• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सधैँ सांसद बन्ने मनसाय : पहिले संघमा, अहिले प्रदेशमा 

64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक ३, २०७९  १६:२२
1140x725

काठमाडौं– प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७४ मा प्रत्यक्ष वा समानुपातिक जितेका कतिपय संघीय सांसद योपटक प्रदेश सांसद बन्ने लाइनमा छन्। प्रतिनिधि सभामा टिकट नपाएपछि कतिपय प्रदेशमा गएका छन्। संघमा होस् या प्रदेशमा उनीहरूको मनसाय सधैँ सांसद बन्ने देखिन्छ। 

कतिपय भने मुख्यमन्त्री वा मन्त्री बन्ने होडमा प्रदेशतिर गएको बुझिएको छ।  सत्ता गठबन्धनमा रहेका दलहरूमा भने भागभण्डा मिलाउने क्रममा कतिलाई प्रदेशमा पुर्याएको छ। ६ जना प्रत्यक्ष जितेका निवर्तमान सांसद प्रदेशमा पुगेका छन्। समानुपातिक तर्फबाट निर्वाचित ५ जना निवर्तमान सांसद पनि प्रदेशतिरै लागेका छन्। 

यी हुन् संघबाट प्रदेशतिर लागेका उम्मेदवार :

बाजुरा प्रदेश ‘ख’ : लालबहादुर थापा

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन ०७४ मा बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् लालबहादुर थापा।  उनले २८ हजार ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कविराज पन्तले २३ हजार १८१ मत ल्याएका थिए।

लालबहादुरले ०७४ मा प्रतिनिधि सभाको टिकट पाउँदा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रदेशको ‘ख’को समानुपातिक उम्मेदवार बनेका थिए। अन्ततः कर्णबहादुरको नाम भने अन्तिममा आएन। महिलाहरूको संख्या ३३ प्रतिशत पुर्याउनैपर्ने बाध्यताले गर्दा उनी समानुपाति सांसद बन्नबाट बाहिरिएका थिए।

प्रतिनिधि सभाको चुनाव जितेका लालबहादुरलाई यसपल्ट एमालेले प्रदेश सभा ‘ख’ मा उम्मेदवार बनाएको छ। उनलाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा उनलाई प्रदेशतर्फ पठाएको एमाले नेताहरू बताउँछन्। उनका प्रतिस्पर्धी भने कांग्रेसका पदमबहादुर शाही रहेका छन्। 

कास्की १ को प्रदेश सभा ‘ख’ : खगराज अधिकारी 

Ncell 2
Ncell 2

खगराज अधिकारी ०५१ को मध्यावधि निर्वाचनमा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी ०५६ मा पनि कास्कीबाटै प्रत्यक्ष निर्वाचित भएका थिए। उनले ०७४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा कास्की १ बाट प्रत्यक्ष जितेका थिए।

सो बेला उनले ३९ हजार २४२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत पाएका थिए। तिनै अधिकारी भने अहिले प्रदेश सभाका लागि कास्की १ को ‘क’बाट उम्मेदवार बनेका छन्। उनीसँग माओवादीका दीपक कोइराला चुनावी मैदानमा रहेका छन्। 

मुगु प्रदेश ‘क’ : गोपालबहादुर बम

नेकपा (एकिकृत समाजवादी)का नेता गोपालबहादुर बम अगामी चुनावमा मुगुको प्रदेश सभाका लागि ‘क’बाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा एमालेका जितबहादुर मल्लसँग हुँदैछ।  बम ०७४ मा प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्। 

उनले १३ हजार ३४ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका हस्तबहादर मल्लले ९ हजार ८६१ मत ल्याएका थिए। बम भने एमाले विभाजनसँगै एकिकृत समाजवादीमा लागेका हुन्। अब पूर्वसहकर्मी बम र मल्लबीच प्रदेश सांदका लागि प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले भागवण्डा गर्दा मुगु कांग्रेसको भागमा परेको छ। यसर्थ, टिकट नपाएपछि बम प्रदेशमा झरेका हुन्। मुगुमा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका ऐनबहादुर शाही ठुकरी उम्मेदवार बनेका छन्। 

हुम्ला प्रदेश ‘ख’ : छक्क लामा

छक्क लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन ०७४ मा स्वतन्त्रबाट प्रत्यक्षमा निर्वाचित भए। उनले ८ हजार ४९१ मत प्राप्त गर्दा कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत ल्यानएका थिए। यसअघि, ०४८ मा पनि उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी नेकपा (माओवादी केन्द्र)बाट टिकट नपाएपछि वाम गठबन्धनका विरुद्ध बागी उठेका थिए। तर, उनी फेरि माओवादी केन्द्रमा फर्किएका छन्।  

