन गर्नुभयो। जेलै पर्नुभयो। त्यसपछि सबैले लोकतान्त्रिक बाजे भन्न थाल्यौं।’

त्यसपछि लोकतान्त्रिक बाजे आफैंले बेलिविस्तार लगाए,  ‘राजाबाट लोकतन्त्र फिर्ता ल्याउन यो क्षेत्रमा खटिएँ। २१ दिन कालोपट्टी बाँधेरे बसें। पछि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भनियो। यहाँबाट मान्छे लिएर त्यहाँ पुगेर आन्दोलन गरेँ।’

काठमाडौंको गौशाला क्षेत्रमा प्रदर्शन गरिरहेका उनी र उनका सहकर्मीलाई प्रहरीले पक्राउ गर्‍यो। उनले देखे- आफूसँगै पक्राउ पर्नेमा रामवरण यादव (पूर्व राष्ट्रपति) पनि रहेछन्। सुरुमा ४० जनाजति पक्राउ परेकामा धेरैले फेरि राजाविरुद्ध नलाग्ने कागजमा हस्ताक्षर गरेर निस्किए। त्यसो गर्न नमान्ने उनी,  रामवरण, पूर्व सांसद केदार कार्कीसहित ८ जना थिए। उनले भने,  ‘चारजना धनुषा र चार मोरङका थियौं।’

रामवरण १७ दिन गौशाला प्रहरी चौकीमा आफूसँगै बसेको उनले स्मरण गरे। त्यसपछि भने अन्तै सारियो। उनी २८ दिन त्यही प्रहरी चौकीमा बसेर निस्किए। कांग्रेसमा त उनी २०१५ सालदेखि नै लागेका हुन्। भोजपुर दिङ्लाको नेपाले डाँडाका उनी भूमिगत भएर लामै समय सक्रिय भए। 

nimb
nimb
Loktantrik_Baje_Deuba_Dauntari_11666526806.jpg
खगेन्द्रप्रसाद अधिकारी ‘लोकतान्त्रिक बाजे’

बेलबारी झरेपछि यतै सक्रिय भए। वडा र तत्कालीन गाउँ विकास समितिस्तरीय कांग्रेसको सभापतिसम्म भए। सक्रिय छँदै बिदा लिएर युवाहरुलाई सुम्पिए। 

उनी भन्छन्, ‘अहिले पनि तपाईं पदमा बस्नुपर्‍यो,  काम हामी गर्छौं भन्छन् केटाहरु। सकुन्जेल गर्ने हो। अब सक्दिनँ भनेर बिदा लिएर यी दिन काट्ने मेलो यही पसल छ।’

सानो ठेलागाडामा पसल होइन, ‘मिनी सुपरमार्केट’ थियो। पेट्रोलदेखि चिसो पेयसम्म राखेका छन्। त्यही ठेलागाडामाथि फ्रिज छ। त्यति मात्रै होइन, वाइफाइकोसमेत बन्दोबस्त रहेछ!

Loktantrik_Baje_Shop1666526808.jpg

कुराकानीकै क्रममा उनले आफू हालका प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दौँतरी उमेरको रहेको जताए। भने- ‘देउवा मभन्दा एक वर्ष जेठो हो। ऊ ७७ लागो।’

त्यसपछि उनले देउवासँग आफ्नो तुलना गरे। शरीरको ऊर्जा मात्रै होइन, टाउकोको सोच्ने शक्ति पनि उमेरसँगै घट्दै जाने बताए। त्यसपछि थपे, ‘अब देउवा मलाई त्यति भरपर्दो प्रधानमन्त्री हुन्छ जस्तो लाग्दैन। अरु केटाहरुलाई दिनु, गगन थापा आइराछ। विश्‍वप्रकाश छ।’

बाजे बोलीमा बाचाल रहेछन्। विम्बसहित कुरा थप्दै गए, ‘'नयाँ पुस्तालाई अवसर दिँदा मात्रै ‘गुड कांग्रेस’ हुन्छ। नत्र ‘गुट कांग्रेस’ भइरहन्छ। अहिले त इतर र मितर के जाति भन्छन्। सबै आफैंले मात्रै जैलेतैल लुटिरहनुहुँदैन।’

सभापतिमा देउवासँग टक्कर लिएका उनकै जिल्लाबासी डा शेखर कोइरालालाई पनि उनले स्वीकारेनन्। ‘शेखरसँग राजनीति छैन। पछि आएको हो। यीनीहरुबाट चल्दैन,’ उनले भने। 

