• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कमेडियन अपूर्वलाई थुन्नुपर्छ भन्दै १०१ जनाले दिएका थिए जाहेरी 

अपूर्वको बयान– हँसाउने बाहेक अरु उद्देश्य थिएन
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  १४:०३
1140x725

काठमाडौं– स्ट्याण्डअप कमेडियन अपूर्व क्षितिज सिंह बिहीबार जिल्ला अदालत काठमाडौंमा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए। 

कमेडी गरेकै आधारमा दुई–दुई पटक पक्राउ पर्दै प्रहरी हिरासतमा बसेका सिंहलाई अदालतले बिहीबार साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भए। 

कमेडी गरेकै आरोपमा गम्भीर अपराध गरेजसै गरी अपूर्वलाई हिरासतमा राख्ने र मुद्दा चलाउनेसम्मको काम भएको भन्दै सर्वत्र विरोध समेत भएको थियो।  बोलाएको बखत उपस्थित हुने भन्दै प्रहरी हिरासतबाट छुटेका अपूर्व प्रहरी कार्यालय टेकु पुग्दा पुनः हिरासतमै राखिए। त्यसपछि झनै प्रहरीको ‘नियत’लाई लिएर सामाजिक सञ्जालमा विरोध भयो।

अन्ततः उनी बिहीबार धरौटी बुझाएर रिहा भए। कमेडी गरेर दर्शक हँसाएका अपूर्व कसरी थुनिन गए ? अर्थात् हिरासतदेखि अदालतमा धरौटी बुझाउनेसम्मको अवस्था अपूर्वमाथि आइपुग्नुमा १०१ पात्र जोडिएका छन्। 

नेवार समुदायका १०१ जनाले अपूर्वलाई हदैसम्मको कारबाही गर्नुपर्छ (थुन्नुपर्छ) भन्दै प्रहरीमा जाहेरी दिएका थिए। असार ३१ गते बत्तीसपुतलीस्थित ग्य्रासिया सेन्टरमा भएको कमेडी कार्यक्रममा अपूर्वले नेवार समुदायको बारेमा ‘पर्फमेन्स’ दिएका थिए। 

अपूर्वका अनुसार उनको पर्फमेन्समा दर्शक हाँसेकै थिए। त्यही पर्फमेन्सलाई उनले ‘अपूर्व क्षितिज सिंह’ नामको युट्युब च्यानलमा ‘नेवारको परम्परा’ शीर्षक राख्दै भदौ १० गते अपलोड गरे। लाईभ प्रस्तुतीमा वाहीवाही पाएको त्यही भिडिओ युट्युबमा अपलोड भएपछि विरोध भयो। अपूर्वले २४ घण्टा नबित्दै भदौ ११ गते भिडिओ हटाए। सामाजिक सञ्जालमार्फत् माफी मागे। 

तर कुरो यत्तिमै सकिएन। उक्त भिडिओको विषयलाई लिएर नेवार समुदायका १०१ जनाले जिल्ला प्रहरी परिसर टेकुमा अपूर्वविरुद्ध जाहेरी दिए। उक्त जाहेरीलाई समर्थन गर्नेमध्ये एक थिए, हाल काठमाडौं क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवारी समेत दिएका सुमन सायमी।

पृथबिन्दु महर्जन, पुरुषोत्तम कपाली, विक्रम सुवाल, सूर्यप्रसाद छवालु, श्याम रजक, प्रबिल श्रेष्ठ, आयुष श्रेष्ठ, सुजन श्रेष्ठलगायत १०१ जनाले परिसर टेकुमा जाहेरी दिएका थिए। १०१ जनाको संयुक्त जाहेरीमा अपूर्वले गम्भीर कसुर गरेकाले प्रचलित कानून बमोजि कारबाही गर्न माग गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

जाहेरीमा लेखिएको थियो, ‘हामी नेवार समुदायलाई, हाम्रो भाषा संस्कृति, परम्परा, रितीरिवाज, रहन–सहन, समेतलाई अमानवीय व्यवहार गरी सामाजिक रित, स्थितीमा खलल पार्ने, हाम्रो सम्प्रदायलाई होच्याउने, घृणा गर्ने, द्वेष उत्पन्न गराउने, अपमानजनक र भेदभावपूर्ण व्यवहार गर्ने र समुदायमा उत्तेजना फैलाइ गम्भीर कसुर गरेकाले कानुन बमोजिम कारबाही गरी पाउँ’ भनि उल्लेख गरिएको थियो। 

