• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कांग्रेसका उम्मेदवारलाई अन्तर्घातको त्रास

64x64
नवीन झा शनिबार, कात्तिक ५, २०७९  १०:४६
1140x725

काठमाडौं– गत सोमबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू र पार्टी सभापति शेरबहादुर देउवाकाबीचमा अब कुनै असमझदारी नरहेको बताए। उनले कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई कुनै तुष नबोकेर चुनावमा लाग्न निर्देशन पनि दिए। 

मोरड–६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका कोइराला कांग्रेसको १४औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिको मैदानमा उत्रिएका थिए। त्यसयता पार्टीको आन्तरिक जीवनमा कोइराला र देउवाको सम्बन्ध सौहार्द्रपूर्ण देखिएको छैन। तर, सोमबार आफ्नो निर्वाचन क्षेत्रमा कोइरालाले देउवासँग आफ्नो कुनै मनमुटाव नरहेको ‘अर्थपूर्ण अभिव्यक्ति’ दिए। कोइरालाको अभिव्यक्तिलाई अहिले कांग्रेसका दुवै पक्षका नेताहरूले सामाजिक सञ्जालमा सकारात्मक रुपमा सेयर गरिरहेका छन्।

तर, देउवा पक्षको सम्भावित असहयोगको त्रासले कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा उक्त अभिव्यक्ति दिएको दाबी गर्नेहरू पनि छन्। पार्टीको महाधिवेशनबाट सुरु भएको देउवा–कोइराला पक्षको ‘द्वन्द्व’ निर्वाचनको उम्मेदवारी छनोटको बेला थप उत्कर्षमा पुगेको थियो। कोइराला पक्षले पार्टी कार्यालयमा धर्ना दिने मात्र होइन छुट्टै भेला, बैठक समेत गरेको थियो। विद्रोहमा उत्रिने चेतावनी दिएको थियो।

कोइराला मात्र होइन, कांग्रेसका अधिकांश उम्मेदवार अन्तर्घातको त्रासमा छन्। उनीहरू अहिले एक अर्को समूहलाई ‘रिझाउने’ प्रयासमा छन्। एकातिर आममतदाता रिझाउनुपर्ने छ भने अर्कोतिर आफ्नै पार्टीभित्रको इतरपक्षलाई रिझाउनुपर्ने बाध्यता छ।

कांग्रेसका शीर्ष नेताहरू सार्वजनिक रूपमा पटक–पटक भन्छन्, ‘कांग्रेसलाई अरु कसैले हराउन सक्दैन, कांग्रेसलाई कांग्रेसले नै हराउँछ।’ र, यस्ता थुप्रै उदाहरणहरू पनि छन्। आउँदो चुनावमा यिनै उदाहरणको पुनरावृत्ति हुने चिन्तामा कांग्रेसका उम्मेदवार छन्। 

४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेस पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अघि बढेको छ। गठबन्धनमा भएको सिट बाँडफाँटले गर्दा कांग्रेसका धेरै आकांक्षी टिकटबाट वञ्चित भए।

प्रतिनिधि सभाका १६५ सिटमध्ये कांग्रेसले ९१ सिटमा मात्र उम्मेदवारी दिएको छ। जसका कारण टिकट नपाएकाहरूले अन्तर्घात गर्ने कांग्रेसको डर छ। उसो त कतिपय क्षेत्रमा कांग्रेसविरुद्ध कांग्रेसकै बागी उम्मेदवार समेत खडा भइसकेका छन्।

टिकट नपाएपछि केन्द्रीय सदस्य दिनेश कोइराला, अजय चौरसिया लगायतका पुराना नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसमा टिकट वितरणलाई लिएर संस्थापन पक्षमै पनि ठूलो असन्तुष्टी देखिएको छ। संस्थापननिकट केन्द्रीय सदस्य नैनसिंह महरले टिकट वितरणमा असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा महामन्त्रीको तयारीमा केन्द्रित हुने घोषणा गरिसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभातर्फ समानुपातिकमा रहेका ११० मध्ये ३२ जना र प्रत्यक्षतर्फ ९१ स्थानमा उम्मेदवारी दिएकामध्ये २९ जना शेखर पक्षका उम्मेदवार छन्। केन्द्रीय सदस्यहरू डा गोविन्दराज पोखरेल, मधु आचार्य, डा मीनेन्द्र रिजाल, भूपेन्द्रजंंग शाही र अर्थविद् स्वर्णिम वाग्लेलगायतले टिकट नपाउँदा कांग्रेसमा असन्तुष्टी देखिएको छ। 

