• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सधैँ सांसद बन्ने मनसाय : पहिले संघमा, अहिले प्रदेशमा 

64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक ३, २०७९  १६:२२
1140x725

काठमाडौं– प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७४ मा प्रत्यक्ष वा समानुपातिक जितेका कतिपय संघीय सांसद योपटक प्रदेश सांसद बन्ने लाइनमा छन्। प्रतिनिधि सभामा टिकट नपाएपछि कतिपय प्रदेशमा गएका छन्। संघमा होस् या प्रदेशमा उनीहरूको मनसाय सधैँ सांसद बन्ने देखिन्छ। 

कतिपय भने मुख्यमन्त्री वा मन्त्री बन्ने होडमा प्रदेशतिर गएको बुझिएको छ।  सत्ता गठबन्धनमा रहेका दलहरूमा भने भागभण्डा मिलाउने क्रममा कतिलाई प्रदेशमा पुर्याएको छ। ६ जना प्रत्यक्ष जितेका निवर्तमान सांसद प्रदेशमा पुगेका छन्। समानुपातिक तर्फबाट निर्वाचित ५ जना निवर्तमान सांसद पनि प्रदेशतिरै लागेका छन्। 

यी हुन् संघबाट प्रदेशतिर लागेका उम्मेदवार :

बाजुरा प्रदेश ‘ख’ : लालबहादुर थापा

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन ०७४ मा बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् लालबहादुर थापा।  उनले २८ हजार ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कविराज पन्तले २३ हजार १८१ मत ल्याएका थिए।

लालबहादुरले ०७४ मा प्रतिनिधि सभाको टिकट पाउँदा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रदेशको ‘ख’को समानुपातिक उम्मेदवार बनेका थिए। अन्ततः कर्णबहादुरको नाम भने अन्तिममा आएन। महिलाहरूको संख्या ३३ प्रतिशत पुर्याउनैपर्ने बाध्यताले गर्दा उनी समानुपाति सांसद बन्नबाट बाहिरिएका थिए।

प्रतिनिधि सभाको चुनाव जितेका लालबहादुरलाई यसपल्ट एमालेले प्रदेश सभा ‘ख’ मा उम्मेदवार बनाएको छ। उनलाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा उनलाई प्रदेशतर्फ पठाएको एमाले नेताहरू बताउँछन्। उनका प्रतिस्पर्धी भने कांग्रेसका पदमबहादुर शाही रहेका छन्। 

कास्की १ को प्रदेश सभा ‘ख’ : खगराज अधिकारी 

nimb
nimb
Ncell 2
Ncell 2

खगराज अधिकारी ०५१ को मध्यावधि निर्वाचनमा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी ०५६ मा पनि कास्कीबाटै प्रत्यक्ष निर्वाचित भएका थिए। उनले ०७४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा कास्की १ बाट प्रत्यक्ष जितेका थिए।

सो बेला उनले ३९ हजार २४२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत पाएका थिए। तिनै अधिकारी भने अहिले प्रदेश सभाका लागि कास्की १ को ‘क’बाट उम्मेदवार बनेका छन्। उनीसँग माओवादीका दीपक कोइराला चुनावी मैदानमा रहेका छन्। 

मुगु प्रदेश ‘क’ : गोपालबहादुर बम

नेकपा (एकिकृत समाजवादी)का नेता गोपालबहादुर बम अगामी चुनावमा मुगुको प्रदेश सभाका लागि ‘क’बाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा एमालेका जितबहादुर मल्लसँग हुँदैछ।  बम ०७४ मा प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्। 

उनले १३ हजार ३४ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका हस्तबहादर मल्लले ९ हजार ८६१ मत ल्याएका थिए। बम भने एमाले विभाजनसँगै एकिकृत समाजवादीमा लागेका हुन्। अब पूर्वसहकर्मी बम र मल्लबीच प्रदेश सांदका लागि प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले भागवण्डा गर्दा मुगु कांग्रेसको भागमा परेको छ। यसर्थ, टिकट नपाएपछि बम प्रदेशमा झरेका हुन्। मुगुमा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका ऐनबहादुर शाही ठुकरी उम्मेदवार बनेका छन्। 

हुम्ला प्रदेश ‘ख’ : छक्क लामा

छक्क लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन ०७४ मा स्वतन्त्रबाट प्रत्यक्षमा निर्वाचित भए। उनले ८ हजार ४९१ मत प्राप्त गर्दा कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत ल्यानएका थिए। यसअघि, ०४८ मा पनि उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी नेकपा (माओवादी केन्द्र)बाट टिकट नपाएपछि वाम गठबन्धनका विरुद्ध बागी उठेका थिए। तर, उनी फेरि माओवादी केन्द्रमा फर्किएका छन्।  