‘नेवारी खानाका परिकारलाई लिएर धज्जी उडाउने, वेल विबाह जस्तो पवित्र धार्मिक संस्कृतिलाई जोडेर नारीको अस्मितामाथि प्रहार गरी तपाईंको श्रीमान् मरि सक्यो, तपाईंको श्रीमान् त दराजमा छ, श्रीमान् त मक्किसक्यो, कुहिसक्यो, विधुवा भइसक्यो, चुरा फुटाउनु भनेर तल्लो स्तरमा देखाउने, नेवाः समुदायले आफ्नो न्यू ईयर आफैं गर्दै छ, नेवार समुदायमा ईफिरिटी कम्प्लेक्स छ, आफ्नो पूजा आफैं गरेर म:पूजा गर्दै छ, नेवारहरु चोर हो। नेवार केटीहरुले बाटोमा हिँड्ने केटाहरुलाई देख्ने वित्तिकै आई लव यु भनी मनपरी गरी हिड्छ भनी महिलाको आत्मसम्मानमा चोट पुर्‍याइ चरित्रमाथि दाग लगाउने काम भएको छ,’ जाहेरीमा लेखिएको छ। 

जाहेरी परेपछि प्रहरीले अपूर्वलाई हिरासतमा लिएर ४ वटा कसुरमा मुद्दा दायर गरेको थियो। अभियोग पत्रमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद–१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ अन्तर्गत सामाजिक रितिस्थितिमा खलल पार्न नहुने, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुर गरेको दाबी गरिएको थियो। 

अपूर्व भन्छन्– हँसाउने बाहेक अरु नियत थिएन
४ वटा कसुरमा प्रतिवादी बनाइएका अपूर्वले हँसाउने बाहेक आफ्नो अरु नियत नभएको बताएका छन्। 

प्रहरीसमक्ष अपूर्वले दिएको बयान यस्तो छ:
मैले यसभन्दा अगाडि पनि विभिन्न स्थानहरुमा कमेडी कार्यक्रमहरु संचालन गर्दै आएको थिएँ। सोही क्रममा असार ३१ गते वत्तीसपुतलीस्थित ग्य्रासिया सेन्टरमा दिएको पर्फमेन्सलाई मैले भदौ १० गते युट्युबमा अपलोड गरेको थिएँ। 

उक्त भिडियोको बिषयलाई लिएर सामाजिक सञ्जालहरुमा विरोध भएकोले भदौ ११ गते हटाए। उक्त कार्यक्रमको भिडियोमार्फत् मैले नेवार समुदायहरुको भाषा, धर्म, संस्कृति परम्परा, प्रथा, रितिस्थिती, रहनसहन समेतको विषयलाई लिएर अमानवीय व्यवहार, जातीय सदभाव तथा सम्प्रदाय खल्बल्याइ जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने कार्य गरेको छैन। 

हँसाउने उद्देश्यका साथ मैले श्रीमान् मरि सक्यो, तपाईंको श्रीमान् त दराजमा छ, श्रीमान् त मक्किसक्यो, कुहिसक्यो, विधुवा भइसक्यो भनेर प्रयोग गरिएका शब्दहरुमा आपत्ति जनाउँदै प्रहरीमा उजुरी परेको रहेछ। त्यसपछि भदौ १२ गते नयाँ बानेश्वरबाट प्रहरीले मलाई पक्राउ गर्‍यो। 

मैले नेवार समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, रितिस्थिती, रहन सहन समेतको बिषयलाई लिएर अमानवीय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खल्वल्याइ जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने उद्देश्यले उक्त शब्दहरु प्रयोग गरेको होइन। मैले मनोरन्जनका लागि मात्र उक्त शब्दहरु बालेको हो। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी
सम्बन्धित सामग्री
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वश... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्