• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बढ्न सकेन देशको ढुकुटी, के छन् कारण?

64x64
सुमित्रा कार्की शुक्रबार, कात्तिक ४, २०७९  २०:३९
1140x725

काठमाडौं – अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या कायमै रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकले देखाएको छ। सो तथ्यांकअनुसार देशको विदेशी मुद्राको  ढुकुटी पाँच वर्ष यताकै न्यून विन्दुमा पुगेको देखिन्छ। 

जसले देशको आर्थिक अवस्था अझै पनि समस्यामा रहेको देखाउने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रमेशकुमार पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक हेर्दा देशका केही आर्थिक सूचकमा सुधार देखिएको छ। तर, यो अहिलेको अर्थतन्त्रमा देखिएको समस्याको समाधान गर्न पर्याप्त भने छैन।’

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशमा कुल विदेशी विनिमय सञ्चिति (देशको विदेशी मुद्राको  ढुकुटी) नौ अर्ब ४२ करोड अमेरिकी डलर रहेकाेमा एक महिनापछि भदौमा यस्तो सञ्चिति सात करोड रुपैयाँले घटेर नौ अर्ब ३५ करोड अमेरिकी डलरमा सीमित भएको छ। 

भदौसम्मको तथ्यांक हेर्दा देशको ढुकुटीमा भएको सञ्चितिले ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ। विगत पाँच आर्थिक वर्षको भदौ महिनाको तथ्यांक हेर्ने हो भने हामीसँग विदेशी विनिमय सञ्चिति यो वर्ष अन्य चार वर्षकोभन्दा कम देखिएको राष्ट्र बैंकले तथ्यांकले देखाउँछ। 

यस्तो छ राष्ट्र बैंकको पाँच वर्षको तथ्यांक :

भदौसम्मको देशको आर्थिक अवस्था :

Ncell 2
Ncell 2
nimb
nimb

- २०७९ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति (मूल्य बृद्धि)  ८.६४ प्रतिशत रहेको छ।

- कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

- कुल वस्तु आयात १३.० प्रतिशतले कमी आई २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

- कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आई २ खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

- चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो। 

- शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो।

- अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ।

- विदेशी विनिमय सञ्चिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। 

- संघीय सरकारको खर्च कुल रु.१३४ अर्ब ३४ करोड रहेकोे छ। कुल राजस्व परिचालन १ खर्ब ४३ अर्ब ८१ करोड रहेको छ।

- बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले घटेको छ भने  बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ।

- पुर्नकर्जा ०७९ भदौ मसान्तमा १ खर्ब ८ अर्ब ४९ करोड रुपैयाँ लगानीमा रहेको छ।

- ०७९ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरू क्रमशः ४.९२ प्रतिशत र ८.५७ प्रतिशत रहेका थिए।

- इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या ०७९ भदौ मसान्तमा १२५ रहेको छ। यसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा ०७९ भदौ मसान्तमा ११ हजार ५८५ पुगेको छ।

स्रोत : नेपाल राष्ट्र बैंक 

पोखरेलका नजरमा देशको ढुकुटी नबढ्नुका कारण : 

अहिले देशको ढुकुटी बढ्न नसक्नुको कारण सबैजसो अर्थतन्त्रमा समस्या देखिनु रहेको जानकारहरूको बुझाइ छ। देशको ढुकुटीमा सुधार नआउनुको मुख्य कारण ब्यापार घाटाको आयतन सबैभन्दा ठूलो हुनु रहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पोखरेल बताउँछन्। उनका अनुसार सञ्चिति घट्नुका तीन कारण छन्:

१. आयात घटे पनि त्यसको आयतन एकदमै ठूलो छ। यसर्थ, थोरै घट्दैमा त्यसले समस्याको समाधान गरिहाल्छ भन्ने अवस्था रहँदैन। आयातको आयतनले अन्य सबै विषयलाई डोमिनेट गरिरहेको छ। यसलाई सन्तुलनमा ल्याउनका लागि रेमिट्यान्सले धान्नुपर्ने अवस्था छ। तर, रेमिट्यान्स आउने भोलुमभन्दा हाम्रो विदेश पैसा जाने भोलुम ठूलो छ। 