लामा केही महिनाअघि बालकोट गएर एमालेमा प्रवेश गरेका थिए। उनलाई अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा बोलाएर एमाले प्रवेश गराएका हुन्। लामा हाल एमालेबाट हुम्लाको प्रदेश सभा ‘ख’बाट उम्मेदवार बनेका छन्। प्रतिनिधि सभा सदस्यका लागि एमालेले केन्द्रीय सदस्य दल रावललाई उठाएपछि लामा प्रदेशतिर लागेका हुन्। प्रदेश सभामा लामाको प्रतिस्पर्धा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग हुनेछ। शाही सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन्। 

तनहुँ २ को प्रदेश ‘ख’ : केदार सिग्देल

केदार सिग्देल पनि ०७४ को प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन्। तर, उनी योपटक प्रदेश सभातिर लागेका छन्। सिग्देल तनहुँको प्रदेश सभा ‘ख’बाट निर्वाचन लड्दैछन्। एमालेबाट उठेका उनी कांग्रेसका जितप्रकाश आलेमगरसँग प्रतिस्पर्धा गर्दैछन्। संघमा एमालेका किरण गुरुङले टिकट पाएपछि उनी प्रदेशमा पुगेका हुन्।

सिग्देलले ०७४ को संसदीय निर्वाचनमा ३२ हजार ९२४ मत प्राप्त गर्दा कांग्रेसका शंकर भण्डारीले २९ हजार ६४५ मतमात्र ल्याएका थिए। 

कालीकोट १ को प्रदेश ‘ख’ दुर्गबहादुर रावत

०७४ को प्रतिनिधि सभा सदस्यमा कालीकाेटबाट प्रत्यक्ष निर्वाचित माओवादी केन्द्रका नेता दुर्गबहादुर रावतसमेत योपटक प्रदेशतिर प्रतिस्पर्धामा छन्। ०७४ मा उनले कांग्रेसका भूपेन्द्रजंग शाहीलाई पराजित गरेका थिए। रावतले २१ हजार ११२ मत प्राप्त गर्दा शाहीले १६ हजार ४०७ मतमात्र ल्याएका थिए। 

रावत प्रदेशमा एमालेका कुर्मराज शाहीसँग चुनावी प्रतिस्पर्धामा छन्। रावतलाई सत्ता गठबन्धनको समर्थन रहेको छ। 

रावतले अघिल्लो पटक माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशमा गएपछि टिकट पाएका थिए। तिनै शाही योपटक संघमा उम्मेदवार बनेका छन्। यसले गर्दा, रावत प्रदेशमा गएका हुन्। 

०००

प्रतिनिधि सभामा प्रत्यक्ष लडेर जितेकामात्र होइन समानुपातिक प्रणालीबाट संघीय सांसद भएकाहरू प्रदेशतर्फ गएका छन्। माओवादी केन्द्रकी चाँदतारा कुमारी ०७४ मा समानुपातिक सांसद थिइन्। योपटक उनी पर्सा ४ प्रदेश ‘ख’बाट उम्मेदवार बनेकी छिन्। माओवादी केन्द्रकै अमृता थापा पनि समानुपातिक सांसद थिइन्। थापा अगामी चुनावमा स्याङ्जा १ को प्रदेश ‘क’बाट निर्वाचन लड्दैछिन्। 

यस्तै, कांग्रेसका बहादुरसिंह लामा ०७४ मा समानुपातिक प्रणालीबाट सांसद भएका थिए। उनी ०७० मा पनि दोस्रो संविधान सभा सदस्यमा नुवाकोट ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। योपटक उनी पनि प्रदेशमा पुगेका छन्। उनी नुवाकोट २ प्रदेश ‘ख’बाट निर्वाचन लड्दैछन्। 

यसैगरी, एमालेको विभाजनसँगै एकीकृत समाजवादीमा लागेकी कलिला खातुन ०७४ मा समानुपातिक सांसद थिइन्। आगामी निर्वाचनमा उनी पनि प्रदेशतर्फ लागेकी छिन्।  उनी तनहुँ १ को प्रदेश ‘ख’बाट एकीकृत समाजवादीबाट निर्वाचन लड्दैछिन्। 

साथै, ०७४ मा राजपा नेपालका तर्फबाट समानुपातिक सांसद भएकी नरमाया ढकाल पनि प्रदेशतर्फ पुगेकी छिन्। उनी जसपाबाट प्रदेशमा समानुपातिक उम्मेदवार बनेकी छिन्। 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:२२
  • #निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी... आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग... आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्