• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

झापा- १ स्थलगत:  विपक्षीको पक्ष लिइरहेका विश्वप्रकाश!

64x64
डिबी खड्का शनिबार, कात्तिक ५, २०७९  १७:३२
1140x725
तस्बिरहरु : निमेषजंङ राई

काँकडभिट्टा- कात्तिक ३ गते बिहान झापाको धुलाबारीको एक चिया पसलमा राजनीतिक गफको उफान थियो। पानी किन्न रोकिएका हामीलाई गफको स्वादले त्यतै अलमल्यायो। कुराकानी क्रममा एकजनाले ठोकुवा गरे, ‘यसपल्ट त विश्वप्रकाशले चुनाव जित्छन्। अर्को (अग्नि खरेल) त्यति चिनिइएको छैन।’

अर्कोले थपे,  ‘विपक्षी चिनाउने काम त विश्वाप्रकाश आफैंले गरिहाल्छन् नि। पोहोरसाल उनलाई हराउने राम कार्कीलाई कतिले पो चिनेको थियो। उनैले ‘बौद्धिक वामपन्थी नेता’ भनेर भाषण गर्दै हिँडे, अनि सबैले चिने।’ एकछिन सबै हाँसे। हामीले लय मिलायौं।

कांग्रेस महामन्त्री तथा झापा- १ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्माको जितको ठोकुवा गर्ने स्थानीय बद्री घिमिरे रहेछन्। त्यसमा ठट्टा गर्ने सञ्जोग निरौला। हामीले केहीबेर उनीहरुका राजनीतिक बुझाइ-विश्लेषण सुन्यौं र लाग्यौं काँकडभिट्टातर्फ।

काँकडभिट्टाबाट उत्तर झन्डै ७ किलोमिटर पार गरेपछि पुगियो- मेचीनगर वडा नं ४ बाहुनडाँगी। बस्ती डुल्ने क्रममा माइकको आवाज सुन्यौं। आवाज पछ्याउँदै जाँदा कार्यक्रम स्थल भेटियो। कांग्रेसको मेचीनगर- ४ को चुनावकेन्द्रित सम्पर्क कार्यालय खोल्ने कार्यक्रम रहेछ। 

शर्मा पनि त्यहीँ आइपुग्ने कार्यक्रम रहेको जानकारी स्थानीयबाट पाएका थियौं। तर हामी पुग्दा उनी कार्यक्रमस्थलमा थिएनन्। शर्मा स्थानीयको घर–आंगनतिर डुल्दै रहेछन्। स्थानीय नेताहरुले बोलिसकेर आफ्नो पालो आउने समयको हिसाबकिताब गरेर कार्यक्रम स्थलमा पुगे। उनले सम्बोधन गरेपछि कार्यक्रम सकियो।  

bishwo prakash main1666438924.jpg

कार्यक्रम स्थल चियाबारीको बीचमा थियो। त्यहीँ बाहिर रुखमुनि चियाका भारीहरु चाङ लगाएर शर्मालाई सुन्न पुगेका थिए चिया टिप्नेहरु। 

चिया जोख्न साहुलाई कुरिरहेका उनीहरु शर्मासँग भलाकुसारी गर्न पुगे। त्यसक्रममा आफ्ना गुनासाका पन्तुरा खोल्न थालिहाले।

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरुले उचित ज्याला नपाएकोदेखि गाउँमा विकास नपुगेकोसम्मका गुनासो सुनाए। ‘बाटोघाटो बन्नुपर्‍यो। यहाँ केही सुविधा छैन। गर्छु-गर्छु त भन्छन् तर गर्दैनन्,’ सीमा श्रेष्ठले गुनासो गरिन्।

यहाँनेर प्राय: नेताहरुबाट आउने उत्तर हुन्छ- अरुले केही गरेनन्। त्यसैले अब म गर्छु भनेर भोट माग्न आएको! उल्टै थपेर गुनासोसमेत गर्थे होलान्- यस्तै गर्नेलाई जिताउनुहुन्न भन्दै।

शर्मा भने सदाबहार स्वभावमा प्रस्तुत भए,  ‘म त हारेको मान्छे। अरुले गरेनन् भनेर भन्न सक्दिनँ।’

स्थानीय चन्द्रकला खतिवडाले बीचमै भनिन्,  ‘अब जितेर आएर गर्नुपर्‍यो नि।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शर्माले त्यसलाई ‘क्यास’ गरेर सपना देखाउन थालेनन्। ‘तर पनि यसो छ’ भन्दै उनलाई जितेर सांसद हुने एमाले र माओवादी केन्द्रका नेताको पक्ष लिएर उल्टो सम्झाउन थाले,  ‘बत्ति आएको कुरो छ। बाटो आइपुगेको छ।’

bishwo prakash 11666438914.jpg

भगवती काफ्लेले फेरि गुनासो राखिन्, ‘सडक पीच यहाँसम्म पुगेको छैन। गाडीले कहाँनेर लडाउला भन्ने डर हुन्छ। हामी त पछाडि नै पर्‍यौं।’