गत मंगलबार बसेको कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठकमा पनि यस विषयमा छलफल भएको थियो। पार्टीभित्रको असन्तुष्टिलाई कसरी मिलाएर लैजाने र चुनावमा अधिकतम जित कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेता बताउँछन्। 

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पार्टीमा टिकट वितरणले गर्दा असन्तुष्टि रहेको स्वीकार्छन्। तर, त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अहिल्यै केही भन्न नसक्ने बताउँछन्। ‘खुल्ला रुपमा कसैले पनि म वा हामी अन्तर्घात गर्छौं भन्दैन’, महरले भने, ‘यसको आकलन निर्वाचन परिणामपछि मात्रै गर्न सकिन्छ।’

अन्तर्घातको त्रासमा कांग्रेसका चर्चित उम्मेदवारहरूमा समेत रहेको दाबी गरिएको छ। काठमाडौं–४ का उम्मेदवार, महामन्त्री गगन थापादेखि रुपन्देही–३ का उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणसम्मलाई अन्तर्घातको डर छ। महामन्त्री थापालाई नेता कोइरालाझैं देउवा पक्षले असहयोग गर्ने त्रास रहेको एक नेताको दाबी छ। तर, गगननिकट एक नेताले भने यसको सम्भावना नरहेको बताए। कथं पार्टीभित्रबाट असहयोग भएछ भनेपनि गगनले ‘म्यानेज गरेको’ गैरकांग्रेस मतले पनि उनी निर्वाचित हुने ती नेताको दाबी छ।

उता, खाणको प्रतिस्पर्धामा एमाले र जसपाको सहयोगमा राप्रपा नेता दीपक बोहरा छन्। एकातिर एमाले र जसपाको साथ पाएका बोहरा आफूविरुद्ध मैदानमा हुनु र अर्कोतिर पार्टीभित्र ‘पूर्ण सहयोग’ नपाउने भयले खाण असुरक्षित महसुस गरिरहेको बताइन्छ।

१४औं महाधिवेशनका बेला स्थानीय अधिवेशनको क्रममा खाण पक्ष बलपूर्वक अघि बढेको र त्यसक्रममा अर्को पक्षबाट नेतामाथि कुटपिट समेत गरिएको स्थानीय कांग्रेस नेताहरूको आरोप छ। तर, खाण पछिल्लो समय लगातार आफ्नो क्षेत्रमा चुनावी रणनीति बनाइरहेका छन्। पार्टीभित्रको आन्तरिक समस्या ‘डाउन’ गर्ने मात्र होइन, गठबन्धनलाई प्रभावकारी बनाउन पनि उनी खटिइरहेका छन्।

गगन र बालकृष्ण मात्र होइन, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला, विजय कुमार गच्छदार, बद्री पाण्डे, हृदयराम थानी, पूर्णबहादुर खड्का, मोहन बस्नेतलगायतका नेताहरूलाई पनि अन्तर्घातको जोखिम छ।

कांग्रेस नेता भूपेन्द्रजंग शाहीले पार्टीभित्रको असन्तुष्टि तीव्र रहेपनि सत्ता गठबन्धन बलियो रहेकाले योपटक कांग्रेसबाट उम्मेदवार बनेका नेताहरूलाई चुनाव जित्न समस्या नहुने बताए। ‘उम्मेदवारी छनोटलाई लिएर पार्टीभित्र असन्तुष्टी छन्। तर, त्यसले योपटक कुनै फरक पर्दैन भन्ने मेरो बुझाइ हो’, शाहीले भने। निर्वाचनपछि भने यस विषयमा पार्टीमा व्यापक कुरा उठ्ने उनको दाबी छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १०:४६
  • #चुनाव_२०७९
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र आइतबार, भदौ २८, २०८३
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्