• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

तेस्रो जितको खोजीमा गणेश ठगुन्ना र दिलेन्द्र बडू: कसले मार्ला बाजी?

64x64
धनु विश्वकर्मा मंगलबार, कात्तिक ८, २०७९  ०६:२६
1140x725

काठमाडौं- दार्चुलामा प्रमुख दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने भएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका पोलिटब्युरो सदस्य गणेश ठगुन्ना र कांग्रेस केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूबीच अगामी मंसिर ४ गते प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा हुने भएको हो। 

यी दुवै प्रभावशाली नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएकाले पनि यहाँको सरगर्मी बढेको छ। निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा ९ जना चुनावी मैदानमा छन्। मन्त्री बडू सातौं पटक उम्मेदवार बनेका छन् भने ठगुन्ना तेस्रो पटक। मन्त्री बडू सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन्।

ठगुन्ना २०७० र ७४ मा प्रत्यक्षमा निर्वाचित सांसद हुन्। उनको यो तेस्रो उम्मेदवारी हो। यसर्थ, ठगुन्ना पनि ह्याट्रिक गर्ने दाउमा छन्। त्यस्तै मन्त्री बडू पनि ०४८ र ०५६मा प्रत्यक्ष निर्वाचित भएका थिए। उनी पनि तेस्रोपटक ह्याट्रिक गर्ने दाउमा देखिएका छन्।

बडू ५ र ठगुन्ना १ पटक मन्त्री

०४८ देखि संसदीय राजनीतिमा मन्त्री बडू अभ्यस्त तथा परिपक्क विधायकका रुपमा परिचित छन्। ०३६ सालदेखि राजनीतिक आन्दोलनमा लागेका बडू प्राध्यापन पेसा त्यागेर पूर्णकालिन राजनीतिमा लागेर कांग्रेसको प्रभावशाली नेताका रुपमा स्थापित भएका व्यक्ति हुन्।  

बडूले पटक–पटक गरी पाँचपटक राज्यको निकायमा बसेर काम गरिसकेका छन्। उनी ०४८—०५१ मा आवास तथा भौतिक योजना सहायकमन्त्री, ०५६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री, सञ्चार र वनमन्त्री, नेपाल सरकारको प्रथम प्रवक्ता र हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन्। 

यता, ठगुन्ना विद्यार्थी राजनीतिबाट उदाएका पात्र हुन्। उनी ०४५ सालमा अनेरास्वियूको दार्चुला–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भएदेखि सक्रिय राजनीतिमा लागेका थिए। ०४७ मा मालेतिर लागे पनि उनी फेरि एमालेमा फर्किए। उनी ०५४ मा जिल्ला विकास समिति, दार्चुलाको सभापति भइसकेका छन्। ठगुन्ना ०७७ पुषमा संसद् विगठन भएप्रश्चात केपी ओलीको मन्त्रिपरिषद्मा पहिलो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका थिए।

ठगुन्ना :  जित २, हार १

Ncell 2
Ncell 2
nimb
nimb

गणेश ठगुन्ना पहिलोपटक पहिलो संविधानसभाको निर्वाचन ०६४ मा उम्मेदवार बनेका थिए। उनका प्रतिस्पर्धीको रुपमा कांग्रेसका दिलेन्द्रप्रसाद  बडू र माओवादीका लक्ष्मणदत्त जोशी चुनावी मैदानमा थिए। त्यो बेला जोशी ३० वर्षका थिए। उनी ३० वर्षका युवा जोशीसँग पराजित भए। जोशीले २५ हजार ४०४ मत प्राप्त गर्दा ठगुन्नाले १२ हजार ८०३ मतमात्र पाए। त्यस्तै बडूले १२ हजार ५९९ मत पाएका थिए। 

ठगुन्ना दोस्रोपटक दोस्रो संविधानसभाको निर्वाचन ०७० मा एमालेबाट उम्मेदवार बने। उनका प्रतिस्पर्धी कांग्रेसका बडू नै थिए। २० हजार ४७० मत प्राप्त गर्दै ठगुन्ना निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी बडूले भने १९ हजार २३६ मत ल्याएका थिए। 

ठगुन्ना तेस्रोपटक संघीय संसद्अन्तर्गत प्रतिनिधि सभामा  उठे। ०७४ मा भएको उक्त निर्वाचितमा उनी निर्वाचित भए। उनले २८ हजार ९९८ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गरेका थिए। उनी नेकपा तथा वाम गठबन्धनका साझा उम्मेदवार थिए। 

बडू : जित २ हार ३    

Xtrem

Xtrem

बहुदल आएपछि भएको पहिलो प्रतिनिधि सभाको निर्वाचन ०४८ मा दिलेन्द्रप्रसाद बडू कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनले ९ हजार ६७८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (प्रजातन्त्रवादी)का चन्द्रदेव जोशीले ३ हजार ६४१ मत प्राप्त गरेका थिए। 