शर्माले फेरि पनि सम्झाए, ‘यहीँ तलनेर पिच सडक आइपुगेको छ। केही भएको छैन भन्नुहुँदैन, केही भएको छ तर पर्याप्त छैन। यति गरेर मात्रै पुग्दैन। धेरै गर्न बाँकी छ।’

त्यहाँबाट निस्किँदै गर्दा शर्माले भोटका लागि मौसमी अनुनय पनि गरेनन्। जाँदाजाँदै सोधे, ‘यसपल्ट साथ दिने हो नि?’
सबैले एकस्वरमा भने, ‘साथ दिन्छौं। ढुक्क भए हुन्छ।’ जहाँ शर्माले ‘ढुक्क हुने’ आश्वासन पाए, त्यो वडा एमालेले जितेको छ,  त्यो पनि झन्डै तेब्बर मतले। शर्मा मुस्कुराउँदै बाहिरिए।

स्थानीय चिया मजदुरहरुले हामीलाई एकछिन रोके। शर्मालाई नै राखेका गुनासो हामीलाई पनि सुनाए। उनीहरुको मुख्य गुनासो थियो, ‘हामीले खेताला लगाउँदा खानाखाजा खुवाएर एक हजार तिर्नुपर्छ। तर चिया टिप्दा दैनिक ३ सय ५० मात्रै पाइन्छ।’  

त्यसअघि सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनको भाषण सुन्यौं। कार्यकर्ता नै बढी उपस्थित भएको ठाउँमा विपक्षीविरुद्ध आगो ओकल्लान् भन्ने पूर्वानुमान पूर्णत: फेल भयो। आफूलाई २०७० सालमा पराजित गर्ने रवीन कोइराला र २०७४ मा पराजित गर्ने राम कार्कीको चिन्ता गरिरहेका थिए। कार्कीले टिकट नै नपाएको पीर पोख्दै थिए, कोइराला प्रदेशमा झर्नुपरेकोप्रति सहानुभूति।

bishwo prakash1666438924.jpg

कोइरालाप्रति सहानुभूति थियो,  ‘झापा- १ मा चुनाव लड्छु भनेर उहाँ खुदुनाबारीदेखि देवनियाँतिर सर्नुभयो। दुई वर्षदेखि घर बनाउनुभयो। अहिले खर्लक्कै गएर त्यहाँको टिकट अर्कै साथीलाई दिइयो। उहाँमाथि अन्याय गरियो। उहाँको सर्वसम्मत सिफारिस थियो, त्यो पनि लत्याइयो। टिकट नदिइएपछि मेरो २०७० सालको प्रतिष्पर्धी कमरेड उहाँले भन्नुपर्थ्यो ‘मेरा साथीहरुले सर्वसम्मत रुपमा संघमा भनेको छ। लड्ने भए यहाँ लड्छु, नत्र लड्दिनँ। उहाँ पनि खत्रक्क त्यहाँ  (प्रदेश सभामा) लड्नुभयो।’

कोइरालामाथि मात्रै सहानुभूति प्रकट गरेर पुगेन शर्मालाई। झापा-१ का अरु केही थान एमाले नेताको ‘प्रचार’ तिर लागे। यहाँनेर भने उनी बाचाल देखिए, ‘२०७० सालमा कलेज (संघ) मा गएको मान्छे, अहिले स्कुल (प्रदेश सभा) मा भर्ना हुन सुहाउँछ त?’ उहाँले आफूलाई पनि अन्याय गर्नुभयो। संघमा त दिएनन्, प्रदेशमा पनि बसेन भने यहाँबाट पनि निकाल्लान् कि भनेर अरु १८ जनालाई अन्याय गर्नुभयो। सायद उहाँ त्यहाँ नभएको भए बाहुनडाँगी  गाउँपालिकाको अध्यक्ष भइसकेको मान्छे निलकन्ठ तिवारीले पो अवसर पाउनुहुन्थ्यो कि? उहाँ पनि रोकिनुभयो।’

विपक्षको पक्ष लिएर गरेको प्रहार कार्यकर्ताले बुझे। पर्रर ताली बजाए। 

bishwo prakash 41666438922.jpg

विरोधको संस्कृतिलाई बढावा दिन नचाहेकाे उनले त्यसअघि नै भनिसकेका थिए, ‘कांग्रेसको मञ्चमा उभिएर कम्युनिस्ट खराब भन्न सजिलो छ। कम्युनिस्टको मञ्चमा उभिएर कांग्रेसलाई गाली गर्न पनि सजिलो छ। तर आफ्नै घर सफा पार्ने कुरा गाह्रो छ। आफ्नो घर सफा नगरी संसार सफा गर्छु भनेर हुँदैन।’