२. सञ्चिति बढाउने अर्को उपाय स्वदेशी उत्पादनको खपत बढाउनु र निर्यात बढाउनु हो। तर, हाम्रो निर्यातको अवस्था कस्तो छ भनेर राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा नै हेर्न सकिन्छ। एक वर्षमा ३४ प्रतिशत निर्यात घटेको छ। यसरी कसरी देशमा पैसा आउँछ भन्ने प्रश्न यही देखिन्छ। यसकारण हाम्रो सञ्चिति बढ्न सकेको छैन। 

३. हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सन्तुलनमा पनि समस्या छ। यसको सुधार हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अहिले देशको अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि आार्थिक अवस्था समस्यामुक्त नभएको बताउँछन्। 

‘अहिलेको आर्थिक अवस्था समस्यामुक्त छैन। केही सूचक सकारात्मक बनेका छन्। तर, हाम्रो अर्थतन्त्रमा देखिएका समस्या वा भनौ आर्थिक क्षेत्रमा दबाब कायमै छ,’ उनी भन्छन्।

आर्थिक क्षेत्रको घाटा गत वर्षको भन्दा पनि बढेको श्रेष्ठको बुझाइ छ।

‘व्यापार घाटा केही घटेको छ। यसले हामीलाई केही राहत भएको छ। तर, अझै  सेवाको घाटा यथावत नै रहेको छ। यो क्षेत्रको घाटा गत वर्षको भन्दा पनि बढेको हामी देख्न सक्छौं,’ उनी थप्छन्, ‘हामीले असारसम्म तिर्न बाँकी नेपाल आयल निगमको पैसा लगायतका विषय, विभिन्न खालका पेमेन्ट आदि हाम्रो सञ्चिति घट्नुका कारण हुन्।  यस्ता विषयले गर्दा मुद्रा सञ्चिति दबाब कायम रहेको देखिन्छ।’ 

गत वर्ष क्रेडिटमा भएका भुक्तानी अहिले पेमेन्ट गर्दा देशको ढुकुटीमा भएको सञ्चिति दवाबमा पर्दै गएको उनी बताउँछन्। यद्यपि, अहिले पनि देशको भुक्तानी सन्तुलन माइनसमा रहेको र यो प्लसमा नआउँदासम्म सञ्चितिमा दबाब देखिने उनको बुझाइ छ। 

‘हाम्रो भुक्तानी सन्तुलनको अवस्था हेर्ने हो भने पोहोरको भन्दा केही सुधार भएको छ। मानौं, पोहोर हामीले जति तिर्न बाँकी थियो त्योभन्दा केही घटेको छ। तर, पूरै तिरिसकेको छैन,’ उनी थप्छन्, ‘यतातिर हामीले केही कुरामा प्रतिबन्ध लगाएर आयात कम भएको देखिन्छ। तर, निर्यात झन् ठूलो मात्रामा घट्दा यता सन्तुलन पनि बिग्रिएको छ।’

 ‘अर्थतन्त्र सुधार्न आयातमा अझ कडाइ गर्नुपर्छ’

अहिले अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नका लागि आयातमा अझ कडाइ गर्नुपर्ने पूर्वनिर्देशक पोखरेल बताउँछन्। 

‘तत्काल हामीले धेरै वस्तु उत्पादन गरेर विदेश निर्यात गर्न सक्ने अवस्था छैन। अर्को कुरा रेमिट्यान्स धेरै भित्र्याउनका लागि हामीसँग तत्कालै दक्ष जनशक्ति उत्पादन गरेर विदेशमा श्रम निर्यात गर्न सक्ने अवस्था पनि देखिँदैन,’ उनी भन्छन्।

यस्तै कारण अहिले अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न विलासिताका बस्तुहरूलगायत अत्यावश्यक बाहेकका बस्तुमा आयात प्रतिबन्ध राख्नुपर्ने पोखरेलको भनाइ छ। आयात रोक्नका लागि सरकारले केही सामानमा प्रतिबन्ध लगाएको भएता पनि त्यो पर्याप्त  नभएको उनको बुझाइ छ। 

‘सरकारले देशमा उत्पादन बढाउने खालका केही नीति ल्याएर देशलाई आयातमा भन्दा पनि निर्यातमा जोड दिन सक्ने अवस्था बनाउनुपर्ने अवस्था आएको छ। यसमा सरकारसँगै राजनीतिक दलहरूले पनि सोच्ने बेला आएको छ,’ उनी भन्छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २०:३९
  • #नेपाल राष्ट्र बैंक
  • #अर्थतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्