दोस्रोपटक ०५१ मा भएको मध्यावधि निर्वाचनमा भने उनी पराजित भए। उनका प्रतिस्पर्धी एमालेका प्रेमसिंह धामी निर्वाचित भए। निर्वाचित धामीले १५ हजार ७०८ मत प्राप्त गर्दा बडूले ११ हजार ६११ मत प्राप्त गरेका थिए।
तेस्रोपटक ०५६ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बडूले जित हासिल गरेका थिए। उनले एमालेका वीरबहादुर ठगुन्नालाई हराएका थिए। बडूले २२ हजार ३७९ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी ठगुन्नाले भने १६ हजार ६५६ मत प्राप्त गरेका थिए। 

चौथोपटक पहिलो संविधान सभाको निर्वाचन ०६४ मा पराजित भए। उनका प्रतिस्पर्धा एमालेका गणेश ठगुन्ना र माओवादीका लक्ष्मणदत्त जोशीसँग भएको थियो। जोशीले बडू र ठगुन्नालाई हराएका थिए। जोशीले २५ हजार ४०४ मत प्राप्त गर्दा ठगुन्नाले १२ हजार ८०३ मत पाए। त्यस्तै बडूले १२ हजार ५९९ मत प्राप्त गरेका थिए। 

पाँचौं पटकको रुपमा बडू दोस्रो संविधानसभाको निर्वाचन ०७० मा उम्मेदवार बनेका थिए। यो पाली भने उनी पराजित भए। उनी एमालेका गणेश ठगुन्नासँग पराजित भएका थिए। ठगुन्ना २० हजार ४७० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने बडूले १९ हजार २३६ मतमात्र ल्याएका थिए। 

त्यस्तै, छैटौंपटक बडू समानुपातक उम्मेदवार बने। प्रतिनिधि सभा सदस्यको निर्वाचन ०७४ मा उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। 

तेस्रोपटक आमने–सामने

ठगुन्ना र बडू भने तेस्रोपटक एक–अर्काको आमने सामने चुनाव लड्ने भएका छन्। पहिलोपटक पहिलो संविधानसभाको निर्वाचन ०६४ मा दुवैजना चुनावी प्रतिस्पर्धामा देखिएका थिए। त्यो बेला भने दुवै जनाले पराजय भोगेका थिए। जित भने माओवादीका लक्ष्मणदत्त जोशीको पोल्टामा गएको थियो। जोशीले २५ हजार ४०४ मत प्राप्त गर्दा ठगुन्नाले १२ हजार ८०३ मत पाएका थिए। त्यस्तै बडूले १२ हजार ५९९ मत प्राप्त गरेका थिए। पहिलोपटक एक–अर्काका प्रतिस्पर्धी बनेका बडू र ठगुन्नाबीच २०४ मतान्तर रहेको थियो। ठगुन्नाभन्दा जोशीले करिब दोब्वर मतले जितेका थिए।

दोस्रोपटक दोस्रो संविधानसभाको निर्वाचन ०७० मा भने बडूलाई ठगुन्नाले हराएका थिए। ठगुन्ना २० हजार ४७० मत प्राप्त गर्दै निर्वाचित भए भने बडूले भने १९ हजार २३६ मत ल्याएका थिए। ठगुन्ना र बडूको मतान्तर १ हजार २३४ रहेको थियो।

तेस्रोपटक अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको लागि ठगुन्ना र बडू दुवैजना आमने–सामने भएका छन्। दुवैजना केन्द्रमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। त्यसैले, यो पाली पनि यी दुई बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एकपटक हराएका बडूलाई ठगुन्ना पुनः जित्ने कसरतमा देखिन्छन्। बडू भने नतिजा उल्टयाउने दाउमा रहेको बझिएको छ। बडू वहालवाला मन्त्रीसमेत रहेकाले उनलाई आफ्नो साख जोगाउनुपर्ने बाध्यता छ।

के छ स्थानीय तहको अवस्था?

दार्चुलामा ९ स्थानीय तह रहेका छन्। यसमा अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, महाकाली नगरपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिकामा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका छन्।

स्थानीय तहको निर्वाचन ०७९ मा वडाध्यक्षको मत केलाउँदा भने सबैभन्दा ठूलो दल एमाले रहेको छ। वडाध्यक्षको मतअनुसार एमालेको २९ हजार ४२, कांग्रेस २१ हजार ४५४, माओवादी केन्द्र ७ हजार ८८१ र एकीकृत समाजवादीको १४२ मत रहेको छ। 

सत्ता गठबन्धन सबैको मत जोड्दा पनि एमाले अगाडि रहेको छ। यद्यपि, यो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीजस्ता सत्ता गठबन्धनमा आबद्ध दलहरू एमालेविरुद्ध एककट्ठा छन्। बैशाखमा भएको स्थानीय तहको निर्वाचन हेर्दा भने गठबन्धनको भन्दा एमालेको मत बढी देखाउँछ। त्यही मत यथावत रहेमा ठगुन्नाले बाजी मार्ने विश्लेषण गर्न सकिन्छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०६:२६
  • #निर्वाचन २०७९
  • #चुनाव २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्