अर्काको विरोध मात्रै गर्नुहुन्न भन्ने कुरा बुझाउन उनले उपस्थितलाई प्रश्न गरे- ‘बिहान उठेर अर्काको घर बढारेर आउनुभएको यहाँ को छ? हात उठाउनुहोस् त।’

कसैको हात उठेन। 

उनले थपे- ‘हामी आफ्नै घर सफा गरेर आएको हो। तर राजनीतिमा कस्तो रहेछ भने आफ्नो घर सफा पार्नुपरेन, तेरो घरचाहिँ सफा पार न, तिम्रो घर चाहिँ खराब छ। त्यसो होइन, कांग्रेसले कांग्रेसकै घर बढार्ने हो। जसरी बिहान तपाईंले आफ्नो घर बढार्ने हो।’

कार्यकर्तालाईसमेत उनी विपक्ष दलहरुलाई गाली नगर्न प्रोत्साहित गर्दै थिए। उनले थपे, ‘राम्रो काम विपक्षी दलको नेताले गरे पनि राम्रै हुन्छ। नराम्रो काम आफ्नैले गरे पनि नराम्रै हुन्छ। राजनीतिमा परिवर्तन भनेको त्यो हो।’

कांग्रेस टिकट वितरणमा भएका कमजोरीको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाको भागमा खन्याउन चाहेनन्। पहिलोचोटी महामन्त्री भएर सभापति देउवासँगै टिकट वितरणमा गगन थापा आफू सहभागी भएको भन्दै कमजोरी हिस्सेदारी लिए। 

bishwo prakash 31666438920.jpg

टिकट वितरणको विषयलाई लिएर ‘सहानुभूति’ का शब्दबाटै प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट आफूसँग प्रतिष्पर्धा गरिरहेका अग्नि खरेलविरुद्ध अलिकति आगो झोसे। मीठो भाषामा ‘बाहिरिया’ भएको बताए। 

मन्त्री हुँदासमेत काम नगरेको कुरा पनि जेरी जस्तो घुमाएर मात्रै होइन, चास्नी समेत हालेर भनिदिए,  ‘मसँग जो चुनाव लड्न आउनुभयो। उहाँको यहाँ आउने चाहनै थिएन। उहाँ मन्त्री पनि बन्नुभयो। मन्त्री भएपछि उहाँ यो भूगोलमा कहिल्यै कार्यक्रममा आएजस्तो लाग्दैन। हात्तिले मान्छे मर्दै गर्दा खोज्दै आए जस्तो त लाग्दैन। कोरोनाका बेला क्यान्टोनम्यान्ट घुम्न आएजस्तो त लाग्दैन। डेंगुको बेला आफू आए पनि नआए पनि विश्वप्रकाश केही न केही कुरा पठाइरहेको थियो। पठाएजस्तो त लाग्दैन। गौरादहको मान्छेको अचानक किन चुनाव लड्न आए भने उनी पेलिए।’

मतदातासँग र कार्यकर्तासँग गरेका कुरा सुनेपछि हामीले शर्मासँगै त्यहीँ कुरा गर्‍यौं। हाम्रो प्रश्न थियो- चुनावको माहोलमा पनि किन मतदातालाई सपना नेदखाएको? कार्यकर्तालाई लोभ नदेखाएको? ‘म यो गर्छु, त्यो गर्छु । सबै गर्छु भन्दिनँ। विश्वप्रकाश शर्मा धेरै गर्छु भन्दैन, केही गर्छु भन्छ। जति गर्छ इमान्दारिताका साथ गर्छ,’ उनको उत्तर थियो।

bishwo prakash 51666438922.jpg

कुराकानीकै क्रममा सांसद भएर गएपछि देशको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरामा आफ्नो समर्थन हुने बताए। उनले भने, ‘झापा-१ बाट म निर्वाचित भएर गएपछि अब गगन थापालाई प्रधानमन्त्री बनाउन त। एउटा युवालाई प्रधानमन्त्री बनाउन न त। ४०/४२ वर्षको मान्छेले फ्रान्स चलाउन हुने, चिलीमा ३५ वर्षको मान्छे हुने। हामीकहाँ किन नहुने भन्ने कुरामा अग्रसरता रहन्छ।’

कुनै कारण थापाले उम्मेदवारी दिएनन् भने शर्माले भन्नेछन्- ‘यहाँ समर्थनमा हस्ताक्षर गर। म हुन्छु प्रधानमन्त्री भनेर दाबी गर्ने ठाउँमा निश्चय नै उभिन्छु।’

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १७:३२
  • #चुनाव_२०७९
  • #विश्वप्रकाश शर्मा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्