लामा केही महिनाअघि बालकोट गएर एमालेमा प्रवेश गरेका थिए। उनलाई अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा बोलाएर एमाले प्रवेश गराएका हुन्। लामा हाल एमालेबाट हुम्लाको प्रदेश सभा ‘ख’बाट उम्मेदवार बनेका छन्। प्रतिनिधि सभा सदस्यका लागि एमालेले केन्द्रीय सदस्य दल रावललाई उठाएपछि लामा प्रदेशतिर लागेका हुन्। प्रदेश सभामा लामाको प्रतिस्पर्धा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग हुनेछ। शाही सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन्। 

तनहुँ २ को प्रदेश ‘ख’ : केदार सिग्देल

केदार सिग्देल पनि ०७४ को प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन्। तर, उनी योपटक प्रदेश सभातिर लागेका छन्। सिग्देल तनहुँको प्रदेश सभा ‘ख’बाट निर्वाचन लड्दैछन्। एमालेबाट उठेका उनी कांग्रेसका जितप्रकाश आलेमगरसँग प्रतिस्पर्धा गर्दैछन्। संघमा एमालेका किरण गुरुङले टिकट पाएपछि उनी प्रदेशमा पुगेका हुन्।

सिग्देलले ०७४ को संसदीय निर्वाचनमा ३२ हजार ९२४ मत प्राप्त गर्दा कांग्रेसका शंकर भण्डारीले २९ हजार ६४५ मतमात्र ल्याएका थिए। 

कालीकोट १ को प्रदेश ‘ख’ दुर्गबहादुर रावत

०७४ को प्रतिनिधि सभा सदस्यमा कालीकाेटबाट प्रत्यक्ष निर्वाचित माओवादी केन्द्रका नेता दुर्गबहादुर रावतसमेत योपटक प्रदेशतिर प्रतिस्पर्धामा छन्। ०७४ मा उनले कांग्रेसका भूपेन्द्रजंग शाहीलाई पराजित गरेका थिए। रावतले २१ हजार ११२ मत प्राप्त गर्दा शाहीले १६ हजार ४०७ मतमात्र ल्याएका थिए। 

रावत प्रदेशमा एमालेका कुर्मराज शाहीसँग चुनावी प्रतिस्पर्धामा छन्। रावतलाई सत्ता गठबन्धनको समर्थन रहेको छ। 

रावतले अघिल्लो पटक माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशमा गएपछि टिकट पाएका थिए। तिनै शाही योपटक संघमा उम्मेदवार बनेका छन्। यसले गर्दा, रावत प्रदेशमा गएका हुन्। 

०००

प्रतिनिधि सभामा प्रत्यक्ष लडेर जितेकामात्र होइन समानुपातिक प्रणालीबाट संघीय सांसद भएकाहरू प्रदेशतर्फ गएका छन्। माओवादी केन्द्रकी चाँदतारा कुमारी ०७४ मा समानुपातिक सांसद थिइन्। योपटक उनी पर्सा ४ प्रदेश ‘ख’बाट उम्मेदवार बनेकी छिन्। माओवादी केन्द्रकै अमृता थापा पनि समानुपातिक सांसद थिइन्। थापा अगामी चुनावमा स्याङ्जा १ को प्रदेश ‘क’बाट निर्वाचन लड्दैछिन्। 

यस्तै, कांग्रेसका बहादुरसिंह लामा ०७४ मा समानुपातिक प्रणालीबाट सांसद भएका थिए। उनी ०७० मा पनि दोस्रो संविधान सभा सदस्यमा नुवाकोट ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। योपटक उनी पनि प्रदेशमा पुगेका छन्। उनी नुवाकोट २ प्रदेश ‘ख’बाट निर्वाचन लड्दैछन्। 

यसैगरी, एमालेको विभाजनसँगै एकीकृत समाजवादीमा लागेकी कलिला खातुन ०७४ मा समानुपातिक सांसद थिइन्। आगामी निर्वाचनमा उनी पनि प्रदेशतर्फ लागेकी छिन्।  उनी तनहुँ १ को प्रदेश ‘ख’बाट एकीकृत समाजवादीबाट निर्वाचन लड्दैछिन्। 

साथै, ०७४ मा राजपा नेपालका तर्फबाट समानुपातिक सांसद भएकी नरमाया ढकाल पनि प्रदेशतर्फ पुगेकी छिन्। उनी जसपाबाट प्रदेशमा समानुपातिक उम्मेदवार बनेकी छिन्। 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:२२
  • #निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, भदौ १०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? बुधबार, भदौ १०, २०८३
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्