काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्यता, नृत्य र हतियार नेपालबाट सुरु भएको दाबी गरेका छन्। उनले भेषभुषा र चाडपर्वदेखि इतिहास सम्मलाई सुरक्षा चाहिएको दाबी गरे।
नेपाली जाति बहादुर, इमान्दारका साथै विद्वान पनि रहेको ओलीको भनाइ छ। शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातीसँगको कार्यक्रममा बोल्दै ओलीले नेपालबाट सभ्यता, बाध्यबादन र हातहतियारको विकास भएको दाबी गरे।
अध्यक्ष ओलीले पहिलो हतियार शिवको त्रिशुल भएको र नृत्य पनि शिवको रहनुका साथै योगपनि शिवले नै गरेको दाबी गरे। उनले कपिल मुनि नेपालकै आदिवासी भएको दाबी गरे। कपिल मुनिले संसार र यसको परिर्वतनबारे दर्शन निकालेको ओलीले उल्लेख गरे। ओलीले गौतम बुद्ध पनि आदिवासी भएको बताए।
ओलीले नेपालमा विकासको काम आफू नेतृत्वको सरकारको पालामा मात्रै भएको दाबी गरे। ३९६ वटा सडक उद्घाटन गरेर विकासको शुरुवात गरेको ओलीको दाबी थियो। आफूले एकैदिन ३१ पुलको उद्घाटन गरेको र अहिले एकैपटक तयार भएको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।