अब नेपाल बनाउन नयाँ पुस्ता नै जरुरी भएकोमा जोड दिए। पार्टीमा दिने गरेको सल्लाह दोहोर्‍याए-  ‘युवा शक्तिलाई जिम्मेवारी दिएर र उनीहरुकै सल्लाह लिएर बनाउँ है नेपाल। देश अलिकति सजिलोसित बनाउँ।’

पछिल्ला वर्षहरुमा देउवाबाट परिणाम नआएको उनको ‘अब्जरवेसन’ छ। निकटस्थको प्रेसरले देउवालाई टाँसिरहन बाध्य बनाएको बुझाइ छ उनको। अलिकति आक्रोश पोखे, ‘ओगटी राखेर, र्‍याल चुहाएर हुन्छ अब? परार मोदी आउँदा कस्तो बदनामी भयो, देउवा उँगेर बसे। आरजुले भनिन् भनेर प्रधानमन्त्री भइराख्नुपर्छ त?’

पार्टीका कार्यकर्तालाई ऊर्जा दिन नसक्ने, समेट्न नसक्ने र कन्भिन्स गर्न नसक्ने अवस्थामा पुगेपछि पदमा रहनुको अर्थ नहुने बताए। टाउकोतिर संकेत गर्दै उनले थपे, ‘दिमाग ओइलाएर लुलो भइसकेपछि के काम गर्छ?’

झन्डै आधा घन्टा लोकतन्त्र बाजेको कुरा सुन्यौं। त्यहाँबाट बिदा मागेर केही किलोमिटर पूर्वमा रहेको कानेपोखरीबाट भित्री बस्तीतिर पस्यौं।

भित्री बस्तीमा त्यही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी रेखा थापाको कार्यक्रम रहेछ। स-ससाना कोणसभा गर्दै हिँडेकी उनलाई भेट्न कार्यक्रम राखिएका ठाउँ खोज्दै गयौं। त्यही क्रममा भेटियो,  ७२ वर्षीय नवराज बस्नेतको घर। 

Navraj_Basnet_Deuba_Dantari1666526808.jpg
७२ वर्षीय नवराज बस्नेत

जुन घरको आंगनमा भर्खरै रेखाले कोणसभा गरेकी थिइन्। थापा बिदा भइसकेकीले हामी त्यही घरमा अलमलियौं। 

थापाले कार्यक्रम गरेको घर भएकाले झन्डा राप्रपाकै झुन्डिएको थियो। त्यसैले सौध्यौं- तपाईं राप्रपा हो? बस्नेतले  आफू कट्टर कांग्रेस रहेको बताए। त्यसपछि सुनाउन थाले, कांग्रेसलाई सघाउँदा २०२८ सालमै २९ दिन जेल बसेको कहानी। 

सोलुखुम्बुको सल्लेरीमा नेपाली कांग्रेसका जिल्लास्तरीय नेता रामु राईलाई सघाउने क्रममा उनकै घरबाट बस्नेत समेत पक्राउ परेका रहेछन्। भोजपुर दिङ्लाका उनी पछि तराई झरे। यतै संगठन बनाए। तर पद लिएनन्, क्षेत्रीय प्रतिनिधिसम्म भएको बताए।

गाउँमा चुनावको फरक हावा चल्न थालेपछि उनले कांग्रेसबाट दायाँबायाँ भोट नहाल्न  ‘घरस्तरीय बैठक’ बोलाएर छलफल गरिसकेका रहेछन्। कांग्रेसमा भोट हाल्ने कुरामा परिवारका सदस्यको त्यति फरक मत नभए पनि देउवालाई नै प्रधानमन्त्री बनाउने कुरामा कुरो नमिलेको बस्नेतले कुराकानीका क्रममा उल्लेख गरे। 

उनले भने, ‘हामीलाई देउवाले अब बिसाइदिए हुन्थ्यो भन्ने लागेको छ, सिधा भाषामा भन्दा। युवाले पनि पालो पाउनुपर्‍यो। गाउँमा युवाको माहुल (माहोल) छ।’

युवाको कुरा आउँदा उनले गगन थापाबाट केही आशा रहेको बताए। ‘कांग्रेसको अर्को पुस्ताका नेतामा गगन थापा नै ठिक लाग्छ मलाई चाहिँ। गगनले केही गर्ला कि भन्ने छ, तर बादविवादमा पनि मुछिँदैछ। कुरा राम्रै गर्छ। यस्तै यस्तै केटाहरुलाई दिनुपर्ने हो,’ उनले कुराकानी टुंग्याए र चिया मगाए।


तस्बिरहरु: निमेषजंग राई

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्