काठमाडौं । हाँस्य कलाकार अपूर्वक्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटी माग गर्न बिहीबार आदेश दिएको हो।
सिंहमाथि सार्वजनिक शान्तिविरुद्ध र जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ,सामाजिक रितिस्थितिमा खललसम्बन्धी कसुरका चारवटा मुद्दा दायर भएको थियो।
उनलाई पाँचवर्ष कैद, जरिवाना र बिगोको माग अभियोगपत्रमा गरिएको थियो।
बिहीबार पुर्पक्षका लागि बयान गराउँदै बहस भएको थियो। बहसका क्रममा उनले आफूले कुनै समुदायलाई नोक्सान हुने र होच्याउने मनसाय राखेर प्रस्तुति नगरेको दाबी गरे।
साथै, सिंहले आफूले सार्वजनिक रुपमा माफी पनि मागेको बयान दिए। उनले आफू हाँस्य कलाकार भएकाले विशुद्व त्यहीँ रुपमा मात्र प्रस्तुति गरेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।